NE/Prabhupada 0921 - यदि तिमी सर्वोच्च निक्सनसँग संगत गरिरहेका छौ भने के तिमी आफूलाई गौरवान्वित ठान्दैनौ ?



730422 - Lecture SB 01.08.30 - Los Angeles

यदि तिमी एकतर्फी भएर कर्म गर्न सक्छौ भने....त्यो पनि परिपूर्ण रूपमा होइन । मानौँ, तिमीले अझै विशाल वस्तुको उत्पादन गर्न सक्दछौ । म ठान्दिनँ कि आधुनिक युगमा मानिसहरूले सबैभन्दा विशाल वस्तुको उत्पादन गरेका छन् । हामीले भागवतबाट जानकारी पाउँदछौँ । भगवान् कपिलदेवका पिता कर्दम मुनि, कर्दम मुनिले एउटा विमान सृष्टि गर्नुभयो जसभित्र विशाल शहर थियो । एउटा विशाल नगर जहाँ जलाशयहरू, उद्यानहरू, विशाल–विशाल घरहरू तथा सडकहरू थियो । र सम्पूर्ण नगरी नै सम्पूर्ण ब्रह्माण्डभरी उडिरहेको थियो । र कर्दम मुनिले आफ्नी पत्नीलाई सम्पूर्ण लोकहरू देखाउनुभयो । कर्दम मुनि एउटा महान् योगी हुनुहुन्थ्यो र उहाँकी पत्नी देवहुति, र देवहुति अत्यन्त महान् राजा स्वायम्भूव मनुकी छोरी हुनुुहुन्थ्यो । कर्दम मुनिले विवाह गर्ने इच्छा गर्नुभएको थियो । तब तत्काल स्वायम्भूव मनु उहाँकहाँ पाल्नुभयो.... उहाँकी छोरी देवहुतिले पनि भन्नुभयो : “प्रिय पिताजी, म ती ऋषिसँग विवाह गर्न चाहन्छु ।” त्यसकारण, मनुले आफ्नी छोरीलाई लिएर आउनुभयो : “मुनिवर, यहाँ मेरी छोरी छिन् । हजुर उसलाई आफ्नी पत्नीका रूपमा स्वीकार्नुहोस् ।” अतः देवहुति अत्यन्त वैभवशाली राजाकी छोरी हुनुहुन्थ्यो तर आफ्ना पतिकहाँ आएपछि, उहाँले यति धेरै सेवा गर्नुप¥यो कि उहाँ दुब्ली र पातली हुनुभयो, देवहुतिले पर्याप्त भोजनबिना दिनरात परिश्रम गर्नुपर्दथ्यो । त्यसकारण, कर्दम मुनिलाई देवहुतिप्रति दया उत्पन्न भयो यी स्त्री मसँग आएकी छिन् । ऊ राजाकी छोरी हो, र मेरो संरक्षणमा रहँदा उसले कुनै पनि सुख–सुविधा पाएकी छैन । त्यसकारण, म उसलाई केही सुख प्रदान गर्नेछु ।” अतः उहाँले आफ्नी पत्नीलाई सोध्नुभयो : “तिमी के पाउँदा सुखी बन्नेछौ ?” र स्त्रीको उद्देश्य नै एउटा राम्रो घर, राम्रो भोजन, राम्रो वस्त्राभूषण, असल सन्तान तथा असल श्रीमान् प्राप्त गर्नु हो । यही नै स्त्रीको महत्वाकांक्षा हो । त्यसकारण, कर्दम मुनिले देवहुतिलाई आफू सर्वश्रेष्ठ पति भएको प्रमाणित गरिदिनुभयो । त्यसकारण, सर्वप्रथम, उहाँले देवहुतिलाई सम्पूर्ण ऐश्वर्यहरू :विशाल–विशाल घरहरू, सेविकाहरू तथा वैभव प्रदान गर्नुभयो । र उहाँले आफ्नो यौगिक शक्तिद्वारा उक्त विमानको सृष्टि गर्नुभएको थियो । कर्दम मुनि एउटा मनुष्य हुनुहुन्थ्यो । यदि उहाँले यौगिक सिद्धिद्वारा यस्तो अद्भुत कर्म गर्न सक्नुहुन्थ्यो भने... र कृष्ण योगेश्वर अर्थात् सम्पूर्ण यौगिक सिद्धिका स्वामी हुनुुहुन्छ । कृष्णलाई भगवद्गीतामा योगेश्वर भनेर सम्बोधन गरिएको छ । जब हामीले अलिकति यौगिक सिद्धि प्राप्त गर्दछौँ तब हामी आफूलाई महान् र महत्वपूर्ण मानिस ठान्दछौँ । र यहाँ सम्पूर्ण यौगिक सिद्धिहरूका स्वामी कृष्ण हुनुहुन्छ । यत्र योगेश्वरो हरिः (भगवद्गीता १८।