NE/Prabhupada 0901 - यदि म ईर्ष्यालु छैन भने म वैकुण्ठ जगतमा हुन्छु । जसले पनि परिक्षा गर्न सक्दछ ।



730415 - Lecture SB 01.08.23 - Los Angeles


यदि म ईर्ष्यालु छैन भने म वैकुण्ठ जगतमा हुन्छु । जसले पनि परिक्षा गर्न सक्दछ । र वर्तमान समयमा हाम्रा इन्द्रियहरू प्रदूषित छन् । म सोचिरहेको छु, “म अमेरिकी हुँ, अतः मेरा इन्द्रियहरूको सदुपयोग हुनुपर्दछ मेरो देश, मेरो समाज तथा मेरो राष्ट्रको सेवामा सदुपयोग हुनुपर्दछ ।” ठूलाठूला नेताहरू । तिनीहरूको वास्तविक सिद्धान्त यस्तो हुन्छ, “म अमेरिकी हुँ, अतः मेरा इन्द्रियहरू पनि अमेरिकी इन्द्रियहरू हुन् । त्यसकारण, मेरा इन्द्रियहरूलाई अमेरिकाको लागि उपयोग गर्नुपर्दछ ।” त्यसैगरी, भारतीयहरू तथा अन्य मानिसहरू पनि त्यस्तै विचार गर्दछन् । तर तिनीहरू कसैलाई पनि थाहा छैन कि इन्द्रियहरू कृष्णका हुन् । यो तमोगुण हो । कुनै बुद्धि छैन । तिनीहरू विचार गर्दछन् कि यी इन्द्रियहरू अर्थात् उपाधिहरू,.... अमेरिकी इन्द्रियहरू, भारतीय इन्द्रियहरू, अफ्रिकी इन्द्रियहरू । होइन । यो माया हो । यो ढाकिएको छ । त्यसकारण, भक्ति भनेको सर्वोपाधि विनिर्मुक्तम् (चै.च.मध्यलीला १९।१७०) हो । जब तिम्रा इन्द्रियहरू यी सम्पूर्ण उपाधिहरूबाट मुक्त हुन्छन् तब त्यही नै भक्तिको शुभारम्भ हो । यदि म विचार गर्दछु कि “म अमेरिकी हुँ । म किन कृष्णभावनालाई अपनाउने ? कृष्ण त हिन्दुको भगवान् हो” भन्दछु भने त्यो मूर्खता हो । यदि तिमी विचार गर्दछौ कि “म मुस्लिम हुँ”, “म इसाई हुँ” भने तिमी पतित भयौ । तर यदि हामीले इन्द्रियहरू शुद्धिकरण गरेर “म जीवात्मा हुँ । सर्वोच्च परमात्मा चाहिँ कृष्ण हुनुहुन्छ । म कृष्णको अंश हुँ भने मेरो दायित्व कृष्णको सेवा गर्नु हो” त्यसपछि तिमी तत्काल मुक्त हुनेछौ । तत्काल । तिमी अब उपरान्त अमेरिकी, भारतीय अथवा अफ्रिकी अथवा यो अथवा त्यो रहनेछैनौ । अब तिमी कृष्णभावनाभावित भएका छौ । हामी यही चाहन्छौँ । त्यसकारण, कुन्तीदेवी भन्नुहुन्छ, “हृषीकेश, मेरा प्रिय कृष्ण, तिमी इन्द्रियहरूका स्वामी हौ, र इन्द्रियतृप्ति गर्नका लागि हामी विभिन्न किसिमका योनिमा भौतिक जीवन बिताउन पतित भएका छौँ ।” अतः हामी कष्ट भोगिरहेका छौँ र कष्टको पराकाष्ठामा पुगेका छौँ, यदि कोही कृष्णकै आमा बन्दछ भने पनि.... यो भौतिक संसार हो भएको कारणले कृष्णकै आमालाई समेत अनेक कष्ट दिइन्छ, भने अरुको त के कुरा गर्ने ? देवकी यति विकसित भक्त हुनुहुन्छ कि उहाँ कृष्णकी आमा बन्नुभएको छ, तापनि उहाँलाई समेत अनेक विपत्तिहरू आइपरेका छन् । र उहाँलाई कोद्वारा विपत्तिहरू आइरहेका छन् ? उहाँकै भाई कंसद्वारा । अतः यो संसार यस्तो छ । यसलाई बुझ्ने प्रयास गर । यदि तिमी कृष्णको अत्यन्त घनिष्ठ अर्थात् कृष्णकै आमा अथवा कृष्णकै भाइ बन्दछौ भने पनि । यो संसार यति ईर्ष्यालु छ कि यदि कसैको व्यक्तिगत अहंकारमा कुनै ठेस पुग्यो भने, जो पनि तिमीलाई कष्ट दिन तयार हुन्छ । यही नै भौतिक संसार हो । सबैजना । यदि ऊ आफ्नै भाइ अथवा पिता हो भने पनि उसले कष्ट दिनेछ । अरुको त के कुरा गर्ने ? खलेन । खल भनेको ईर्ष्यालु हो । यो भौतिक संसार ईर्ष्यालु छ । म तिम्रो ईर्ष्यालु गर्दछु, तिमी मेरो ईर्ष्यालु गर्दछौ । यही नै हाम्रो काम हो । यही नै हाम्रो काम हो । तर यो कृष्णभावनामृत अभियान ती व्यक्तिहरूका लागि हो जो ईर्ष्यालु छैनन्, जसले सम्पूर्ण ईर्ष्याहरू समाप्त पारेको छ । त्यस्तो परिपूर्ण व्यक्तिका लागि हो । धर्मः प्रोज्झित–कैतवोऽत्र परमो निर्मत्सराणां सताम् । वास्तवं वस्तु वेद्यं अत्र (श्रीमद्भागवत १।१।२) । ईर्ष्यालु र डाहा गर्ने मानिसहरू यो भौतिक संसारभित्र बस्दछन् । र जो ईर्ष्या गर्दैनन् तिनीहरू आध्यात्मिक जगतमा छन् । यो सरल कुरा हो । आफ्नै परिक्षा गर्नुहोस्, “म ईर्ष्यालु छु कि छैन, म मेरा संगी, साथी अथवा अरु कसैको ईर्ष्या गर्छु कि ?” त्यही कारणले म यो भौतिक संसारमा छु । र यदि म ईर्ष्या छैन भने म आध्यात्मिक जगतमा हुन्छु । यो जसले पनि परीक्षण गर्न सक्दछ । यसका लागि म आध्यात्मिक रूपमा विकसित छु कि छैन भन्ने प्रश्न नै उठ्दैन । तिमीले आफैलाई परीक्षण गर्न सक्दछौ । भक्तिः परेशानुभवो विरक्तिरन्यत्र स्यात् (श्रीमद्भागवत ११।२।४२) । जस्तै, यदि तिमी भोजन गरिरहेका छौ भने तिमीले बुझ्नेछौ कि तिमी अघायौ कि अघाएनौ अर्थात् तिम्रो भोक शान्त भयो कि भएन । तिमीले अन्य मानिसबाट प्रमाणपत्र लिइरहनुपर्ने आवश्यकता छैन । त्यसैगरी, यदि तिमीले आफूलाई परीक्षण गर्दछौ भने, तिमी ईर्ष्यालु छौ कि छैनौ भनेर परीक्षण गर । त्यसैले त तिमी यो भौतिक संसारमा छौ । यदि तिमी ईर्ष्यालु छैनौ भने तिमी आध्यात्मिक जगतमा हुन्छौ । यदि तिमी ईर्ष्यालु छैनौ भने मात्र तिमीले कृष्णको अत्यन्त राम्रोसँग सेवा गर्न सक्दछौ । किनभने हाम्रो ईर्ष्या अथवा डाहा कृष्णबाट सुरु भएको हो । मायावादीहरू जस्तै: “किन कृष्ण नै भगवान् हुनुपर्ने ? म पनि, म पनि भगवान् हुँ ।”