NE/Prabhupada 0010 - कृष्णको नक्कल गर्ने प्रयास नगर्नुहोस्



Lecture on SB 7.9.9 -- Mayapur, February 16, 1976

यी १६,००० पत्नीहरू , उनीहरू कसरी भगवानका पत्नी भए ? तपाईलाई कथा थाहा छ , १६,००० सुन्दर पत्नीहरु, मेराे मतलब, राजाकी छाेरीहरू असुरद्वारा अपहरित थिए । त्यस असुरकाे नाम के हाे ? भाैमासुर हाेइन ? हाे । उनीहरूले कृष्णसँग प्रार्थना गरे कि " यस पाखण्डीबाट अपहरित भएका हामी पिडित छाैँ , कृपया हाम्राे रक्षा गर्नुहाेस् ।" त्यसकारण कृष्ण उनीहरूकाे उद्धार गर्न अाउनुभयाे र भाैमासुरलाई मारेर सारा कन्याहरूलाई मुक्त पार्नुभयो । तर स्वतन्त्रता पछि पनि उनीहरू त्यहिं उभिइरहेका थिए ।

कृष्णले उनीहरूलाई साेध्नुभयाे , " अब तिमीहरू अाफ्नाे पिताकाे घरमा जान सक्छाै । " उनीहरूले भने " हाम्राे अपहरण गरीएकाे छ र अब हाम्राे विवाह हुन सक्दैन । "

अहिले पनि भारतमा याे नियम छ । यदि एउटी जवान केटी एक वा दुई दिनकाे लागि घरभन्दा बाहिर जान्छे भने कसैले पनि ऊसँग विवाह गर्दैन । कसैले पनि ऊसँग विवाह गर्दैन । उसलाई खराब साेचिन्छ । याे अहिले पनि भारतीय चलन हाे । त उनीहरू कैयौं दिन वा वर्षकाे लागि अपहरित थिए , त्यसकारण उनीहरूले कृ्ष्णसँग विन्ति गरे कि , "हामीलाई आफ्नो पिताले पनि स्वीकार गर्नुहुनेछैन, न त कुनै व्यक्ति हामीसँग विवाह गर्न राजी हुनेछ । " तब कृष्णले बुझ्नुभयाे कि " यीनीहरूकाे परिस्थिति त निकै पीडादायी छ । यद्यपि यीनीहरू मुक्त छन् , तर यीनीहरू कतै जान सक्दैनन् । " उहाँ निकै दयालु हुनुहुन्छ , भक्त वत्सल । उहाँले साेध्नुभयाे , " तिमीहरू के चाहन्छाै ? " उनीहरूले भने कि " तपाई हामीलाई स्वीकार गर्नुहाेस् । अन्यथा हाम्रो अरू कुनै उपाय छैन । " कृष्णले तत्काल भन्नुभयो " ठीक छ , अाऊ । " यी कृष्ण हुनुहुन्छ ।

याे हाेइन कि उहाँका १६,००० पत्नीहरू केवल एक शिविरमा केन्द्रित थिए । उहाँले तत्काल १६,००० महलकाे निर्माण गर्नुभयाे । उहाँले पत्नी स्वीकार गर्नुभएकाे कारण उनीहरूलाई पत्नीकाे रूपमा राख्नुपर्छ , उहाँकी रानीकाे रूपमा , न कि " यिनीहरूकाे अरू कुनै साधन नभएर मेराे अाश्रयमा छन् | म उनीहरूलाई नस्ताे सुकै अवस्थामा पनि राख्न सक्छु ।" हाेइन । पूर्ण सम्मानका साथ रानीकाे रूपमा , कृष्णका रानीकाे रूपमा । र फेरी उहाँले साेच्नुभयाे कि "यी १६,००० पत्नि ..... यदि म एउटा रुपमा रहें भने मेरी पत्नीहरूले मलाई भेट्न सक्दैनन् । अाफ्नाे पति देख्नकाे लागि सबैले १६,००० दिन कुर्नु पर्नेछ । हुँदैन । " उहाँले अाफुलाई १६,००० रुपमा विस्तार गर्नुभयाे । यी हुनुहुन्छ कृष्ण।

मूर्खहरू कृष्णलाई स्त्रीलम्पट भनी अाराेप लगाउछन् । याे तिनीहरुको जस्ताे हाेइन । तपाई एउटी पत्नी पनि सम्हाल्न सक्नुहुन्न तर उहाँले १६,०००० पत्नीहरू काे भरणपाेषण १६,००० महलमा गर्नुभयाे र १६,००० रूपमा विस्तारित हुनुभयो । सबैजना खुसी थिए । यी हुनुहन्छ कृष्ण ।

हामीले बुझ्नुपर्छ कि कृष्ण के हुनुहुन्छ । कृष्णकाे नक्कल गर्ने प्रयास नगर्नुहाेस् । पहिले उहाँलाई बुझ्ने प्रयास गर्नुहाेस् ।