NE/Prabhupada 0905 - वास्तविक चेतनामा आउनुहोस् कि सबै कुरा भगवानको हो



730418 - Lecture SB 01.08.26 - Los Angeles


वास्तविक चेतनामा आउनुहोस् कि सबै कुरा भगवानको हो

अतः नशाले उन्मत्त भएको मानिसले यो बुझ्न सक्दैन । उनीहरू विचार गर्दछन: यो मेरो सम्पत्ति हो । मैले अमेरिकाको यो जमिन रेड इण्डियनहरूबाट खोसेको हुँ । अब यो मेरो सम्पत्ति हो ।” तर ऊ जान्दैन कि ऊ एउटा चोर हो । ऊ चोर हो । स्तेन एव स उच्यते (भगवद्गीता ३|१२) । भगवद्गीतामा कृष्ण भन्नुहुन्छ । जसले भगवानको सम्पत्ति लिएर आफ्नो भन्ने दाबी गर्दछ भने ऊ चोर हो । स्तेन एव स उच्यते । त्यसकारण, हामी अर्थात् कृष्णभावनाभावित भक्तहरू साम्यवादी सिद्धान्त पालन गर्दछौँ । हामीसँग कृष्णभावनामय साम्यवादी सिद्धान्त छ । त्यो सिद्धान्त के हो ? त्यो हो : सबै कुरा भगवानको हो । जस्तै, तिनीहरू सोचिरहेका छन् कि सबै कुरा राज्यको हो । यी साम्यवादीहरू यी मस्कोवासीहरू अथवा रसियन अथवा चाइनिजहरू, तिनीहरू राज्यअनुसार सोचिरहेका छन् तर हामी राज्यअनुसार सोचिरहेका छैनौँ । हामी भगवान्अनुसार सोचिरहेका छौँ । सबै कुरा भगवानको हो । त्यही सिद्धान्त हो तर यसलाई थोरै फराकिलो पारिएको छ । केवल तिमीसँग केही बुद्धि हुनुपर्दछ । तिमी किन सोच्दछौ कि यो राज्य अल्पसंख्यक मानिसहरूको हो भनेर । तिमी किन सोच्दछौ कि यो राज्य अल्पसंख्यक मानिसहरूको हो भनेर । तिमी किन त्यस्तो सोच्दछौ ? तिमीले त यो जमिन भगवानको हो भन्ने सोच्नुपर्दछ । प्रत्येक प्राणी भगवानको सन्तान हो । भगवान् परमपिता हुनुहुन्छ । कृष्ण भन्नुहुन्छ: अहं बीजप्रदः पिता । “म सम्पूर्ण प्राणीहरूको बीजदाता पिता हुँ ।” सर्वयोनिषु कौन्तेय । (भगवद्गीता १४।४) । “म सम्पूर्ण प्राणीहरूको बीजदाता पिता हुँ ।” सर्वयोनिषु कौन्तेय । (भगवद्गीता १४।४) । वास्तवमा यो सत्य हो । हामी सबै जीवित प्राणीहरू भगवानका छोराछोरी हौँ । तर हामीले यो भुलेका छौँ । त्यसकारण, हामी युद्ध गरिरहेका छौँ । तर हामीले यो भुलेका छौँ । त्यसकारण, हामी युद्ध गरिरहेका छौँ । त्यसोभए त हामी दाजुभाई हौँ, हामी किन युद्ध गर्ने ?” त्यसैगरी, यदि हामी कृष्णभावनाभावित भयौँ भने सबै युद्धहरू समाप्त हुनेछन् । “म अमेरिकी हुँ, म भारतीय हुँ, म रसियन हुँ, म चाइनिज हुँ ।” यी सबै वाहियात धारणाहरू समाप्त हुनेछन् । कृष्णभावनामृत अभियान यति असल छ । जब मानिस कृष्णभावनाभावित बन्दछन् तब सम्पूर्ण युद्धहरू : राजनैतिक युद्ध, राष्ट्रिय युद्ध सबै तत्काल समाप्त हुनेछन् । किनभने तिनीहरू “सबै कुरा भगवानको हो” भन्ने वास्तविक चेतनामा फर्किन्छन् । किनभने तिनीहरू “सबै कुरा भगवानको हो” भन्ने वास्तविक चेतनामा फर्किन्छन् । त्यसैगरी, यदि कोही भगवानको अंश हो र यदि सबै जना भगवानका सन्तान हुन् भने, त्यसपछि, सबै जनालाई आफ्ना पिताको सम्पत्ति उपयोग गर्ने अधिकार छ । र त्यो अधिकार केवल मानव समाजको लागि मात्र होइन । भगवद्गीताको अनुसार यो अधिकार सम्पूर्ण प्राणीसँग छ । चाहे ऊ कुनै पशु होस् अथवा रुख, चरा होस् अथवा कीटपतंग, जे भए पनि उसँग अधिकार छ । यही नै कृष्णभावनामृत हो । हामी केवल मेरो भाइ मात्र असल छ, म मात्र असल छु अनि अरु सबै खराब हुन् भनेर सोच्दैनौँ । यस्तो प्रकारको साँघुरो तथा संकुचित चेतनालाई हामी घृणा गर्दछौँ, हामी त्यसलाई बहिष्कार गर्दछौँ । हामी विचार गर्दछौँ : पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । तिमीले भगवद्गीतामा यो भेट्नेछौ । विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । जो पण्डित छ, जो विद्वान् छ, जसले प्रत्येक प्राणीलाई समान रूपले हेर्दछ । त्यसकारण, एउटा वैष्णव अत्यन्त करुणामय हुन्छ । लोकानां हितकारिणौ । तिनीहरू मानव समाजको लागि वास्तवमै लाभदायक हुने कर्महरू गर्न सक्दछन् । तिनीहरू देखिरहेका छन्, र वास्तवमै अनुभव गरिरहेका छन् कि यी सबै प्राणीहरू भगवानका अंश हुन् । कुनै कारणवश, तिनीहरू यो भौतिक संसारमा फसेका छन्, र विभिन्न कर्मअनुसार, तिनीहरूले विभिन्न प्रकारका शरीरहरू धारण गरिरहेका छन् । र विभिन्न कर्मअनुसार, तिनीहरूले विभिन्न प्रकारका शरीरहरू धारण गरिरहेका छन् । र विभिन्न कर्मअनुसार, तिनीहरूले विभिन्न प्रकारका शरीरहरू धारण गरिरहेका छन् । र यो चाहिँ मानिस हो र उसले त्यो पशुलाई खान सक्दछ ।” अहँ, होइन । वास्तवमा, एउटा कृष्ण भावनाभावित मानिस सबै प्रति उदार हुन्छ | किन पशुहरुको वध गर्नु ? त्यसकारण, हाम्रो सिद्धान्त छ: मांसभक्षण नगर्नु । माछामासु निषेध छ । तिमी मासु खान सक्दैनौ । तर तिनीहरू हाम्रो कुरा सुन्नेछैनन् । “ओहो, यो कस्तो वाहियात हो ? मासु त हाम्रो भोजन हो । हामी किन मासु नखाने ?” तर एधमान–मदः (श्रीमद्भागवत १।८।२६) । ऊ नशाले उन्मत्त भएको बदमाश हो । उसले वास्तविक तथ्यलाई सुन्ने छैन ।