७८) । भगवद्गीतामा भनिएको छ कि जहाँ योगेश्वर हरि हुनुहुन्छ, जहाँ सम्पूर्ण यौगिक सिद्धिहरूका स्वामी भगवान् श्रीकृष्ण हुनुहुन्छ, र जहाँ परमधर्नुधारी अर्जुन अर्थात् पार्थ हुनुहुन्छ, त्यहाँ सबै कुरा हुन्छ । त्यहाँ सबै कुरा हुन्छ । यो हामीले याद गरिरहनुपर्दछ । कि यदि तिमी सधैँ कृष्णसँग रहन्छौ भने तिमीसँग सम्पूर्ण सिद्धिहरू हुनेछन् । कि यदि तिमी सधैँ कृष्णसँग रहन्छौ भने तिमीसँग सम्पूर्ण सिद्धिहरू हुनेछन् । कि यदि तिमी सधैँ कृष्णसँग रहन्छौ भने तिमीसँग सम्पूर्ण सिद्धिहरू हुनेछन् । नाम–रूपे कलि–काले कृष्ण–अवतार, कृष्णले यो युगमा हरिनामको रूपमा अवतार लिनुभएको छ । त्यसकारण, श्रीचैतन्य महाप्रभु भन्नुहुन्छ कि : “प्रिय भगवान्, हजुर यति दयालु हुनुहुन्छ कि हजुरले आफ्नो पवित्र नामको रूपमा आएर मलाई संगत दिइरहनुभएको छ । नाम्नामकारि बहुधा निज–सर्व–शक्तिस्तत्रार्पिता नियमितः स्मरणे न कालः (चै.च. अन्त्यलीला २०।१६, शिक्षाष्टक २) । “र यो हरिनाम कुनै पनि अवस्थामा जप गर्न सकिन्छ । यसको कुनै कडा नियम छैन ।” तिमीले जहाँसुकै पनि हरे कृष्ण मन्त्र जप्न सक्छौ । यी बच्चाहरूले जस्तै । तिनीहरू पनि जप गर्दछन्, तिनीहरू पनि नृत्य गर्दछन् । यो त्यति कठिन पनि छैन । हाम्रा शिष्यहरू हिँड्दा समेत आफ्नो जपमाला लिएर जप गर्दै हिँड्दछन् । शिष्यहरू समुद्रको किनारमा हिँड्दा जप गर्दै हिँड्दछन् । यसमा के घाटा छ ? शिष्यहरू समुद्रको किनारमा हिँड्दा जप गर्दै हिँड्दछन् । यसमा के घाटा छ ? यसबाट प्रशस्त फाइदा हुन्छ । यदि तिमीले आफूलाई अत्यन्त गौरवशाली ठान्दछौ भने.... यदि तिमी व्यक्तिगत रूपमै राष्ट्रपति निक्सनसँग संगत गरिरहेका छौ भने तिमी आफूलाई कति धेरै गौरवशाली ठान्नेछौ ? “ओहो, म त राष्ट्रपति निक्सनसँग बोलिरहेको छु ।” भने यदि तिमी सर्वोच्च निक्सनसँग संगत गरिरहेका छौ भने तिमीले आफूलाई अत्यन्त गौरवान्वित महशुश गर्दैनौ र ? (हाँसो चल्छ) जसले करोडौँ निक्सनहरू सृष्टि गर्न सक्नुहुन्छ ? त्यसकारण, यो तिम्रो अवसर हो । जसले करोडौँ निक्सनहरू सृष्टि गर्न सक्नुहुन्छ ? त्यसकारण, यो तिम्रो अवसर हो । “प्रिय प्रभु, हजुर मप्रति यति धेरै दयालु हुनुभएको छ कि हजुरले मलाई सधैँ निरन्तर आफ्नो संगत दिइरहनुभएको छ । हजुर संगत दिन तयार हुनुहुन्छ । हजुरले संगत दिइरहनुभएको छ । दुर्दैवं इदृशं इहाजनि नानुरागः । तर म अत्यन्त दुर्भाग्यशाली छु किनभने मैले यसबाट कुनै फाइदा लिइरहेको छैन ।” दुर्दैव । दुर्भाग्य । त्यसकारण, हाम्रो कृष्णभावनामृत अभियानले सबै मानिसहरूलाई विनम्र अनुरोध गरिरहेको छ: “हरे कृष्ण मन्त्रको जप गर्नुहोस् ।”