NE/Prabhupada 0033 - महाप्रभुको नाम पतित पावन हो



Morning Walk -- October 4, 1975, Mauritius


पुष्ट कृष्ण: वर्तमान समयका सरकारहरूले सबैभन्दा हिंस्रक, पापी क्रियकलापहरुलाई समर्थन दिंदैछन् । त्यसैले जनसाधारणलाई सुधार्न कसरी सम्भव छ ?

प्रभुपाद: के तिमीले सरकार पूर्ण छ भनेर बताउन खोजेको हो ?

पुष्ट कृष्ण: होइन।

प्रभुपाद: अनि ? तिनीहरूलाई हटाउनुपर्छ। आजकल सरकार भनेको सबै धुर्तहरु | तिनीहरुलाई धुर्तहरुले चुनेका हुन्छन् र तिनीहरु धुर्त हुन्छन् | त्यो कठिनाइ छ | तिमी जहाँ गएपनि तिमीले केवल धुर्तलाई भेट्नेछौ | मन्द | यस्को परिभाषा मन्द भनेर दिइएको छ। हाम्रो आश्रममा पनि धेरै मन्दहरू छन् । यो रिपोर्ट हेर त । तिनीहरू सुध्रिन आएका भए पनि तिनीहरु धुर्त हुन् | तिनीहरूले आफ्नो धुर्त बानी छाड्न सक्दैनन् । तसर्थ तीनिहरुलाई मन्द भनिएको हो, "सबै नराम्रो" | तर केवल यो भिन्नता छ कि हाम्रो आश्रममा नराम्राहरू पनि सुध्रिंदैछन्, बाहिर कुनै सुधार छैन । उनीहरुमा सुधार आउने आशा छ तर बाहिर यस्तो आशा छैन। यहि हो फरक। अन्य्याथा सबै नराम्रा छन् | कुनै भेद बिना भन्न सकिन्छ | मन्दाः सुमन्द​-मतयो (श्री भा १।१।१०) | अब, कसरी सरकार राम्रो हुनेछ त? यो पनि नराम्रो छ | महाप्रभुको नाम पतित पावन हो; उहाँले सम्पूर्ण नराम्रा मानिसहरुको उद्धार गर्नुहुन्छ | कलि-युगमा कोही पनि राम्रा मानिस छैनन्- सबै नराम्रा । त्यस्ता नराम्रा मानिसहरुसँग व्यवहार गर्न तिमीहरू बलवान् हुनुपर्छ।