NE/Prabhupada 0862 - समाजलाई परिवर्तन नगरेसम्म कसरी समाज-कल्याण गर्न सकिन्छ ?



750521 - Conversation - Melbourne


प्रभुपादः त्यासेभए, समाज कल्याण ।जबसम्म तपाईं समाज परिवर्तन गर्नुहुन्न, तबसम्म तपाईंले कसरी समाज कल्याण गर्न सक्नुहुन्छ ?

निर्देशकः केवल दुःखमा परेका मानिसहरूको हेरचाह गर्नका लागि । यही नै हाम्रो नीति हो ।

प्रभुपादः ठीकै छ, सबैजना दुःखमा परेका छन् ।

निर्देशकः फेरि भन्नुहोस् त ?

प्रभुपादः वर्तमान परिवेशमा मन्त्रीहरू समेत दुःखकष्टमा परेका छन् ।

निर्देशकः हो, तर हाम्रो उद्देश्य त्यो होइन । किनभने सबैजना दुःखमा छन् । (हाँसो चल्छ)

प्रभुपाद: तिनीहरू जड्याहाँ पनि छन्, स्त्रीलम्पट पनि छन्, मांसाहारी पनि छन् र जुवाडे पनि छन्, यत्ति हो । तिनीहरूलाई सुधार्नु जरुरी छ ।

निर्देशकः तर तपाईंले तिनीहरूलाई सहायता गर्न सक्नुहुन्न । त्यो समाज....तपाईं गएर सर्वप्रथम समाजलाई परिवर्तन गर्नुपर्दछ, त्यसपछि समाजले हामीलाई फरक व्यवहार गर्न आदेश दिन्छ ।

प्रभुपादः होइन, होइन । जबसम्म तपाईंले समाज परिवर्तन गर्नुहुन्न तबसम्म तपाईंले कसरी समाज कल्याण गर्न सक्नुहुन्छ ? यदि तपाईं उनीहरूलाई जस्ताको तस्तै राखिरहनुहुन्छ भने त्यहाँ कसरी कल्याण भएको मान्ने ?

निर्देशकः यो शब्दलाई अर्कै तरिकाले विश्लेषण गर्नुहोस् ।

प्रभुपादः कसरी....?मलाई थाहा छैन...

निर्देशकः के उहाँले मेरो कुरा बुझ्नुभयो |

प्रभुपादः आधारभूत रूपमा, आधारभूत रूपममा मानिस प्रथम श्रेणीको आदर्श मानिस बन्नैपर्दछ । हामी यही चाहन्छौँ ।

निर्देशकः त्यसकारण, यो अत्यन्त कठिन छ । तपाईंले आफैंले आफ्नो काम गर्नुपर्दछ, र, तपाईंले हेनुपर्नेछ कि तपाईं त्यो कामका लागि उपयुक्त हुनुहुन्छ कि हुनुहुन्न । यदि तपाईं पर्याप्त मानिसहरूलाई विश्वस्त पार्न सक्नुहुन्छ भने....

प्रभुपादः होइन, होइन । हाम्रो आफ्नो अभियान कुनै भोक्स पोपुली होइन । तपाईं हाम्रो कुनै कमजोरी पत्ता लगाउनुहोस् ।

निर्देशकः के ?

प्रभुपादः तपाईं हाम्रो कुनै कमजोरी पत्ता लगाउनुहोस् |

निर्देशकः म कुनै कमजोरी देख्दिनँ ।

प्रभुपादः हाम्रो कुनै कमजोरी भएमा तपाईं असहमत हुन सक्नुहुन्छ । तर यदि सबैकुरा अत्यन्त सुव्यवस्थित छ भने तपाईं किन यसलाई स्वीकार गर्नुहुन्न ? जबसम्म तपाईं घुलमिल हुनुहुन्न ।

निर्देशकः अवश्य, म घुलमिल हुन सक्दिनँ किनभने म अर्कै संस्कारमा हुर्केको छु ।

प्रभुपादः हो । जस्तै हाम्रो....

निर्देशकः जस्तै, हजुर मेरो जीवनभन्दा अलग संस्कारमा हुर्किनुभएको छ ।

प्रभुपादः होइन, हामी पक्षपात गर्दैनौँ । हामी भन्दछौँ, जस्तै... हामीले पक्षपात गरिरहेका छैनौँ । हामीले अनुमति दिइरहेका छौँ । हामी भन्दछौँ, “यदि तिमी उच्च श्रेणीको मानिस बन्न चाहन्छौ भने तिमीले पापकर्महरू गर्नुहुँदैन । हामी यही प्रचार गरिरहेका छौँ ।

निर्देशकः तर म त जनताको सेवक हुँ र म यहाँ समाज परिवर्तन गर्न आएको होइन ।

प्रभुपादः तर हामी पनि जनता हौँ । हामी पनि जनताभित्रै पर्दछौँ । त्यसकारण, तपाईं पनि हाम्रो सेवक बन्नुपर्दछ ।

निर्देशकः हो । के ?

