NE/Prabhupada 0932 - कृष्ण जन्मनुहुन्न, तर मूर्खहरुलाई त्यस्तो लाग्छ



730424 - Lecture SB 01.08.32 - Los Angeles


त्यसैले कुन्ती भन्नुहुन्छ: कस्स्चिद केचिद् आहुर् अजं जातम् (श्री भा १.८.३२). आजम, नित्य, आजन्माले जन्म लिएको छ | अवश्य हामीले भन्न सक्छौँ कृष्णले जन्म लिनु भएको छ , हो | कृष्ण जन्म लिनु हुन्छ, तर जन्म हाम्रो जस्तो होइन | त्यो हामीलाई थाहा हुनुपर्छ | यसलाई भागवत-गीतमा उल्लेख गरिएको छ: जन्म कर्म च मे दिव्यं यो जानाति तत्त्वतः (भा गी ४.९). कृष्णले देवकी वा माता यसोधाको पुत्रको रुपमा जन्म लिनुभयो तर उहाँले हामीले जस्तै जन्म लिनुभएको होइन | यसलाई श्रीमद-भागवतममा उल्लेख गरिएको छ | जब कृष्ण प्रकट हुनुभयो, उहाँ देवकीको गर्भाबाट निस्किनु भएको होइन | उहाँ पहिला प्रकट हुनुभयो | तिमीले तस्विर देखेको छौ | र त्यसपछि उहाँ काखमा सानो बच्चा भएर बस्नु भयो | त्यसैले कृष्ण नित्य हुनुहुन्छ | हाम्रो जन्म कुनै शक्तिले हुन्छ, प्राकृतिकको नियमले हुन्छ | उहाँ यो प्रकृतिको नियममा अडिग हुनुहुन्न्न | प्रक्रित नै उहाँको अधिनमा छिन् | मायाध्यक्सेन प्रकृतिः सूयते स​-चराचरम् (भा गी ९.१०) | प्रकृति कृष्णको आदेश पालना गर्दछ, र हामी प्रकृतिको नियम बमेजिम काम गर्छौँ | यो विन्नाता हो | कृष्ण प्रकृतिको स्वामी हुनुहुन्छ र हामी प्रकृतिको दास हौँ | यो हो भिन्नता | मायाध्यक्सेन प्रकृतिः सूयते | त्यसैले कुन्तीदेवी भन्नुहुन्छ केचिद् आहुर्: कोहिले त्यसै भन्छन कि "अजन्माले जन्म लियो |" कसरी अजन्माले जन्म लिन सक्छ? त्यो हामीलाई त्यस्तो लाग्छ तर वास्तवमा उहाँले जन्म लिनुभएको होइन | हामीलाई त्यस्तो लाग्छ कि उहाँले जन्म लिनुभयो | तर होइन | त्यसैले यहाँ भिन्न रुपले भनिएको छ: केचिद् आहुर् | "कुनै मुर्खले त्यस्तो भन्छन |" र कृष्णले भागवत-गीतमा भन्नुभएको छ: अवजानन्ति मां मूढाः. "ति मुर्खहरु हुन् | उनीहरु मलाई पनि सामान्य मानव भनठान्छ |" अवजानान्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भा गी ९.११) | "किनभने म मानव शरीरमा प्रकट भएकोछु | त्यसैले मुर्खहरुले मलाई पनि सामान्य मानव भनठान्छन |" होइन | परमं भावम् अजानन्तः | भगवानले मानवले जस्तै जन्म लिनु पछाडिको रहस्यके हो | परमं भावम् अजानन्तः. | त्यसैगरी कृष्ण अज हुनुहुन्छ | उहाँले जन्म लिएको जस्तो गराउनु हुन्छ तर जन्म लिनुहुन्न | उहाँ सबै ठाउँमा हुनुहुन्छ | जस्तै कृष्ण , यहाँ भनिएको छ: ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भा गी १८.६१). इश्वर सबैको हृदयमा स्तित हुनुहुन्छ | यदी त्यो तथ्य हो कि कृष्ण तिम्रो हृस्यमा हुनुहुन्छ भने, यदी उहाँ तुरुन्तै अगाडी आउनुहुन्छ भने, कृष्णलाइ के गाह्रो हुन्छ? उहाँ सर्व शक्तिमानमा हुनुहुन्छ | जस्तै धुर्व महाराज | धुर्व महाराज, जब उहाँ तपस्यामा लिन हुनुभयो, उहाँ चतुर्भुज विष्णुको रुपमा ध्यान गर्दै हुनुहुन्थ्यो | एक्कासी यहाँको तपस्या भंग भयो र उहाँले त्यस्तै स्वरूप उहाँको अगाडी देख्नुभयो | कृष्णलै गाह्रो छ र? उहाँ पहिलेनै तिमीसंग हुनुहुन्छ र यदी उहाँ बाहिर आउनुहुन्छ भने... त्यसैगरी कृष्ण सबैको हृदयमा अवाथित हुनुहुन्छ भने, देवकीकोमा पनि हुनुहुन्थ्यो, उहाँ देवकीको हृदयबाट चतुभुज रुपमा आउनुभयो, कृष्णलै गाह्रो छ र? मानिसलाइ थाहा छैन | त्यसैले कृष्णले भन्नुहुन्छ: " तिमीले बुझ्नु पर्छ: जन्म कर्म मे दिव्यम् (भा गी ४.९), दिव्य जन्म | मेरो क्रिया, मेरो जन्मको बारे |" त्यसैले कुन्तिदेवीलाइ थाहा थियो कृष्ण अजन्मा हुनुहुन्छ | कृष्णले जन्म लिनुहुन्न, तर मुर्खहरुलाई त्यस्तो लाग्छ | त्यसैले उनीहरु भन्छन कृष्णले जान लिनु हुन्छ भनेर | तर कृष्णले किन जन्म लिने? अर्को प्रश्न पनि हुनसक्छ | त्यसको अर्थ हो: पुण्य​-श्लोकस्य कीर्तये, पुण्य​-श्लोकस्य (श्री भा १.८.३२). जो पनि पुण्य आत्मा छ, उनीहरु अध्यात्मिक ज्ञान बुझ्नको लागि पोक्त हुन्छन |