NE/Prabhupada 0929 - स्नान गर्ने बानी पनि छैन । हुनसक्छ हप्तामा एक पटक



730424 - Lecture SB 01.08.32 - Los Angeles


अनुवाद: "कसैले भन्छन् कि अजन्माले पुण्य राजाहरुको महिमागान गर्न जन्म लिनुभयो र अरुले भन्छन् कि हजुरले आफ्नो प्रिय भक्त राजा यदुलाई खुसी बनाउन जन्म लिनुभयो | मलाया पर्वतको चन्दनजस्तै हजुर यस परिवारमा प्रकट हुनुभयो |"

प्रभुपाद: दुई मलायाहरु छन् | एउटा मलाया पर्वत र अर्को यो मलाया..... अहिले यसलाई मलेसिया भनिन्छ | पहिलेको समयमा, मलेसियामा ठुलो मात्रामा चन्दनको खेति हुन्थ्यो | किनकि ५,०००वर्ष अगाडी चन्दनको राम्रो माग थियो | हरेक मानिसले चन्दनको लेप प्रयोग गर्थे | किनकि भारत गर्मी देश हो | यो धेरै राम्रो सृंगारको सामग्री हो | अझै पनि, जसले गर्मीमा खरिद गर्न सक्छौ, यदि तिमीले आफ्नो शरीरमा चन्दनको लेप लगाउँछौ भने तिमीलाई गर्मी हुँदैन | यसले शीतलता प्रदान गर्छ | पहिले यस्तो प्रथ थियो..... अहिले पनि यो कायम छ तर धेरै सानो मात्रामा | स्नान गरेपछि आफ्नो शरीरमा चन्दनको लेप लगाउनुपर्छ | यसले शरीरलाई सारा दिन शीतल र राम्रो स्थितिमा राख्छ | पहिले यो सृंगारको सामग्री थियो | अहिले, कलि-युगमा...... यसलाई प्रसाधनम् भनिन्छ | जस्तै, हरेक देशमा चलन छ कि स्नान गरेपछि कपाल कोरिन्छ र केहि अत्तर लगाइन्छ | भारतमा चलन थियो कि स्नान गरेपछि तिलक लगाएर भगवानको कक्षमा जाने र दण्डवत गर्ने, अनि भगवानको कक्षबाट चन्दन प्रसादम् लिएर प्रयोग गरिन्थ्यो | यसलाई प्रसाधनम् भनिन्छ | भनिएको छ कि कलि-युगमा: स्नानम् एव हि प्रसाधनम् | यदि कसैले राम्ररी स्नान गर्न सक्छ भने त्यो प्रसाधनम् हुन्छ | त्यति मात्र | कुनै सृंगार वा चन्दनको तेल वा गुलाफको अत्तर वा गुलागको पानी प्रयोग हुँदैन | यी समाप्त भइसके | स्नानम् एव प्रसाधनम् (श्री भा १२|२|५) | केवल स्नान गरेर..... जब म भारतमा थिएँ, सुरुवातमा....... स्नान लिनु धेरै सामान्य कुरा हो किनकि एउटा गरिब मानिसले पनि बिहान स्नान गर्नसक्छ | तर जब म तिम्रो देशमा आएँ, तब मैले देखें कि स्नान गर्नु पनि कठिन कार्य हो | (हाँसो) स्नान गर्नु पनि अभ्यासमा छैन | हुनसक्छ हप्तामा एक पटक | भारतमा हामीहरुले दैनिक तीन पटकसम्म देख्न सक्छौं | र मैले देखेको छु कि एउटा साथीको अर्को साथीको घर जान्छ किनकि ऊसँग स्नान गर्ने कुनै सुविधा छैन | साथीको घर जानुपर्छ | के यो होइन ? मैले देखेको छु | कलि-युगको लक्षण वर्णित छ कि स्नान गर्नु पनि धेरै कठिन कार्य हुनेछ | स्नानम् एव हि प्रसाधनम् | र दाक्ष्यं कुटुम्ब​-भरणम् | दाक्ष्यं अर्थात् जो आफ्नो पुण्य-कर्मको लागि प्रसिद्ध छ | उसलाई दाक्ष्यं भनिन्छ | दाक्ष्यं शब्द दक्षबाट आएको हो | दक्ष भनेको जानकार | दाक्ष्यं कुटुम्ब​-भरणम् | कलि-युगमा, यदि कसैले आफ्नो परिवारको पोषण गर्न सक्छ भने...... परिवार भनेको श्रीमती र केहि बच्चा वा एक-दुई बच्चा | यसलाई परिवार भनिन्छ | तर भारतमा परिवारको अर्थ त्यस्तो हुँदैन | परिवार भनेको संयुक्त परिवार | संयुक्त परिवारमा पिता, पुत्रहरु, भतिजाहरु, बहिनि, पतिहरु हुन्छन् | उनीहरु संयुक्त हुन्छन् | त्यसलाई परिवार भनिन्छ | तर कलि-युगमा परिवारको पोषण गर्न पनि कठिन हुनेछ | यदि कसैले आफ्नो परिवारको पोषण गर्नसक्छ भने..... जब म न्यु योर्कमा थिएँ, एउटी वृद्धा आउने गर्थिन् | उनका हुर्केका छोरा थिए | मैले उनलाई सोधें,"आफ्नो छोराको विवाह किन नगरिदिएको ?" "उसले परिवारको पोषण गर्न सकेमात्र उसको विवाह हुन्छ |" मलाई थाहा थिएन कि यहाँ परिवारको पोषण गर्नु पनि कठिन कार्य हो | मैअल त्यो थाहा थिएन | यी कुराहरु भागवतममा वर्णित छन् | यदि कसैले आफ्नो परिवारको पोषण गर्न सक्छ भने ऊ धेरै प्रसिद्ध मानिस हुन्छ | "ओहो उसले पाँचजनाको पोषण गर्दैछ |" यदि युवतीको पति हुन्छ भने उसलाई धेरै भाग्यमानी मानिन्छ | वास्तवमा यी कुराहरु अहिले हुँदैछन् |