NE/Prabhupada 0001 - करोडमा फैलनुहोस्



Lecture on CC Adi-lila 1.13 -- Mayapur, April 6, 1975

श्रीचैतन्य महाप्रभुले सबै आचार्यहरुलाई भन्नु भयो कि नित्यानन्द प्रभु, अद्वैत प्रभु, र श्रीवासादी गौर भक्तवृन्द सबैजना श्रीचैतन्य महाप्रभुका आदेशको प्रतिपालन गर्नेहरु हुनुहुन्छ। यसै कारण आचार्य प्रक्रिया अनुसारको मार्गदर्शनलाई अनुसरण गर्नुहोस् । यसो गर्नाले तपाईको जीवन सक्षम हुनेछ। अनि आचार्य बन्न पनि त्यति कठिन छैन। सर्वप्रथम, तपाई आचार्यको अती आज्ञाकारी दास बन्नु पर्छ, उहाँले दिनुभएको आदेश कडा रुपमा पालन गर्नुपर्छ | उहाँलाई प्रसन्न पार्ने र कृष्णभवनाको प्रचार गर्ने प्रयास गर्नुपर्छ । त्यति हो । यो त्यतो कठिन कार्य होइन। आफ्नो गुरु महाराजका आज्ञालाई राम्रोसँग पालन गर्ने र कृष्णभावनाको प्रचार-प्रसार गर्ने प्रयास गर्नुहोस्। त्यो चैतन्य महाप्रभुको आदेश हो | आमार अज्ञाय गुरु हञा तार​ऽ एइ देश यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७।१२८) |"मेरो आज्ञापालन गरेर तिमी गुरु बन |" र यदि हामीले आचार्य पद्धतीको कडा अनुसरण गर्यौं र कृष्णका उपदेशहरु प्रचारप्रसार गर्नलाई प्रयास गर्यौं | यारे देख तारे कह 'कृष्ण' उपदेश (चै च मध्य ७।१२८) |

कृष्ण-उपदेश दुई किसिमका छन्। उपदेश भनेको आदेश | श्रीकृष्ण भगवान् स्वयंले दिनुभएका उपदेश, त्यो पनि कृष्ण-उपदेश नै हो। र भगवान् श्रीकृष्णका विषयमा पाइएका उपदेशहरू पनि कृष्ण उपदेश नै हुन्। कृष्णस्य उपदेश इती कृष्ण उपदेश (चै च मध्य ७।१२८) |

समास शास्ति-तत्-पुरुष​-समास​। र कृष्ण विषया उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो । बहु वृही समास | यो संस्कृत व्याकरणको विश्लेषण गर्ने तरिका हो |

यस कारण कृष्ण उपदेश नै भगवद्-गीता हो। उहाँ स्वायंले नै उपदेश दिनुभएको छ | त्यसैले जसले कृष्ण उपदेशको प्रचार गर्दै हुनुहुन्छ, केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउनुहोस्, तब तपाई आचार्य बन्नुहुन्छ | यो कठिन होइन। यी सबै उल्लेख गरिएका छन्। हामीले केवल सुगाले जस्तै दोहोर्याउनुपर्छ | ठ्याक्क सुगाले जस्तै होइन | सुगाले अर्थ नबुझि केवल आवाजको तरंगमात्र फैलाउँछ। तर तपाईले त्यसको अर्थ पनि बुझ्नुपर्छ; अन्यथा तपाईले कसरी व्याख्या गर्नुहुन्छ ?

हामी कृष्णभावनाको प्रचार गर्न चाहन्छौं | तपाईले कृष्ण उपदेशहरू कुनै प्रकारले उल्टो व्याख्या नगरि राम्रो प्रकारले दोहोर्याउन तयार हुनुहोस् । अनि भविष्यमा....... जस्तै मानौं हामी अहिले दस हजार छौं | हामी लाखमा फैलन सक्छौं | यो चाहिएको छ | अनि लाखबाट दस लाख, अनि दस लाखबाट करोड |

भक्तहरु: हरिबोल ! जय !

त्यसपछि आचार्याहरूको अभाव हुनेछैन, र मानिसहरूले सजिलै कृष्णभावना बुझ्न सक्नेछन्। त्यसैले त्यस्तो संगठन बनाउनुहोस् । झुटो रुपमा घमण्ड नगर्नुहोस् | आचार्यहरूका आज्ञालाई अनुसरण गर्नुहोस् र आफुलाई शुद्ध र प्रौढ बनाउने प्रयास गर्नुहोस् । अनि माया विरुद्ध संघर्ष गर्न निकै सजिलो हुनेछ | हो | आचार्यहरु मायाका गतिविधि विरुद्ध युद्ध घोषणा गर्नुहुन्छ |