NE/Prabhupada 0925 - कामदेवले सबैलाई मोहित पार्छन् । र कृष्णले कामदेवलाई मोहित पार्नुहुन्छ



730423 - Lecture SB 01.08.31 - Los Angeles

अनुवाद: "मेरो प्रिय कृष्ण, हजुरले गल्ति गर्नुहुँदा यशोदाले हजुरलाई बाँध्न डोरी लिइन् र हजुरका आँखा आँसुले भरिएका थिए जसले हजुरको आँखाका मस्कारा पखालिदियो | र हजुर त्रसित हुनुहुन्थ्यो जबकी डरको व्यक्तित्व पनि हजुरसँग त्रसित हुन्छ | त्यो दृश्य मेरो लागि भ्रामिक छ |"

प्रभुपाद: यो पनि कृष्णको अर्को वैभव हो | कृष्ण छ वैभवले पूर्ण हुनुहुन्छ | यो सुदरता वैभव | कृष्णसंग छवटा वैभवहरु छन्: पूर्ण धन, पूर्ण बल, पूर्ण प्रभाब, पूर्ण ज्ञान, पूर्ण सुन्दरता र पूर्ण संन्यास | यो वैभव कृष्णको सुन्दरताको हो | कृष्ण चाहनुहुन्छ... सबै जस्तै हामी, हामी कृष्णलाई पूर्ण डर र भक्तिले प्रणाम गर्छौँ | तर कृष्णकोमा डोरी बोकेर आउँदैनन् | "कृष्ण तपाई अपराधी हुनुहुन्छ | म तपाइलाई यो डोरीले बाँध छौँ |" कोहि पनि आउँदैनन् |(हाँसो) यो पूर्ण भक्तको विशेष अधिकार हो | हो | कृष्णले त्यो चाहनुहुन्छ | किनभने उहाँ वैभवले पूर्ण हुनुहुन्छ... यो अर्को प्रकारको वैभव हो | अनोर अणीयान् महतो महीयान् | ठुलो भन्दा ठुलो र सानो भन्दा सानो | यो हो बैभव | त्यसैले कुतिदेव कृष्णको वैभव बारे सोच्नु हुन्छ, तर उहाँ यसोधाको पत्र निभाउने चेस्टा गर्नुहुन्न | यो सम्भब छैन | यध्पी, कुन्ती महारानी कृष्णको काकी हुनुहुन्थ्यो, तर उहाँसंग त्यस्तो फाईदा थिएन... यो फाईदा केवल यसोधामाइलाइ प्रधान गरिएको छ | किनभने उहाँ महान भक्त हुनुहुन्थ्यो, कि उहाँको अधिकार थियो कि भगवानलाई मैत्री भावना दर्साउने | यो निक्कै विशेष अधिकार हो | कुन्तीदेवी यसोधामाइको लाभ बारे सोच्दै हुनुहुन्थ्यो, कि कति भाग्यमानी र कति पुण्य आत्मा हुनुहुन्छ भनेर, कि उहाँले भगवानलाई गाली गर्न सक्नुहुन्थ्यो, जोसंग डर पनि डराउछ | भीर अपि यद् बिभेति (श्री भा १.८.३१) | को कृष्णसंग डराउदैन? सबै | तर कृष्ण यसोदामायी देखि डराउनु हुन्छ | यो कृष्णको श्रेष्ठता हो | जस्तै कृष्णको अर्को नाम हो मदन-मोहन | मदन भनेको कामदेव | काम्देवले सबैलाई मोहित पार्छ | कामदेव | र कृष्णले काम्देवलाइ पनि मोहित तुल्याउनु हुन्छ | त्यसैले उहाँको नाम मदन-मोहन राखिएको हो | उहाँ यस्ती सुन्दर हुनुहुन्छ कि उहाँले कामदेवलाइ मोहित बनाऊनु हुन्छ | तर फेरी अर्को तिर कृष्ण यति राम्रो हुनुहुन्छकि उहाँले कम्देवलाइ पनि मोहित तुल्याए पनि, उहाँलाई मोहित बनाउने श्रीमती राधारानी हुनुहुन्छ | त्यसैले श्रीमती राधारानीको नाम हो मदन-मोहन-मोहिनी | कृष्ण कामदेवको मोहनकर्ता हो र राधारानी त्यो मोहनकर्ताको मोहनकर्ता हुनुहुन्छ | यो निक्कै उच्चतर अध्यात्मिक चेतना हो कृष्ण भावनामृत अभियानको | यो कुनै अनुमान वा मंगदंते केहि होइन | यो तथ्य हो | र सबैले यो लाभ उठाउन सक्छन यदी उसले भक्तिको सिंडी छाड्यो भने | माता यशोधालाइ दिएको जस्तो न सोच..... यदी वास्तवमा त्यस्तो होइन भने, सबैले त्यो लाभ प्राप्त गर्न सक्छन | यदी तिमीले कृष्णलाई बच्चालाइ झैं माया गरेउ भने, तिमीले त्यो फाइदा उठाउन सक्छौ | किनभने आमालाई त्यो प्राप्त हुन्छ,,, किनभने आमाले नै धेरै माया गर्नुहुन्छ | कोहिपनि.... यो भौतिक जगतमा, आमाको मायासंग केहि दाँज्न सक्किन्न | बपत्मा केहि न चाहि | यो भौतिक जगतमा पनि | आमाले आफ्नो सन्तानबाट केहि आशा नराखी माया गर्नुहुन्छ | यो भौतिक जगत दुषित भएतापनि, कहिलेकाहीं आमाले सोचछिन्: "बच्चा हुर्किंछ | ऊ ठुलो मान्छे हुन्छ | उसले धेरै कमाउछ र म त्यो प्राप्त गर्छु |" त्यहाँ कुनै आदानप्रदानको भाव हुन्छ | तर कृष्ण प्रेममा कुनी त्यस्तो प्रकारको भावना हुँदैन | एस्लाई भनिन्छ निस्वार्थ प्रेम | आन्याभिलाषिता-शून्यम् (भक्ति-रसामृत​-सिन्धु १.१.११), भौतिक प्राप्तिको आशक्तिबाट टाडा हुनु हो |