NE/Prabhupada 0926 - कुनै व्यापारिक आदान-प्रदान हुँदैन । त्यो आवश्यक छ । कृष्णले त्यस्तो प्रेम चाहनुहुन्छ



730423 - Lecture SB 01.08.31 - Los Angeles


हामीले कृष्णलाई कुनै भौतिक लाभको निमित्त प्रेम गर्नुहुँदैन | यो होइन कि: "कृष्ण, हामीलाई दैनिक रोटि दिनुहोस् | तब म हजुरलाई प्रेम गर्नेछु | कृष्ण, मलाई यो दिनुहोस् | तब म हजुरलाई प्रेम गर्छु |" त्यस्तो व्यापारिक आदान-प्रदान हुँदैन | त्यो चाहिन्छ | कृष्णले त्यस्तो प्रेम चाहनुहुन्छ | यहाँ भनिएको छ कि स्थिति, या ते दशा, दशा... जब कृष्णले देख्नुभयो कि माता यशोदाले एउटा डोरी लिएर उहाँलाई बाँध्न आउँदै हुनुहुन्छ, तब उहाँ यति धेरै त्रसित हुनुभयो कि आँसु बग्न थाले | "ओहो, माताले मलाई बाँध्नुहुन्छ |" या ते दशाश्रु-कलिल अञ्जन​ | र मस्कारा पखालिएको थियो | र सम्भ्रम | आफ्नी मातालाई धेरै सम्मानपूर्वक हेरेर निवेदन गर्दै हुनुहुन्थ्यो: "हो माता, मैले हजुरलाई दुःख दिएको छु | कृपया मलाई माफ गर्नुहोस् |" कृष्णको दृश्य यस्तो थियो | त्यस दृश्य कुन्तीले सराहना गरेकी छिन् | र तत्काल उहाँको शिर झुक्यो | यो कृष्णको अर्को पूर्णता हो कि उहाँ सर्वोच्च पुरुषोत्तम भगवान भए तापनि...... भगवद गीतामा उहाँ भन्नुहुन्छ: मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७|७) | "मेरो प्रिय अर्जुन, मभन्दा श्रेष्ठ कोहि पनि छैन | म सर्वश्रेष्ठ हुँ |" मत्तः परतरं न अन्यत् | अरु कोहि पनि छैन |" ती सर्वोच्च पुरुषोत्तम भगवान जसको माथि कोहि छैन, ती सर्वोच्च पुरुषोत्तम भगवान माता यशोदा अगाडी झुक्दै हुनुहुन्छ | निनीय​, वक्त्रं निनीय​ | उहाँले स्वीकार्दै हुनुहुन्छ: "मेरी प्रिय माता, हो म अपराधी हुँ |" निनीय​ वक्त्रं भय​-भावनया, डरको भावना सहित | स्थितस्य​ | कहिलेकाही जब माता यशोदाले देख्नुहुन्थ्यो कि कृष्ण धेरै डराउनुभएको छ, तब उहाँ पनि विचलित हुनुहुन्थ्यो | किनकि यदि बच्चा विचलित हुन्छ..... यो मनोविज्ञान हो | एक प्रकारको मानसिक गतिविधि हुन्छ | त्यसैले माता यशोदाले चाहनुहुन्नथ्यो कि उहाँको सजायद्वारा कृष्णलाई पिडा होस् | माता यशोदाको प्रयोजन त्यस्तो थिएन | तर मातृत्वको भावानको कारण जब उहाँ धेरै दिक्क हुनुहुन्थ्यो........ भारतमा अझै पनि यो चलन कायम छ, बच्चाले धेरै दिक्क पर्यो भने उसलाई कतै बाँधिन्छ | त्यो धेरै सामान्य चलन हो | माता यशोदाले यो अपनाउनुभायो | सा मां विमोहयति | यो भक्त शुद्ध भक्तहरुले सराहना गर्नुहुन्छ, भगवानको महानता कति धेरै छ कि उहाँले पूर्ण बच्चाको भूमिका खेल्दै हुनुहुन्छ | उहाँले बच्चाको भूमिका खेल्दा पूर्ण रुपमा खेल्नुहुन्छ | उहाँले १६,००० पत्नीहरुको पतिको भूमिका खेल्दा पूर्ण रुपमा खेल्नुहुन्छ | उहाँले गोपीहरुको प्रेमीको भूमिका खेल्दा पूर्ण रुपमा खेल्नुहुन्छ | उहाँले ग्वाल्बालको मित्रको भूमिका खेल्दा पूर्ण रुपमा खेल्नुहुन्छ | सबै ग्वाल्बाल कृष्णमाथि निर्भर हुन्थे | उनीहरुले रुखबाट फल चाख्न चाहन्थे तर एउटा गर्दभासुर नामक राक्षस थियो जसले आरु कसैलाई त्यस रुखको नजिक पर्न दिंदैनथ्यो | तर कृष्णका सखाहरुले अनुरोध गरे: "कृष्ण, हामी त्यो फल चाख्न चाहन्छौं | यदि हजुरले व्यवस्था गर्न सक्नुहुन्छ......." "हुन्छ |" तत्काल कृष्णले व्यवस्था गर्नुभयो | कृष्ण र बलराम जङ्गलमा जानुभयो र ती राक्षसहरु, जो गधाको रुपमा त्यहाँ बस्दै थिए, तिनीहरुले तत्काल कृष्ण र बलरामलाई आफ्नो खुट्टाले हान्न आए | र बलरामले एउटालाई समाएर रुखको टुप्पोमा फ्याँक्दा त्यो राक्षस मर्यो | सखाहरुले पनि कृष्णप्रति धेरै आभारी प्रकट गर्थे | वरपर आगो लागेको थियो | उनीहरुलाई केहि थाहा थिएन | "कृष्ण |" "हुन्छ |" कृष्ण तयार हुनुहुन्छ | कृष्णले तत्काल सम्पूर्ण आगो निल्दिनुभायो | धेरै राक्षसहरुले आक्रमण गरे | हरेक दिन, सबै बालकहरु घर फर्केर आफ्ना माताहरुलाई वर्णन गर्थे | "माता, कृष्ण धेरै आश्चर्यजनक हुनुहुन्छ | तपाईलाई थाहा छ | आज यस्तो भयो |" र माताले भन्ने गर्थिन्: "हो, हाम्रो कृष्ण आश्चर्यजनक हुनुहुन्छ |" त्यति हुन्थ्यो | उनीहरुलाई थाहा थिएन कि कृष्ण भगवान हुनुहुन्छ | कृष्ण आश्चर्यजनक हुनुहुन्छ | त्यति हो | र उनीहरुको प्रेम बढ्थ्यो | उनीहरुले कृष्णको आश्चर्यजनक गतिविधिहरु जति धेरै देख्थे, त्यति नै उनीहरु प्रेमी बन्थे | "ऊ एउटा देवता हुन सक्छ | हो |" त्यो उनीहरुको सल्लाह हुन्थ्यो | जब नन्द महाराजले आफ्ना मित्रहरुसँग कृष्णको बारेमा बोल्थे..... "ओहो, नद महाराज, हजुरको पुत्र कृष्ण धेरै आश्चर्यजनक हुनुहुन्छ |" "हो, मलाई थाहा छ | कुनै देवता हुन सक्छ |" त्यति हो | "हुन सक्छ |" त्यो निश्चित पनि छैन | (हाँसो) वृन्दावनवासीहरु मतलब गर्दैनन् कि को भगवान हुनुहुन्छ, को भगवान हुनुहुन्न | त्यो उनीहरुको कार्य होइन | तर उनीहरु कृष्णलाई प्रेम गर्न चाहन्छन् | त्यति हो |