NE/Prabhupada 0884 - हामी बसेर कृष्णका बारेमा जिज्ञासा गरिरहेका छौँ । यही नै हाम्रो जीवन हो !



730413 - Lecture SB 01.08.21 - New York

हामीले काम नगरेको देखेर तिनीहरू हाम्रो ईष्र्या गर्दछन् । तापनि हामीसँग प्रशस्त छ । “त्यसोभए तिमीहरू किन हामीसँग आबद्ध हुँदैनौ ?” तर तिनीहरू मान्दैनन् । “तिमी हामीकहाँ आऊ र हरे कृष्ण मन्त्रको जप गर ।” अहँ, हुँदैन, हुँदैन । म त्यसो गर्न सक्दिनँ ।” ठिकै छ, त्यसोभए आफ्नो कुम्लो बोकेर हिड: व्हूश, व्हूश, व्हूश, व्हूश, व्हूश| तिनीहरूले आफूलाई जोखिमपूर्ण स्थितिमा राखेका छन् अरुलाई पनि जोखिममा पु¥याएका छन् । कुनै पनि क्षण दुर्घटना हुन सक्छ । हेर त ? यो तिनीहरूको सभ्यता हो । वाहियात । यो कुनै सभ्यता होइन । सभ्यता भनेको सुख, शान्ति, सम्वृद्धि, सम्मुन्नति, शान्ति हो । शान्ति तथा सम्वृद्धिमा रहँदै मानिस निरन्तर कृष्णभावनामय भइरहनुपर्दछ । तस्यैव हेतोः प्रयतेत को विदोन लभ्यते यद् भ्रमतां उपर्यधः (श्रीमद्भागवतम् १।५।१८) । पशु जीवनमा अथवा मनुष्य जीवनबाहेक अन्य जीवनमा, हामीले एक गाँस खानका लागि दिनरात कठोर परिश्रम गरेका थियौँ । तर भोजन त उपलब्ध छँदैछ । केवल अविद्याकर्मसंज्ञान् या तृतीया शक्तिरिष्यते । (चै.च.आदिलीला ७।११९) । अविद्या । यो भौतिक संसार अज्ञानले भरिएको छ । त्यसकारण, हाम्रो प्रयास नै यो अज्ञानबाट मुक्त हुनका लागि हुनुपर्दछ । तस्यैव हेतोः । हामीले कामहरू पनि यही उद्देश्य लिएर गर्नुपर्दछ । “म यो भौतिक शरीर हुँ” भन्ने अज्ञानबाट कसरी मुक्त हुने त ? मैले दिनरात परिश्रम गर्नुपर्दछ । त्यसपछि मात्र मेरो भोजन पानीको प्रबन्ध हुनेछ, अनि मात्र म बाँच्नेछु ।” यो अज्ञान हो । तस्यैव हेतोः प्रयतेत... अतः हामीले अज्ञानमय जीवन बिताइरहेका छौँ, मेरो मतलब, मनुष्य जीवनभन्दा अन्य जीवन अज्ञानमय छ । पशु जीवन, पक्षीहरूको जीवन, जनावरहरूको जीवन । अब यो जीवन शान्त तथा सुखमय छ । र जीवस्य तत्वजिज्ञासा, केवल परमसत्यका बारेमा जिज्ञासा गर्नु । हाम्रो एक मात्र काम केवल यही हुनुपर्दछ । जीवस्य तत्वजिज्ञासा । अथातो ब्रह्मजिज्ञासा । केवल बसेर जिज्ञासा गर । जस्तै, हामी पनि यही गरिरहेका छौँ । हामी सँगै बसेर कृष्णको बारेमा जिज्ञासा गरिरहेका छौँ । यही नै जीवन हो । यही नै जीवन हो । अनि तिनीहरूको जीवन के हो ? दिनरात गधाले जस्तै काम गर्ने ? त्यसकारण, भागवतले भन्दछ कि तिम्रो जीवन यो उद्देश्य प्राप्तिका लागि उपयोग गर्नुपर्दछ । तस्यैव हेतोः प्रयतेत कोविदः । कोविद भनेको बुद्धिमान् हो । त्यसपछिः “मेरो आर्थिक समस्या कसरी समाधान होला ?” यसको उत्तर होः तल्लभ्यते दुःखवत् अन्यतः सुखम् । तिमी सुखप्राप्तिका लागि दौडिरहेका छौ । तिमी दुःखको पछाडि दौडिरहन्छौ र ? “अहँ, दौडिन्नँ सर ।” त्यसोभए तिमीलाई दुःख किन परिरहेको छ ? तिमी दुःख र विनाशको प्राप्तिका लागि व्यग्र छैनौ । त्यसोभए, तिमीलाई दुःख किन आइलाग्छ ? त्यसैगरी, जहाँसम्म तिम्रो सुखको सवाल छ, त्यो पनि तिमीले प्राप्त गर्नेछौ । किनभने तिम्रो कर्मअनुसार तिम्रो जीवनमा सुख र दुःख दुवैको मिश्रण छ । यदि कुनै निमन्त्रणाबिना दुःख आउँदछ भने सुख पनि कुनै निमन्त्रणाबिना नै आउनेछ । कुनै पनि निमन्त्रणाबिना । किनभने तिमीले पाउनुपर्ने सुख र दुःख दुवै पूर्वनिर्धारित छन् । पूर्वनिर्धारित । तिमीले यो परिवर्तन गर्न सक्दैनौ । आफ्नो भौतिक जीवनलाई परिवर्तन गर्ने प्रयास गर । यही नै तिम्रो दायित्व हो । तस्यैव हेतोः प्रयतेत कोविदो न लभ्यते यद् भ्रमतां उपर्यधः.... भ्रमतां उपर्यधः । तिमीले प्रयास गरेका छौ । भ्रमतां उपर्यधः...उपरि भनेको माथिका उच्चलोकहरू हुन् । कहिलेकाहीँ हामीले उच्चलोकहरूमा देवताको जन्म प्राप्त गर्दछौँ,र कहिलेकाहीँ अधः अर्थात्, पशु, कुकुर, बिरालो, विष्ठाको किरा इत्यादि । आजभोलि यही चलिरहेको छ । हाम्रो कर्मअनुसार यही नै चलिरहेको छ । एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै.च. मध्यलीला १९।१५१) ।