NE/Prabhupada 0883 - आफ्ना आर्थिक समस्याको समाधान खोजेर समय नाश नगर



Lecture on SB 1.8.21 -- New York, April 13, 1973


अतः कृष्ण माता र पिताका रूपमा रहेका आफ्ना भक्तहरूसँग जोडिन चाहनुहुन्छ । यहाँ यो भौतिक संसारमा हामी सर्वोच्च भगवान्लाई पिता मानेर सम्बन्ध बनाउने प्रयास गर्दछौँ । तर कृष्ण भने हाम्रो पुत्र बन्न चाहनुहुनछ । अतः नन्दगोप (श्रीमद्भागवतम् १।८।२१) । कृष्ण आफ्नो भक्तको पुत्र बन्न पाउँदा आनन्द मान्नुहुन्छ । साधारण मानिसहरू भगवान्लाई पिता बनाउन चाहन्छन् तर कृष्णलाई यो त्यति मन पर्दैन । पिता भनेको, पिता बन्नु भनेको सधैै झञ्झटपूर्ण काम होः “मलाई यो दिनुहोस्, मलाई यो दिनुहोसे, मलाई यो दिनुहोस् ।” हेर्नुहोस् त । निश्चय नै, कृष्णसँग सम्पूर्ण मागहरू परिपूर्ति गर्ने असीमित क्षमताहरू छन् । एको यो बहूनां विदधाति कामान् । कृष्णले सबैका इच्छाहरू परिपूर्ति गरिदिन सक्नहुुन्छ । कृष्णले हात्तीलाई पनि भोजन दिइरहनुभएको छ । कृष्णले कमिलालाई पनि भोजन दिइरहनुभएको छ । भने मनुष्यलाई किन भोजन दिनुहुन्न र ? तर यी बदमाशहरू यो जान्दैनन् । अनि तिनीहरू रोटीका लागि दिनरात गधाजस्तै जोतिएर काम गर्दछन् । र यदि ऊ चर्च जान्छ भने त्यहाँ पनिः “मलाई रोटी दिनुहोस्” भन्ने गर्दछन् । तिनीहरूको केवल रोटीको समस्या हो । यत्ति हो । हुन त जीवात्माहरू सबैभन्दा धनी तथा वैभवशाली व्यक्तिका पुत्रहरू हुन् तर तिनीहरूले रोटीको समस्या उत्पन्न गरेका छन् । यो अज्ञान हो । उसले विचार गर्दछ कि “यदि मैले मेरो रोटीको समस्या समाधान गरिनँ भने, यदि मैले दिनरात ट्रक चलाइनँ भने....(ट्रकको आवाज नक्कल गर्नुहुन्छ अनि हाँसो चल्छ) यस्तो वाहियात सभ्यता । हेर्नुहोस् त । रोटीको समस्या । रोटीको समस्या कहाँ छ ? कृष्णले रोटी उपलब्ध गराउन सक्नुहुन्छ । यदि अफ्रिकाको हात्तीलाई भोजन उपलब्ध गराइरहनुभएको छ भने – तपाईंलाई थाहा छः अफ्रिकामा लाखौँलाख हात्तीहरू पाइन्छन् र तिनीहरू सबैका लागि भोजन उपलब्ध भइरहेको छ । श्रीमद्भागवतले उपदेश दिएको छ कि यो रोटीको समस्याका लागि आफ्नो अमूल्य समय बर्बाद नगर । आफ्नो समय बर्बाद नगर । न लभ्यते यद् भ्रमतां उपर्यधः (श्रीमद्भागवतम् १।५।