NE/Prabhupada 0923 - यी चार खम्बाहरूलाई भाँचिदेऊ । यसप्रकार, पापपूर्ण जीवनको छाना भत्किनेछ



730422 - Lecture SB 01.08.30 - Los Angeles


यदि कृष्णलाई साधारण मनुष्यका रूपमा लिइन्छ भने, कृष्णले उसलाई साधारण मानिसजस्तै बनेर व्यवहार गर्नुहुनेछ । यदि कृष्णलाई भगवान् भनेर स्वीकार गरिन्छ भने, भक्तले भगवान्को संगतको लाभ लिनेछ । र यदि मायावादीहरू ब्रह्मज्योतिप्रति अत्यन्त आकर्षित छन् भने त्यसको पनि स्रोत कृष्ण नै हुनुहुन्छ । त्यसकारण, कृष्ण सबै थोक हुनुहुन्छ । ब्रह्मेति, परमात्मेति, भगवानिति शब्द्यते (श्रीमद्भागवत १।२।११) । अतः यस्ता भगवान्सँग यी केटाहरू खेलिरहेका छन् । कसरी र किन तिनीहरू यति धेरै सौभाग्यशाली भएका छन् त, कि उनीहरू भगवान्सँग खेलिरहेका छन् ? इत्थं सतां ब्रह्मसुखानुभूत्या दास्यं गतानां पर–दैवतेन मायाश्रितानां नर–दारकेण साकं विजह्रुः कृत–पुण्य–पुञ्जाः (श्रीमद्भागवत १०।१२।११) । अब यी गोप केटाहरू कृष्णसँग खेलिरहेका छन्, त्यसकारण, तिनीहरू पनि साधारण मानिस होइनन् । तिनीहरूले अब सर्वोच्च संसिद्धि प्राप्त गरेका छन्, कि तिनीहरू भगवान्सँग खेल्न योग्य भएका छन् । उनीहरूले कसरी यस्तो स्थिति प्राप्त गरेका हुन् ? कृत–पुण्य–पुञ्जाः । यिनीहरूले अनेक जन्मदेखि पुण्यकर्म गरेका छन् । यी केटाहरूले अनेकौँ जन्मदेखि कठोर तपस्याहरू गरेका छन् जीवनको सर्वोच्च संसिद्धि प्राप्त गर्नका लागि । अब तिनीहरूले कृष्णसँग एउटै स्तरमा रहेर व्यक्तिगत रूपमै खेल्ने अवसर प्राप्त गरेका छन् । उनीहरू जान्दैनन् कि कृष्ण भगवान् हुनुहुन्छ । यो वृन्दावन–लीला हो । यी गोठाला केटाहरू कृष्णलाई केवल प्रेम गर्दछन् । कृष्णप्रति तिनीहरूको प्रेम अनन्त छ । कृष्णप्रति वृन्दावनका सबैजनाको अनन्त प्रेम छ । माता यशोदा अथवा नन्द महाराजको जस्तै । उहाँहरू कृष्णसँग वात्सल्य स्नेहमा हुनुहुन्छ । त्यसकारण, पिता र माताले कृष्णलाई प्रेम गर्नुहुन्छ, मित्रहरूले कृष्णलाई प्रेम गर्दछन्, गोपीहरूले कृष्णलाई प्रेम गर्दछन्, वृक्षहरूले कृष्णलाई प्रेम गर्दछन्, जलले कृष्णलाई प्रेम गर्दछ, फूल, गाईहरू, बाच्छाहरू सबैले कृष्णलाई प्रेम गर्दछन् । त्यही नै वृन्दावन हो । त्यसकारण, यदि हामीले केवल कृष्णलाई प्रेम गर्न सिक्दछौँ भने हामीले तत्काल यो संसारलाई वृन्दावनमा परिणत गर्न सक्नेछौँ, तत्काल । यही नै केन्द्रविन्दु हो । कृष्णलाई प्रेम गर्ने ? प्रेमापुम्–अर्थो महान् । त्यसकारण, चैतन्य महाप्रभुले भन्नुभयो कि धर्म–अर्थ–काम–मोक्ष (श्रीमद्भागवत ४।८।४१, चै.च.आदिलीला १।९०) । मानिसहरू यी चार कुराहरूको पछि लागेका छन् । धर्म–अर्थ–काम–मोक्ष । श्रीचैतन्य महाप्रभुले यसलाई अस्वीकार गर्नुभयो । “यो जीवनको परम–उद्देश्य होइन ।” निश्चय नै, एउटा मनुष्य.... मनुष्य जीवन तबसम्म सुरु हुँदैन जबसम्म जीवनमा धर्मको सिद्धान्त लागु हुँदैन । तर वर्तमान परिवेशमा, कलियुगमा धर्म लगभग शून्य भएको छ । अतः वैदिक आँकलनअनुसार, वर्तमान मानव सभ्यताका मानिसहरू मनुष्य नै होइनन् । किनभने अहिले धर्मको अस्तित्व नै छैन । धर्मको अस्तित्व नै छैन । कुनै नैतिकता छैन । कुनै पुण्यकर्म छैन । केही वास्ता छैन । सबैजना अन्धाधुन्ध जे पायो त्यही गरिरहेका छन् । परापूर्वकालमा नैतिकता–अनैतिकता तथा धर्म–अधर्मको मूल्यांकन हुने गर्दथ्यो । तर कलियुगको वृद्धिसँगै सबै कुराहरू लोप हुँदै गइरहेका छन् । यो उल्लेख गरिएको छ कि कलियुगमा लगभग ८० प्रतिशत मानिसहरू पापी हुनेछन् । यो उल्लेख गरिएको छ कि कलियुगमा लगभग ८० प्रतिशत मानिसहरू पापी हुनेछन् । अवैध यौन–सम्बन्ध, नशालु पदार्थको सेवन, मांस–भक्षण तथा जुवातास । यी पापपूर्ण जीवनका चार स्तम्भहरू हुन् । त्यसकारण, हामी हाम्रा शिष्यहरूलाई सर्वप्रथम यी चारओटा स्तम्भहरूलाई तोड्न अनुरोध गर्दछौँ । यसप्रकार, पापपूर्ण जीवनको छानो ध्वस्त हुनेछ । त्यसपछि, हरे कृष्ण मन्त्रको उच्चारण ग¥यौ भने तिमी दिव्य स्थितिमा अवस्थित हुनेछौ । सरल तरिका । किनभने पापी जीवन बिताइरहेको मानिसले भगवान्लाई बोध गर्न सक्दैन । यो सम्भव छैन । त्यसकारण, कृष्ण भन्नुहुन्छ ः येषां अन्त–गतं पापं (भगवद्गीता ७।२८) । अन्त–गतम् भन्नाले समाप्त भएको भन्ने बुझिन्छ ।