NE/Prabhupada 0873 - भक्ति भनेको सम्पूर्ण उपाधिहरूबाट मुक्त हुनु हो



750519 - Lecture SB - Melbourne

इन्द्रियतृप्ति गर्नका लागि मैले अहिले यो भारतीय शरीर प्राप्त गरेको छु र तिमीहरूले यो अष्ट्रेलियन अथवा अमेरिकी अथवा यूरोपियन शरीर प्राप्त गरेका छौ । तर तिमीले आफ्नो शरीर परिवर्तन गर्नुपर्नेछ । तथा देहान्तरप्राप्तिः (भगवद्गीता २।१३) । हामी शाश्वत छौँ । न जायते म्रियते वा कदाचित् (भगवद्गीता २।२०) । आत्माले न त जन्म लिन्छ न त यसको कहिल्यै मृत्यु नै हुन्छ । हामीले केवल शरीर मात्र परिवर्तन गर्दछौँ । तथा देहान्तर प्राप्तिः । जस्तै, हामी हाम्रो शरीर परिवर्तन गरिरहेका छौँ । आमाको गर्भमा रहँदा हाम्रो शरीर सानो थियो । त्यसमा वृद्धि हुँदै गयो र हामी गर्भबाट बाहिर आयौँ । पुनः त्यो शरीर बढ्दै गयो । बढ्दै गयो.....वास्तवमा यो बढ्ने होइन, परिवर्तन हुने हो । नवजात शिशूले बालकका रूपमा शरीर परिवर्तन गर्दछ र बालकले किशोरका रूपमा शरीर परिवर्तन गर्दछ । र किशोरले युवाको रूपमा शरीर परिवर्तन गरिरहेको हुन्छ । त्यसपछि....यसप्रकार तिमीले शरीर परिवर्तन गरिरहेका छौ । तिमीलाई यसको अनुभव पनि छ । त्यसपछि....यसप्रकार तिमीले शरीर परिवर्तन गरिरहेका छौ । तिमीलाई यसको अनुभव पनि छ ।स्मरण गर्नुहोस्—कुनै बेला तपाईंको पनि शिशू–शरीर थियो र किशोर–शरीर पनि थियो – तपाईं स्मरण गर्न सक्नुहुन्छ । तर अहिले त्यो शरीर छैन । तर तपार्इं त त्यही व्यक्ति हुनुहुन्छ । त्यसकारण, निष्कर्ष के हो भने जब यो शरीर अस्तित्वमा रहन योग्य हुँदैन हामीले अर्को शरीर स्वीकार गर्नुपर्ने हुन्छ । यसलाई तथा देहान्तर प्राप्तिः भनिन्छ । हामीले परिवर्तन गर्नुपर्दछ । यो प्रकृतिको नियम हो । आत्मा अमर छ । न जायते म्रियते वा कदाचित् ... न हन्यते हन्यमाने शरीरे (भगवद्गीता २।२०) । आत्मा कहिल्यै पनि समाप्त हुँदैनः केवल एउटा विशेष शरीर मात्र समाप्त हुने हो । होइन । मानिसहरूलाई यसको ज्ञान छैन । र तिनीहरू केवल पापकर्ममा संलग्न रहने कारणले तिनीहरूको मस्तिष्क यति बोधो भएको छ कि तिनीहरू यो सरल सत्यलाई पनि बुझ्न सक्दैनन् । कि तिमी यो जीवनमा शरीरहरू परिवर्तन गरिरहेका छौ, त्यसैगरी अर्को जीवनमा तिमीले यो शरीर परिवर्तन गर्नेछौ । यो अत्यन्त सरल सत्य हो । तर भौतिक सभ्यताको विकास सँगसँगै हामी यति बोधो तथा बदमाश भएका छौँ कि हामी यो बुझ्नै सक्दैनौँ । हुन त भारत अत्यन्त पतित भइसकेको छ तापनि भारतमा अझै पनि टाढा–टाढाका गाउँमा जानुहोस् तः त्यहाँ एउटा साधारण अनपढ मानिसले पनि विश्वास गर्दछ । उसले विश्वास गर्दछ । तर यहाँ पाश्चात्य मुलुकहरूमा मैले अनेक ठूलाठूला प्राध्यापकहरूलाई भेटेँ, तिनीहरू यसबारे केही पनि ज्ञान छैन । मैले मस्कोमा एकजना वरिष्ठ प्राध्यापक कोटोभ्स्कीलाई भेटेँ । उहाँले भन्नुभयो, “स्वामीजी, यो शरीर समाप्त भएपछि सबै कुरा समाप्त हुन्छ ।” हेर्नुहोस् त । उहाँ एक वरिष्ठ प्राध्यापक हुनुहुन्छ र अत्यन्त विशाल इण्डोलोजी विभागका प्रमुख हुनुहुन्छ । तर उहाँलाई यसबारे केही पनि ज्ञान छैन । तर यो सत्य होइन । सत्य के हो भने हामी सबै आध्यात्मिक स्फुलिंग हौँ र हामी भगवान्का अंश हौँ । तर कुनै कारणवश, हामी यो भौतिक संसारमा भौतिक भोगविलास गर्नका लािग आएका छौँ । आध्यात्मिक जगतमा इन्द्रियतृप्ति हुँदैन । त्यहाँ सबै इन्द्रियहरू शुद्ध हुन्छन् । भौतिक संसारमा इन्द्रियहरू अशुद्ध हुन्छन् । तिनीहरू केवल भौतिक वस्तुहरूको भोग गर्न चाहन्छन् । त्यसकारण, कृष्णभावनामृत भनेको तपाईंले आफ्ना इन्द्रियहरूलाई शुद्ध पार्नुपर्दछ । यही नै मुक्तिमार्ग हो । सर्वोपाधि–विर्निमुक्तं तत्परत्वेन निर्मलम् हृषीकेन हृषीकेश सेवनं भक्तिरुच्यते ।। (चै.च. मध्यलीला १९।१७०) । यो भक्ति भनेको हामीले आफूलाई उपाधिहरूबाट मुक्त पार्नु पर्दछ । त्यो उपाधि के हो ? सबैजना सोचिरहेका छन्, “म अमेरिकी हुँ”, “ म भारतीय हुँ”, म युरोपेली हुँ”, “म अष्टे«लियन हुँ” “म बिरालो हुँ”, “म कुकुर हुँ”, “म यो हुँ”, “म त्यो हुँ”—शारिरीक उपाधिहरू । द्धट हामीले यो देहात्मबुद्धिलाई त्याग्नुपर्दछ किनभने “म यो शरीर होइन ।” अहं ब्रह्मास्मि ः “म जीवात्मा हुँ ।” यो हामीले बोध गर्नुपर्दछ । त्यसपछि, कुनै पनि भेद हुनेछैन कि “ऊ अमेरिकी हो, ऊ अष्टे«लियन हो, ऊ हिन्दु हो, ऊ मुस्लिम हो, यो रुख हो, यो....” पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । पण्डिताः भनेको विद्वान् अर्थात् वस्तुहरूलाई यथारूपमा जान्ने मानिस हो । तिनीहरूका लागि, विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि, शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । अत्यन्त विद्वान् तथा अत्यन्त भद्र... विद्या भनेको शिक्षित अर्थात् ऊ भद्र छ भन्ने बुझिन्छ । ऊ बदमाश तथा लफंगो होइन । त्यो विद्या हो । त्यो शिक्षाको परीक्षा हो । ऊ अत्यन्त शिक्षित, भद्र तथा मौन हुनुपर्दछ । त्यस्तो मानिसलाई एक शब्दमा भद्र भनिन्छ ।