१८) । आफ्नो समयलाई आर्थिक समस्याको समाधान गर्नमा खर्च नगर । यो व्यर्थ छ । निश्चय नै, यो अत्यन्त क्रान्तिकारी सल्लाह हो । मानिसहरूले मलाई घृणा गर्नेछन् । “स्वामीजी के भन्दै हुुनुहुन्छ ?” तर वास्तवमा यो सत्य हो । आर्थिक समस्याहरूको समाधान गर्नु पनि अर्को पागलपना हो । मानौँ, तिम्रो पिता अत्यन्त धनी हुनुहुन्छ र उहाँसँग प्रशस्त अनाज छ । भने तपाईंलाई कहिल्यै आर्थिक समस्या पर्न सक्दछ ? अहँ, सक्दैन । समस्या प¥यो भन्ने ठान्नु पागलपना मात्र हो । वास्तवमा हामीलाई आर्थिक समस्या छैन । यदि तिमीलाई थाहा छ कि तिम्रा पिता शहरकै सबैभन्दा धनाढ्य मानिस हुनुहुन्छ भने तिमीलाई आर्थिक समस्या कसरी पर्न सक्दछ ? वास्तवमा, हाम्रो स्थिति यस्तो छ । हामीसँग कुनै पनि आर्थिक समस्या छैन । सबै कुरा पूर्ण रूपमा उपलब्ध छ । पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते (ईशोपनिषद, मंगलाचरण) । सबै कुराहरू पूर्ण मात्रामा उपलब्ध छन् । तिमी पानी चाहन्छौ । हेर तः पानीको महासागर नै उपलब्ध छन् । तिमी शुद्ध पानी पिउन चाहन्छौ । तर तिमीले समुद्रको पानीलाई पिउन सक्दैनौ । हुन त महासागरमा अथाह पानी छ तापनि जब पानीको समस्या पर्दछ तब तिमीले कृष्णको सहायता लिनै पर्दछ । उहाँले पानीलाई बादल बनाउनुहुन्छ | त्यसपछि, जब पानी वर्षन्छ तब यो मीठो हुन्छ । नत्र तिमीले नुनिलो पानी पिउन सक्दैनौँ । सबै कुराहरू कृष्णको नियन्त्रणमा छन् । सबै कुराहरू परिपूर्ण मात्रामा छन्ः पानी, प्रकाश, ताप । सबै कुराहरू परिपूर्ण मात्रामा छन् । पूर्णात् पूर्णं उदच्यते, पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते (ईशोपनिषद, मंगलाचरण) । कृष्णको भण्डार कहिल्यै पनि रित्तिँदैन । तिमी केवल कृष्णको आज्ञाकारी बन । त्यसपछि, सम्पूर्ण वस्तुहरू उपलब्ध हुनेछन् । तिमीले बुझ्न सक्दछौ । यी कृष्णभावनाभावित मानिसहरूसँग केही पनि समस्या छैन, आर्थिक समस्या पनि छैन । सबै कुरा कृष्णले पर्याप्त मात्रामा उपलब्ध गराउनुभएको छ । लस एन्जलसमा हाम्रा छिमेकीहरू अत्यन्त ईष्र्यालु छन् । उनीहरू भन्दछन् “तिमीहरू केही पनि काम गर्दैनौ । तिमीहरूलाई केही चिन्ता पनि छैन । तापनि तिमीहरूको चार–चारओटा कारहरू छन् । तिमीहरूले राम्रो भोजन पनि गरिरहेका छौ । यो कसरी सम्भव छ ?” तिनीहरू हाम्रा भक्तहरूसँग सोध्दछन् । यो वास्तवमा सत्य हो । हामी यति धेरै पैसा खर्च गरिरहेका छौँ, हामीसँग अनेक केन्द्रहरू छन् । हामी लगभग सत्तरी हजार डलर खर्च गरिरहेका छौँ । यो कसले आपूर्ति गरिरहेको छ ? कहीँ कतैबाट हामीले प्राप्त गरिरहेका छौँ । अतः हामीलाई कुनै समस्या छैन । तिमी केवल कृष्णको इमानदार सेवक बन । सबैकुरा उपलब्ध छन् । यही नै परीक्षा हो ।