NE/Prabhupada 0879 - भक्तिमय सेवामा विनम्रता हुनु अत्यन्त राम्रो हो



730412 - Lecture SB 01.08.20 - New York

श्रीचैतन्य महाप्रभुले भन्नुभयोःपृथ्वीते आचे यत नगरादि ग्राम सर्वत्र प्रचार हइबे मोर नाम (चैतन्य भागवत, अन्त्य खण्ड ४।१२६) । प्रत्येक नगर, महानगर तथा गाउँहरूमा उहाँको शिक्षाको प्रचार हुनेछ । उहाँको शिक्षा के हो ? के यसको अर्थ यो हो कि युरोपेली तथा अमेरिकीहरू ब्राह्मण बन्न सक्दैनन् ? किनभने वैष्णव संस्कार भनेको ब्राह्मणभन्दा पनि माथिको संस्कार हो । मां च योऽव्यभिचारेण भक्तियोगेन सेवते स गुणान् समतीत्यैताने ब्रह्मभूयाय कल्पते (भगवद्गीता १४।२६) जसले भक्तियोगलाई अपनाउँदछ.... ऊ तत्काल दिव्य स्तर अर्थात् ब्रह्मभूत स्थितिमा आइपुग्दछ (श्रीमद्भागवत ४।३०।२०) । ब्राह्मणको के कुरा ? र यो कपोलकल्पित तथा संकुचित धारणाले वैदिक सभ्यतालाई विनाश गरिरहेको छ । अब हामी पुनः जागृत हुँदै छौँ । यो सबैका लागि हो । कृष्ण भन्नुहुन्छ, मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः स्त्रियो शूद्रास्तथा वैश्यास्तेऽपि यान्ति परां गतिम् । (भगवद्गीता ९।३२) । कृष्ण भन्नुहुन्छ । हुन त साधारणतया हामी स्त्रिय, अर्थात् स्त्री शुद्र र वैश्यहरु तल्लो वर्गका हुन् भनेर बुझ्ने गर्दछौं तर जब कोहि भक्त बन्छ...... ऊ तल्लो स्तरमा रहँदैन | ते ऽपि यान्ति परां गतिम् | भक्तिमय सेवा यति राम्रो छ कि जो पनि.... साधारणतया स्त्रीलाई कम बुद्धिमान मानिन्छ, शुद्रलाई कम बुद्धिमान मानिन्छ, वैश्यलाई कम बुद्धिमान मानिन्छ | तर यदि उसले कृष्ण भावना ग्रहण गर्छ भने ऊ सबभन्दा बुद्धिमान हुन्छ | कृष्ण येइ भजे बड चतुर | यो चैतन्य चरितामृतको बयान हो | जसले कृष्ण भावना ग्रहण गरेको छ, ऊ सबभन्दा बुद्धिमान हो | र चैतन्य महाप्रभुले भन्नुहुन्छ: गुरु-कृष्ण​-कृपाय पाय भक्ति-लता-बीज (चै च मध्य १९|१५१), कोन भाग्यवान् जीव । एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव​ | कृष्ण भावनामृत अभियान दुष्ट वर्गका अभागी वर्गका मानिसहरुको लागि होइन | यो सबभन्दा भाग्यमानी मानिसको लागि हो | जसले कृष्ण भावना गढ़ान गरेको छ, उसलाई सबभन्दा भाग्यमानी मानिस मानिन्छ किनकि उसले आफ्नो जीवन पूर्ण बनाउने मार्गको अनुसरण गरेको छ | त्यसकारण, जसले कृष्णभावनामृतमा रहेर आफ्ना कर्तव्यहरूलाई राम्ररी पालना गरिरहेको छ, ऊ सबैभन्दा धेरै सौभाग्यशाली अर्थात् परिपूर्ण मानिस हो । कुन्तीदेवी विनम्र भएर प्रार्थना गर्दै हुनुहुन्छ कुन्तीदेवी विनम्र भएर प्रार्थना गर्दै हुनुहुन्छ । उहाँ साधारण स्त्रीजस्तो अल्पबुद्धिवाला हुनुहुन्न । उहाँ सबैभन्दा...उहाँले कृष्णलाई भगवान्का रूपमा चिन्नुभएको छ । “हुन त भौतिक दृष्टिकोणअनुसार कृष्ण मलाई फुपु मानेर सादर प्रणाम गर्न आइरहनुभएको छ, तर उहाँ त भगवान् हुनुहुन्छ ।” त्यसकारण, पूर्व श्लोकमा कुन्ती भन्नुहुन्छ, अलक्ष्यं सर्वभूतानां अन्तर्बहिरवस्थितम्ः (श्रीमद्भागवतम् १।८।१८) “वास्तवमा हजुर भित्र र बाहिर सर्वत्र हुनुहुन्छ तापनि हजुरलाई साधारण मानिसले देख्न सक्दैन ।” अर्को श्लोकमा पनि कुन्ती भन्नुहुन्छ, न लक्ष्यसे मूढदृशाः (श्रीमद्भागवतम् १।८।१९) “मूर्ख तथा बदमाशहरूले हजुरलाई देख्न सक्दैनन् ।” त्यसको अर्थ हो, कुन्तीले कृष्णलाई देख्नुभएको छ । जबसम्म कुन्तीले कृष्णलाई यथारूपमा देख्नुहुुन्न तबसम्म उहाँले कसरी मूढदृशा न लक्ष्यसे भन्न सक्नुहुन्छ ? र कुन्ती फेरि भन्नुहुन्छ, प्रकृतेः परम्ः “हजुर यो भौतिक सृष्टिभन्दा पर हुनुहुन्छ ।” त्यसकारण, यहाँ पनि उहाँ आफ्नो विनम्रतालाई निरन्तरता दिनुहुन्छ । भक्तिमय सेवामा यस्तो विनम्रता हुनु अत्यन्त राम्रो हो । त्यसकारण, श्रीकृष्ण चैतन्य महाप्रभुले हामीलाई सिकाउनुहुन्छः तृणादपि शुनीचेन तरोरपि सहिष्णुना । मानिस वृक्षभन्दा पनि सहनशील तथा घाँसभन्दा पनि विनम्र हुनुपर्दछ, आध्यात्मिक जीवनमा प्रगति गर्नका लागि । किनभने आध्यात्मिक जीवनमा अनेक अवरोधहरू आउनेछन् । किनभने माया....हामी बसिरहेका छा्रैँ....जस्तै, यदि हामी समुद्रमा छौँ भने । तपाईंले समुद्रमा शान्त वातावरणको आशा गर्न सक्नुहुन्न । समुद्रमा सधैँ हलचल भइरहन्छ । विशाल पानीजहाजसमेत समुद्रमा शान्तिपूर्वक तैरिरहन सक्दैन । कुनै पनि क्षणमा त्यहाँ भयानक ज्वारभाटाहरू आउन सक्दछन् । त्यसकारण, यो भौतिक संसारमा हामीले सधैँ खतराको सामना गरिरहनुपर्ने हुन्छ । यो भौतिक संसारमा तपाईंले शान्तिपूर्ण जीवनको आशा गर्न सक्नुहुन्न । पदं पदं यद् विपदाम् (श्रीमद्भागवतम् १०।१४।५८) । शास्त्र भन्दछ कि प्रत्येक पाइलामा खतरा छ । तर यदि तपाईं भक्त बन्नुहुन्छ भने तपाईं विपदबाट बच्न सक्नुहुन्छ ।मायां एतां तरन्ति ते (भगवद्गीता ७।१४) ।