प्रभुपादः हामी जनता हौँ, हामी पनि जनताकै सदस्य हौँ । त्यसैले, यदि तपाईं जनताको सेवक हुनुहुन्छ भने तपाईं हाम्रो पनि सेवक बन्नुपर्दछ ।

निर्देशकः हाम्रो दर्शनअनुसार, जनताको सेवक त्यो हो जसले जनताद्वारा निर्वाचित भएर एउटा मन्त्रीका रूपमा सेवा गर्दछ, र यसप्रकार उसले जनताको सेवा गर्दछ । र जनताले जे निर्णय गर्दछ उसले त्यहीअनुसार कार्य गर्दछ ।

प्रभुपादः त्यसकारण, हामी जनतालाई सुधारिरहेका छौँ ।

निर्देशकः हो, मेरो तात्पर्य पनि यही हो ।

प्रभुपादः तिनीहरू एउटा मानिसलाई निर्वाचित गर्दछन्....

निर्देशकः यदि तपाईं जनतालाई सुधार्नु चाहनुहुन्छ भने तिनीहरूले तपाईंलाई अर्कै किसिमले व्यवहार गर्न भन्नेछन् ।

प्रभुपादः हो । यसप्रकार जनताले राष्ट्रपतिका रूपमा कुनै निक्सनलाई निर्वाचित गर्दछन् । र जब जनताहरू असन्तुष्ट हुन्छन् तब उनीहरूले नै राष्ट्रपतिलाई बहिष्कार गर्दछन् । अहिले संसारमा यही चलिरहेको छ ।

निर्देशकः हो, तर समाजले यसरी नै काम गरिरहेको छ । तपाईंले समाजलाई परिवर्तन गर्ने इच्छा राख्नैपर्दछ, र हामीले समाजलाई परिवर्तन गर्नुपर्दछ । मलाई जुन आदेश दिइन्छ म त्यही गर्दछु । नत्र, मैले मेरो जागिर गुमाउँछु ।

प्रभुपादः होइन, यदि तपाईं वास्तवमै समाजको कल्याण गर्न चाहनुहुन्छ भने तपाईंले यो आदर्श पद्धतिलाई स्वीकार्नैपर्दछ । र यदि तपाईं आफ्नै पद्धतिको उत्पादन गर्नुहुन्छ भने त्यो कहिल्यै पनि सफल हुनेछैन ।

निर्देशकः म हजुरसँग सहमत हुन सक्छु यदि हामी सबै कृष्णभावना....

प्रभुपादः सम्पूर्ण होइन । हामी...

निर्देशकः त्यसोभए हामी.... त्यसोभए समाज कल्याण भनेको अरु नै केही हो भन्ने बुझिनेछ ।

प्रभुपादः अहिले, जस्तै हामी यहाँ यो प्रस्ताव गरिरहेका छौँ । यो मैले प्रस्तुत गरेको होइन–कृष्ण स्वयं भन्नुहुन्छ– कि मानिस शान्त हुनैपर्दछ । त्यसोभए हामी कसरी शान्त हुने त ? यदि मानिसको मन सधैँ विचलित भइरहन्छ भने ऊ कसरी शान्त हुनसक्छ ?

निर्देशकः हजुर विलकुल ठीक भन्दैहुनुहुन्छ ।

प्रभुपादः यही नै सफलताको सूत्र हो । तपाईं जनतालाई शान्तिमा राख्न चाहनुहुन्छ तर तपाईं जान्नुहुन्न कि जनतालाई कसरी शान्तिमा राख्ने हो । त्यसकारण, तपाईंले यसलाई अपनाउनैपर्दछ....

निर्देशकः हो, हजुरको समाज प्रतिस्पर्धी समाज हो ।

प्रभुपादः हामी भन्दछौँ कि तपाईं हरे कृष्ण मन्त्र जप्नुहोस् र यहाँ आएर टन्न खानुहोस्, यहीँ आएर आरामपूर्वक बस्नुहोस्, अनि मात्र तपाईं शान्त बन्नुहुनेछ । यो निश्चित हो । यदि कोही पागल मानिस नै हो भने पनि ऊ यी तीन नियमहरू पालन गर्न सहमत हुनेछ, उसलाई हरे कृष्ण मन्त्रको उच्चारण गर्न दिनुहोस्, हामी जे पनि स्वादिष्ट भोजन तयार गर्दछौँ, त्यो खानुहोस्, र शान्तिपूर्वक जीवन बिताउनुहोेस् अनि मात्र तपाईं शान्त बन्नुहुनेछ ।