NE/Prabhupada 0035 - यो शरीरमा दुईवटा जीवहरू छन्



Lecture on BG 2.1-11 -- Johannesburg, October 17, 1975

कृष्णले गुरुको स्थान लिनुभयो र निर्देशन दिन सुरु गर्नुभयो | तम् उवाच हृषीकेशः । हृषीकेश.. कृष्णको अर्को नाम हृषीकेश हो। हृषीकेशः अर्थात् हृषीक् र ईश | हृषीक् अर्थात् इन्द्रियहरु र ईश अर्थात् मालिक | तसर्थ कृष्ण हामी सबैका इन्द्रियहरुको मालिक हुनुहुन्छ | यसको विवरण तेह्रौं अध्यायमा दिइनेछ कि, क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत (भ गी १३|३) |

यो शरीरमा दुईवटा जीवहरु छन् | एउटा म, आत्मा; र अर्का कृष्ण, परमात्मा | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भ गी १८।६१) | वास्तवमा मालिक परमात्मा हुनुहुन्छ | मलाई यसको प्रयोग गर्ने अवसर दिइएको छ, ताकी मेरा तथाकथित इन्द्रियहरु, यी मेरा इन्द्रियहरु होइनन् | मैले मेरो हातको सिर्जना गरेको होइन | यो हात भगवान्, वा कृष्णले सिर्जना गर्नुभएको हो, उहाँको भौतिक प्रकृतिद्वारा, र मलाई यो हात आफ्नो प्रयोजनको लागि प्रयोग गर्न दिइएको हो, खान, केहि संकलन गर्न । तर वास्तवमा यो मेरो हात होइन। अन्यथा, जब यो हात शक्तिहीन, जसलाई मैले "मेरो हात" भनेर दाबी गर्दैछु, मैले यसलाई चलाउन सक्दिनँ किनकि यस हातको शक्ति मालिकले फिर्ता लिनुभएको हुन्छ |

जस्तै एउटा घरमा तपाई भाडामा बस्दै हुनुहुन्छ | यदि घरको मालिक वा जमिन्दारले तपाईलाई निकालिदिन्छ भने तपाई त्यहाँ बस्न पाउनुहुन्न | तपाईले त्यसको प्रयोग गर्न पाउनुहुन्न | त्यसैगरी, हामीले यस शरीरको प्रयोग तबसम्म गर्न सक्छौं, जबसम्म यस शरीरको मालिक हृषिकेशले मलाई अनुमति दिनुहुन्छ | तसर्थ कृष्णको नाम हृषिकेश हो | र यस कृष्ण भावनामृत अभियान भनेको हामीले कृष्णबाट इन्द्रियहरु स्वीकारेका छौं | यसको प्रयोग कृष्णको लागि गर्नुपर्छ | कृष्णको लागि प्रयोग नगरेर हामीले आफ्नो इन्द्रियतृप्तिको लागि प्रयोग गर्दैछौं | यो हाम्रो जीवनको दुःखदायी स्थिति हो |

जस्तै, तपाई एउटा स्थानमा बस्दै हुनुहुन्छ जहाँ तपाईले भाडा तिर्नुपर्छ, तर यदि तपाईले भाडा तिर्नुहुन्न भने- तपाईले त्यसलाई आफ्नो सम्पत्ति सम्झनुहुन्छ भने - समस्या हुनेछ | त्यसैगरी, हृषिकेश भनेको वास्तविक मालिक कृष्ण हुनुहुन्छ | मलाई यो सम्पत्ति दिइएको छ | यो भगवद्-गीतामा वर्णित छ |

ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति भ्रामयन् सर्व​-भूतानि यन्त्रारूढानि मायया
(भ गी १८।६१)

यन्त्र: यो एउटा यन्त्र हो। कृष्णले मलाई यो यन्त्र दिनुभएको हो किनकि मैले इच्छा गरें कि "यदि मैले मानव शरीर जस्तो यन्त्र पाउँछु भने मैले यसरी लाभ उठाउन सक्छु |" त्यसैले कृष्णले तपाईको इच्छा पुरा गर्नुहुन्छ: "ठिक छ |" र यदि मैले सोच्छु कि, "यदि मैले त्यस्तो यन्त्र प्राप्त गर्छु जसबाट मैले अरु पशुको रगत खान सक्छु," "ठिक छ," कृष्णले भन्नुहुन्छ,"तिमी बाघको शरीर रुपी यन्त्र लिऊ र प्रयोग गर |" यो चल्दैछ |

तसर्थ उहाँको नाम हृषिकेश हो | र जब हामीले उचित रुपमा बुझ्छौं कि "म यो शरीरको मालिक होइन | कृष्ण यो शरीरको मालिक हुनुहुन्छ | मैले आफ्नो इन्द्रीतृप्तिको लागि विशेष प्रकारको शरीरको इच्छा गरें | उहाँले यो दिनुभएको छ र म खुसी छैन | तसर्थ मैले सिक्नुपर्छ कि यो यन्त्रलाई मालिकको निमित्त कसरी प्रयोग गर्ने," यसलाई भक्ति भनिन्छ | हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (चै च १९।१७०) | जब यी इन्द्रिहरु- किनकि कृष्ण इन्द्रियहरुका मालिक हुनुहुन्छ- उहाँ यो शरीरको मालिक हुनुहुन्छ- त्यसैले जब यो शरीर कृष्णको सेवाको लागि प्रयोग हुन्छ, त्यो हाम्रो जीवनको पूर्णता हो |