NE/Prabhupada 0008 - कृष्णले दाबी गर्नुहुन्छ कि "म सबैको पिता हुँ"



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973

त कमसेकम भारतमा सबै महान व्यक्तित्वहरू, साधुहरू र अाचार्यहरूले निकै राम्राे र पूर्णरूपमा अाध्यात्मिक ज्ञानकाे विकास गरेका छन् , र हामीहरू यसकाे लाभ उठाइरहेका छैनौँ । यी शास्त्र र निर्देशनहरू केवल भारतीयका लागि वा हिन्दुहरूका लागि वा ब्राह्मणहरूकाे लागि मात्र हाेइनन् । हाेइन । यो सबैका लागि हो ।

किनभने कृष्ण दाबी गर्नुहुन्छ

सर्व​-योनिषु कौन्तेय सम्भवन्ति मूर्तयः याः तासां महद् ब्रह्म योनिर् अहं बीज​-प्रदः पिता
(भ गी १४।४)

कृष्ण दाबी गर्नुहुन्छ , " म सबैकाे पिता हुँ । " त्यसकारण हामी सबैलाई शान्त र सुखी बनाउनकाे लागि उहाँ निकै नै उत्सुक हुनुहुन्छ । जसरी एउटा पिता अाफ्नाे पुत्रलाई राम्ररी स्थापित र खुसी देख्न चाहन्छन् , त्यसैगरी , श्रीकृष्ण पनि हामी सबैलाई खुसी र राम्ररी स्थापित देख्न चाहनुहुन्छ । त्यसकारण कहिलेकहीं उहाँ अाउनुहुन्छ । यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भ गी ४।७)। याे नै भगवानकाे अवतरणकाे उद्देश्य हाे ।

जाे कृष्णका सेवक छन् , कृष्णका भक्त छन् , उनीहरूले कृष्णकाे यस अभियानकाे दायित्व लिनुपर्छ । उनीहरूले कृष्णको अभियानकाे दायित्व लिनुपर्छ । याे चैतन्य महाप्रभुकाे धारणा हाे ।

आमार अज्ञाय गुरु हञा तार एइ देश यरे देख​, तरे कह​, ऽकृष्ण​ऽ-उपदेश​
(चै च मध्य ७।१२८)

कृष्ण उपदेश । भगवानले भगवद् गीतामा जे बताउनुभएकाे छ , केवल त्यसैकाे प्रचार गर्नुहाेस् । याे प्रत्येक भारतीयकाे कर्तव्य हाे । चैतन्य महाप्रभु भन्नुहुन्छ ।

भारत​-भूमिते मनुष्य जन्म हैल यार जन्म सार्थक करि पर​-उपकार​
(चै च अादि ९।४१) |

त भारतीयहरू पराेपकारका लागि हुन् । भारतीयहरु अरू कसैलाई शाेषण गर्नका लागि हाेइनन् । याे भारतीयहरूकाे कार्य हाेइन । भारतीय इतिहास पराेपकारले भरिएको छ । र पहिलेको समयमा मानिसहरू संसारका विभिन्न स्थानबाट अाध्यात्मिक जीवन बुझ्न र सिक्न भारत अाउने गर्थे । यहाँसम्म कि येशु ख्रीष्ट पनि अाएका थिए । र चीनबाट तथा अरू देशबाट पनि । याे इतिहास हाे । र हामी अाफ्नाे सम्पत्ति भुलिरहेका छाैँ । हामी कति धेरै संवेदनहीन छाैँ । यस्ताे महान् अभियान , कृष्णभावनामृत अभियान, सारा संसारभर फैलिरहेकाे छ , तर हाम्रा भारतीयहरू कठाेर छन् , हाम्राे सरकार कठाेर छ । उनीहरू यसलाई ग्रहण गर्दैनन् । याे हाम्राे दुर्भाग्य हाे ।

तर याे चैतन्य महाप्रभुकाे अभियान हाे । उहाँ भन्नुहुन्छ प्रत्येक भारतीय , भारत भूमिते मनुष्य जन्म, यदि ऊ मनुष्य हाे भने उसले वैदिक साहित्यकाे फाइदा उठाउँदै अाफ्नाे जीवन सफल बनाउनुपर्छ र यस ज्ञानकाे प्रचार सारा संसारमा गर्नुपर्छ । याे पराेपकार हाे । त भारतले गर्न सक्छ । उनीहरूले प्रशंसा गरीरहेका छन् । यी यूराेपेली , अमेरिकी युवाहरूले प्रशंसा गरीरहेका छन् कि कसरी महान ..... म प्रतिदिन दर्जनौं पत्र प्राप्त गर्छु कि कसरी उनीहरू यस अभियानबाट लाभान्वित छन् । वास्तवमा याे तथ्य हाे । यसले मृतलाई प्राण दिइरहेकाे छ ।

त्यसकारण म प्रत्येक भारतीयलाई अनुराेध गर्छु , विशेषगरी महामहिम समक्ष , कृपया यस अभियानसँग सहकार्य गर्नुहाेस् र स्वयं अाफ्नाे तथा अरूकाे पनि जीवन सफल बनाउने प्रयास गर्नुहाेस् । याे कृष्णकाे अभियान हाे , कृष्णकाे अवतरणकाे हो । धेरै धेरै धन्यवाद ।