NE/Prabhupada 0880 - तिमीले कृष्णलाई दुःख दिनका लागि कृष्णभावनामृतलाई अपनाएका हौ कि तिमी वास्तवमै गम्भीर छौ



730412 - Lecture SB 01.08.20 - New York


प्रभुपादः यदि तिमीले कृष्णभावनामृतलाई अपनाउँछौँ भने, सुरुवातका दिनहरूमा मायाले अनेकौं अवरोधहरू खडा गर्नेछिन् । मायाले तिमीलाई परीक्षा गर्नेछिन् कि तिमी कति दृढ छौ भनेर । मायाले तिम्रो परीक्षा गर्नेछिन् । माया पनि कृष्णकै एक सहायक हुनुहुन्छ । मायाले त्यस्ता मानिसहरूलाई अनुमति दिनुहुुन्न जो कृष्णलाई दुःख मात्र दिन्छ । अतः मायाले तपाईंलाई अत्यन्त कठोरतापूर्वक परीक्षा गर्नेछिन्, कि तिमीले कृष्णलाई केवल दुःख दिनका लागि कृष्णभावनामृतलाई अपनाएका हौ अथवा तिमी वास्तवमै गम्भीर छौ । यो मायाको काम हो । अतः सुरुवातका दिनहरूमा मायाका परीक्षाहरू आउनेछन्, र तिमीले कृष्णभावनामृतमा प्रगति गर्दा अनेक अवरोधहरू अनुभव गर्नेछौ । तर यदि तिमी दृढ भयौ...दृढ भनेको यदि तिमीले नियमहरूलाई पालना ग¥यौ भने र प्रतिदिन सोह्र माला हरे कृष्ण मन्त्रको जप ग¥यौ भने तिमी दृढ रहनेछौ । र यदि तिमीले यसलाई बेवास्ता ग¥यौ भने मायाले तिमीलाई तत्काल आफ्नो पञ्जामा लिनेछिन् । माया सधैँ तयारी अवस्थामा हुन्छिन् । हामी समुद्रमा छौँ । कुनै पनि क्षण हामी विचलित हुनेछौँ । अतः जो कदापि विचलित हुँदैन उसलाई परमहंस भनिन्छ । अतः कुन्तीदेवी भन्नुहुन्छः तथा परमहंसानाम् (श्रीमद्भागवतम् १।८।२०) । परम भनेको अन्तिम हो । हंस भनेको हाँस हो । अतः परमहंस भनेको परिपूर्ण हंस हो । हंस । हंस भनेको हाँस हो । भनिएको छ कि यदि तिमीले... यदि तिमीले हाँसलाई पानी मिश्रित दूध दिन्छौ भने, हाँसले केवल दूधको भाग मात्र पिउँदछ र पानीको भागलाई त्यहीँ छोडिदिन्छ । त्यसैगरी, यो भौतिक संसार के हो भनेर जान्ने मानिस... भौतिक संसार दुई किसिमका प्रकृतिहरूबाट बनेको छः अपरा प्रकृति तथा परा प्रकृति । परा प्रकृति भनेको आध्यात्मिक जीवन हो र अपरा प्रकृति भनेको भौतिक जीवन हो । अतः यो संसारको भौतिक भागलाई परित्याग गर्ने मानिस र केवल आध्यात्मिक भाग मात्र स्वीकार गर्ने मानिसलाई परमहंस भनिन्छ । परमहंस । आध्यात्मिक भाग भनेको यो ज्ञान हुन हो कि यो भौतिक संसारमा जुन गतिविधिहरू भइरहेका छन्.... यो शरीरजस्तैः तिम्रो शरीर, मेरो शरीर । जसले यो अभियान के हो भन्ने जान्दछ, यो शरीरका क्रियाकलापहरू शरीरभित्र रहेको आत्माको कारणले भएका हुन्.... वास्तविक तथ्य यो हो । शरीर केवल बाह्य आवरण मात्र हो । त्यसैगरी, जसले कृष्ण नै यी सम्पूर्ण क्रियाकलापहरूको केन्द्रविन्दु हुनुहुन्छ भन्ने जान्दछ, ऊ नै परमहंस हो । ऊ परमहंस हो । उसलाई सत्यको ज्ञान छ । अतः भक्तियोग भनेको परमहंसका लागि हो, जुन मानिसले कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ भन्ने जान्दछ । अहमादिर्हि देवानां (भगवद्गीता १०।२) । मक्त सर्वं प्रवर्तते (भगवद्गीता १०।८) । अतः जसले कृष्ण नै सम्पूर्ण कारणहरूका मूल कारण हुनुहुन्छ भन्ने जान्दछ, सैद्धान्तिक रूपले मात्र होइन, व्यावहारिक रूपले विश्वस्त हुने मानिस नै परमहंस हो । मूर्ख तथा बदमाशका आराध्य होइन । हजुर परमहंसका आराध्य हुनुहुन्छ । तथा परमहंसानां मुनीनाम् (श्रीमद्भागवतम् १।८।२०) । मुनीनाम् भनेको विचारशील मानिसहरू हुन् । साथै, मनोधर्मीहरूलाई पनि मुनि भनिन्छ । मुनीनां अमलात्मनाम् । अमल । तिनीहरूको हृदयमा कुनै फोहोरी वस्तुहरू हुँदैनन् । भौतिकवादी मानिसहरूको हृदय फोहोरी वस्तुहरूले भरिएको हुन्छ । त्यो फोहोरी वस्तुहरू के हुन् ? ती हुन्ः काम तथा लोभ । यत्ति हो । यी सबै फोहोरी वस्तुहरू हुन् । सम्पूर्ण भौतिकवादी मानिसहरू कामी तथा लोभी हुन्छन् । त्यसकारण, तिनीहरूको हृदय पनि फोहोरी वस्तुहरूले भरिएको हुन्छ । र अमलात्मनाम् भनेको काम तथा लोभबाट मुक्त रहेको मानिस हो...

