NE/Prabhupada 0029 - बुद्धले राक्षसलाई ठग्नुभयो



Sri Isopanisad, Mantra 1 -- Los Angeles, May 3, 1970

भगवान् बुद्धले राक्षसहरुलाई ठग्नुभयो । उहाँले किन ठग्नुभयो ? सदय हृदय दर्शित​-पशु-घातम् | उहाँ निकै नै दयालु हुनुहुन्थ्यो। भगवान् सारा जीवप्रति सहानुभुति राख्नुहुन्छ किनकी सारा जीव उहाँकै पुत्र हुन् । यी मुर्खहरु अप्रतिबन्धित रूपमा जनावरको हत्या गरिरहेका थिए ... र यदि तपाईले भन्नुहुन्छ "ओहो , तपाई किन जनवारहरुलाई मार्दै हुनुहुन्छ ?" उनीहरुले तत्काल भन्नेछन् "यो त वेदमा छ, पशवो वधाय सृष्ट​।" पशुहत्या वेदमा वर्णित छ, तर यसको प्रयोजन के हो ? यो वेदको मन्त्र परिक्षण गर्नकाे लागि हो। एउटा जनवारलाई अागाेमा हालिन्छ , र वैदिक मन्त्रकाे माध्यमबाट ऊ पुनर्जीवित हुनेछ । याे बलिप्रथा हाे , पशुबलि । यो खाने प्रयोजनको लागि होइन। त्यसकारण यस कलियुगमा चैतन्य महाप्रभुले कुनै पनि प्रकारको यज्ञलाई वर्जित गर्नुभएको छ किनभने यहाँ मन्त्र जप्न सक्ने दक्ष ब्राह्मण छैनन्, जसले वैदिक मन्त्रहरुको परिक्षण गर्न सक्छन् कि "यहाँबाट बाहिर आउँदैछ। " यो नै..... यज्ञ गर्नुअघि, मन्त्र कति शक्तिशाली छ , यसको परिक्षण गर्न पशुबलि दिइन्थ्यो र उनीहरुलाई पुनः नयाँ जीवन दिइन्थ्यो । तब यो बुझिन्थ्यो कि पुरोहितहरुले पढिरहेको मन्त्र सहि छ। यो एउटा परिक्षण थियो । पशु हत्याको लागि थिएन। तर यी दुष्टहरुले, जनवार खानको लागि उद्दरण गरे , "यहाँ , पशुबलि छ। " जस्तै कलकत्तामा …. तपाई कलकत्तामा जानुभएको छ ? त्यहाँ सडक छ, कलेज मार्ग | अहिले त अर्कै नाम छ। सायद यसको नाम विधान राय (?) । जस्तै..... जे भए पनि, त्यहाँ केही वधशाला छन् । त वधशाला अर्थात् हिन्दुहरु मुस्लिमको पसलबाट मासु किन्दैनन्। त्यो अशुद्ध हुन्छ। एउटै कुरा: विष्टा यताबाट पनि र त्यताबाट पनि। उनीहरु मासु खाँदैछन् , र हिन्दु पसल शुद्ध हुन्छ, मुस्लिम पसल अशुद्ध हुन्छ। यी मानसिक कल्पना हुन् । यस प्रकारले धर्म चलिरहेको छ । त्यसकारण उनीहरु लडिरहेका छन् , "म हिन्दु हुँ " , "म मुस्लिम हुँ , "म इसाई हुँ |" कसैलाई पनि धर्म थाहा छैन। तपाईले बुझ्नुहुन्छ ? यिनीहरुले धर्म त्यागेका छन् , यी मुर्खहरुले। यहाँ कुनै धर्म छैन। वास्तविक धर्म यस कृष्ण भावना हाे, जसले भगवानलाई प्रेम गर्ने तरिका सिकाउँछ । त्यति हो । यो धर्म हो। कुनै धर्म, यसले केहि फरक पार्दैन , चाहे हिन्दु , मुस्लिम , इसाई, यदि तपाईले भगवतप्रेमको विकास गरिरहनुभएको छ भने तपाई आफ्नो धर्ममा पूर्ण हुनुहुन्छ।