NE/Prabhupada 0922 - हामी सबैलाई अनुरोध गरिरहेका छौँ: कृपया जप गर्नुहोस्, जप गर्नुहोस्, जप गर्नुहोस्



730422 - Lecture SB 01.08.30 - Los Angeles

एउटा पत्रिकामा एउटा हास्य–चित्र राखिएको थियो । सायद तिमीलाई याद होला । यहाँको पत्रिका हो कि मन्ट्रियलको, मैले भुलेँ । एउटी वृद्धा स्त्री र उसको श्रीमान् आमुन्ने–सामुन्ने बसिरहेका थिए । त्यो वृद्धाले आफ्नो पतिलाई अनुरोध गरिरहेकी थिईन्: जप गर्नुहोस्, जप गर्नुहोस्, जप गर्नुहोस् ।” अनि उसको पतिले उत्तर दिइरहेको थियो : “सक्दिनँ, सक्दिनँ, सक्दिनँ ।” (हाँसो चल्छ) अहिले यही चलिरहेको छ । हामी सबैलाई अनुरोध गरिरहेका छौँ ः “कृपया जप गर्नुहोस्, जप गर्नुहोस्, जप गर्नुहोस् ।” अनि मानिसहरू उत्तर दिइरहेका छन् : “सक्दिनँ, सक्दिनँ, सक्दिनँ ।” (हाँसो चल्छ) यो तिनीहरूको दुर्भाग्य हो । यो तिनीहरूको दुर्भाग्य हो । तापनि यी सम्पूर्ण अभागी प्राणीहरूलाई सौभाग्यशाली बनाइदिनु हाम्रो दायित्व हो । यही हाम्रो उद्देश्य हो । त्यसकारण, हामी सडक–सडकमा गएर कीर्तन गर्दछौँ । हुन त तिनीहरू “सक्दिनँ” भन्दछन् तापनि हामी कीर्तन गरिरहन्छौँ । यो हाम्रो दायित्व हो । र जसरीतसरी हामीले तिनीहरूका हातमा केही पुस्तक थमाइदिन्छौँ । यसप्रकार, उनीहरू विस्तारै सौभाग्यशाली बन्दै जान्छन् । सायद उसले आफूले मेहनत गरेर आर्जन गरेको त्यो पैसालाई अनेक उग्र पापकर्महरूमा खर्च गथ्र्यो होला, तर यदि उसले हाम्रो एउटा मात्र पुस्तक भएपनि खरिद गर्दछ भने उसको पैसाको सदुपयोग हुन्छ । उसको कृष्णभावनामृत त्यहीँबाट शुभारम्भ हुन्छ । किनभने उसले मेहनत गरेर कमाएको पैसालाई यो कृष्णभावनामृत अभियानमा अर्पण गर्दछ, उसले केही आध्यात्मिक लाभ प्राप्त गरिरहेको हुन्छ । उसलाई केही पनि नोक्सानी हुँदैन । उसले केही आध्यात्मिक लाभ प्राप्त गरिरहेको हुन्छ । त्यसकारण, हाम्रो उद्देश्य हो, जसरी भएपनि सबैजनालाई यो कृष्णभावनामृत अभियानमा संलग्न गराउनु । यसमा संलग्न हुने मानिस लाभान्वित हुनेछ । यो अभियान केवल मानव समाजमा मात्र चलिरहेको होइन । कृष्णको योजना यति महान् छ कि.... कृष्ण मनुष्यका रूपमा प्रकट हुनुभयो, अर्थात् भगवान् कृष्णका रूपमा प्रकट हुनुभयो । तर प्रायःजसो मानिसहरूले कृष्णलाई भगवान् भनेर जानेनन् । कृष्णले साधारण मनुष्यजस्तै बनेर लीला गर्नुभयो । तर साधारण होइन ः जब आवश्यक पर्दथ्यो कृष्णले आफूलाई भगवान् भनेर प्रमाणित गर्नुहुन्थ्यो । तर साधारणतया मानिसहरूले कृष्णलाई साधारण मनुष्य ठान्दथे । त्यसकारण, श्रीमद्भागवतमा शुकदेव गोस्वामी कृष्णको वर्णन गर्दै भन्नुहुन्छ जब कृष्ण आफ्ना गोप साथीहरूसँग खेल्दै हुनुहुन्थ्यो, अब शुकदेव गोस्वामी सूचित गर्दै हुनुहुन्छ कि यो गोपकुमार को हो ? शुकदेव गोस्वामीले भन्नुभयो ः इत्थं सतां....सुखानुभूत्या (श्रीमद्भागवत १०।१२।११) । सताम् । मायावादीहरू निराकार ब्रह्मको ध्यान गर्दछन्, र केही दिव्य आनन्दको अनुभव गरिरहेका हुन्छन् । र शुकदेव गोस्वामी भन्नुहुन्छ कि त्यो दिव्य आनन्दको स्रोत कृष्ण हुनुहुन्छ । अहं सर्वस्य प्रभवः (भगवद्गीता १०।८) । कृष्ण सबै कुराको स्रोत हुनुहुन्छ । त्यसकारण, निराकारवादीहरूले अनुभव गर्न प्रयास गर्ने दिव्य आनन्द निराकार ब्रह्मको ध्यान गरेर, शुकदेव गोस्वामी भन्नुहुन्छ ः इत्थं सतां ब्रह्मसुखानुभूत्या (श्रीमद्भागवत १०।१२।११) । ब्रह्मसुखम्, अर्थात् ब्रह्म–साक्षात्कारको दिव्य आनन्द दास्यं गतानां पर–दैवतेन । दास्यं गतानां पर–दैवतेन । दास्यं गतानाम् भनेको भक्तहरू हो । एउटा भक्त सधैँ भगवान्को सेवा गर्न तत्पर रहन्छ । दास्यं गतानां परदैवतेन । भगवान् । यहाँ ब्रह्मसुखको स्रोत हुनुहुन्छ, यहाँ आदि भगवान् हुनुहुन्छ । र मायाश्रितानां नर–दारकेण । र जो भ्रमपूर्ण शक्तिको अधीनमा छन् तिनीहरूका लागि कृष्ण साधारण बालक हुनुहुन्छ । त्यसकारण, कृष्ण ये यथा मां प्रपद्यन्ते (भगवद्गीता ४।११) को सिद्धान्तअनुसार चल्नुहुन्छ ।