भक्त: लोभ |

प्रभुपादः हँ ? लोभ, लोभीपन । अमलात्मनाम् । तिनीहरूका लागि भक्तियोग । यो भक्तियोग भनेको हृदय शुद्ध भइसकेका मानिसहरूका लागि हो, कामी तथा लोभी मानिसहरूका लागि होइन । त्यो होइन...तिनीहरूले प्रयास गर्न सक्छन् । तिनीहरूले क्रमशः प्रगति गर्नेछन् । तर एकपटक भक्तियोगमा अवस्थित भइसकेको मानिस कामी तथा लोभी हुँदैन । विरक्तिरन्यत्र स्यात् । यही नै परीक्षा हो कि मानिस मुक्त भएको छ कि छैन कामेच्छा तथा लोभीपनबाट । त्यसपछि, ऊ भक्तियोगमा अवस्थित हुन पुग्दछ । ऊ परमहंस हो । अतः कुन्तीदेवी विनम्रतापूर्वक समर्पित भावले भन्नुहुन्छ “हजुर परमहंसका लागि हुनुहुन्छ, अमलात्मनाम्हरूका लागि, मुनिहरूका लागि र भक्तियोगमा संलग्न रहनेहरूका लागि । अनि हामी के हौ ? हामी त केवल स्त्री जाति हौँ । हामी तल्लो स्तरका मानिस हौँ । हामी हजुरलाई कसरी बुझ्न सक्दछाँ्रै ?” यो विनम्रता हो । हुन त कुन्तीदेवी सर्वज्ञ हुनुहुन्छ तापनि उहाँले एउटी साधारण नारीको भूमिका खेलिरहनुभएको छ, र भन्दै हुनुहुन्छ कि “म हजुरलाई कसरी बुझ्न सक्दछु ?”

धेरै धेरै धन्यवाद, हरे कृष्ण ।

भक्तहरूः जय, श्रील प्रभुपादकी जय !