NE/Prabhupada 0024 - कृष्ण अत्यन्त दयालु हुनुहुन्छ



Lecture on SB 3.25.26 -- Bombay, November 26, 1974

जब अर्जुनले कृष्णलाई अाफ्नै अगाडि देख्दै थिए - कृष्णले भगवद्-गीताको शिक्षा दिंदै हुनुहुन्थ्यो- त्यसरी कृष्णलाई देख्नु र भगवद्-गीता पढ्नु एउटै कुरा हाे । त्यसमा कुनै अन्तर छैन । कोहि भन्ने गर्छन् कि "अर्जुन निकै नै भाग्यमानी थिए, कृष्णलाई अाफ्नाे सामु देखिरहेका थिए र निर्देशन लिइरहेका थिए । " याे सही हाेइन । यदि तपाईसँग उहाँलाई हेर्ने आँखा छ भने कृष्णलाई तुरून्त देख्न सकिन्छ | त्यसकारण भनिएकाे छ , प्रेमाञ्जन​-च्छुरित​ .. प्रेम र भक्ति , कुरा एउटै हाे । प्रेमाञ्जन​-च्छुरित​ भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति (ब्र स ५।३८) म यस सम्बन्धमा एउटा कथा सुनाउँछु , कि दक्षिण भारतमा एक ब्राह्मण थिए , उनी रङ्गनाथ मन्दिरमा , भगवद्-गीता पढिरहेका थिए । उनी अनपढ थिए । उनलाई न त संस्कृत आउँथ्याे न कुनै अक्षर , अनपढ । उनका छिमेकीलाई थाहा थियाे कि " याे मान्छे अनपढ छ , र उसले भगवद्-गीता पढ्दैछ । " उनी भगवद् गीता खोल्दथे, " उह , उह " , उनी यस्तो गर्थे । कसैलेले उपहास गर्दथे, " त ब्राह्मण , तपाई कसरी भगवद् गीता पढ्दै हुनुहुन्छ ? " उनी याे बुझ्न सक्थे कि , " याे मानिसले मेराे उपहास गर्दैछ किनभने म अनपढ छु ।" यस प्रकारले , श्री चैतन्य महाप्रभु पनि त्यस दिन त्यहीं रङ्गनाथ मन्दिरमा हुनुहुन्थ्याे , र उहाँले बुझ्नु भयाे कि " यहाँ एक भक्त छन् । " त्यसकारण उहाँले त्यस भक्तलाई भेट्नुभयाे र उहाँले साेध्नुभयाे, " मेरा प्रिय ब्राह्मण , तिमी के पढ्दैछाै ?" उनले याे बुझ्न सक्थे कि , " यी मानिसले मेराे उपहास गरीरहेका छैनन् । " उनले भने "प्रभु , म भगवद् गीता पढ्दैछु । म भगवद् गीता पढ्ने प्रयास गर्दैछु तर म अनपढ छु । मेरा गुरू महाराजले भन्नुभएकाे छ कि , " तिमीले दैनिक १८ अध्याय पढ्नै पर्छ । " मसँग ज्ञान छैन । म पढ्न सक्दिनँ । तैपनि मेरा गुरू महाराजले भन्नुभयाे , त्यसकारण म उहाँकाे अादेशकाे पालना गर्ने प्रयास गर्दैछु र पानाहरू पल्टाउँछु, बस् यति हाे । मलाई पढ्न आउँदैन । " श्रीचैतन्य महप्रभुले भन्नुभयाे " म देख्छु कि तिमी कहिलेकहीं राेइरहेका हुन्छाै । " त्यसपछि , " हाे , म रून्छु । " " तिमी पढ्न सक्दैनाै भने कसरी राेइरहेका हुन्छाै त ? " " हाेइन , जब म भगवद् गीता किताब लिन्छु , म एउटा तस्वीर देख्छु , कि कृष्ण यति दयालु हुनुहुन्छ कि उहाँ अर्जुनकाे रथकाे चालक वा सारथी बन्नुभएकाे छ । अर्जुन उहाँका भक्त हुन् । कृष्ण यति दयालु हुनुहुन्छ कि उहाँ एक सेवककाे पद स्वीकार गर्न सक्नुहुन्छ किनकी अर्जुनले अादेश दिंदै थिए , "मेराे रथलाई यता लग , ' र कृष्णले उनकाे सेवा गरिरहनुभएको थियो । त्यसकारण श्रीकृष्ण निकै नै दयालु हुनुहुन्छ । र जब म यस तस्वीर हेर्छु, म रून थाल्छु । " चैतन्य महाप्रभुले उनलाई तत्काल अङ्कमाल गर्नुभयाे , "तिमी भगवद् गीता पढिरहेका छाै । बिना कुनै ज्ञान तिमी भगवद् गीता पढिरहेका छाै । " उहाँले उनलाई अङ्कमाल गर्नुभयाे ।

त याे .... कसरी उनले तस्वीर हेर्दै थिए ? उनी कृष्णका प्रेमी भएकाले यो मतलब हुँदैन कि उनले श्लाेकहरू पढ्न सक्छन् वा सक्दैनन् | तर उनी कृष्णकाे प्रेममा निमग्न थिए र देख्दै थिए , कृष्ण त्यहाँ बस्दै हुनुहुन्छ , र उहाँ अर्जुनकाे रथ चलाउँदै हुनुहुन्छ । याे अावश्यक छ ।