NE/Prabhupada 0933 - कृष्ण भावनामृत अभियानले मानिसलाई पशु जीवनमा जानबाट जोगाउने प्रयास गर्छ



730424 - Lecture SB 01.08.32 - Los Angeles


प्रभुपाद: कृष्ण देवकीको महिमागान गर्न देवकी-पुत्रको रुपमा आउनुहुन्छ | कृष्ण यशोदाको महिमागान गर्न यशोदा-पुत्रको रुपमा आउनुहुन्छ | त्यसैगरी कृष्ण महाराज यदुको महिमागान गर्न उनको वंशमा आउनुभयो | उनी कृष्णको महान भक्त थिए.... उहाँ महाराज यदुको वंशमा आउनुभयो | सम्पूर्ण परिवारलाई अझै पनि सम्मान गरिन्छ: यादव | कृष्णको नाम यादव हो किनकि उहाँ यदु परिवारमा प्रकट हुनुभयो | यसरी नै कृष्ण.....? परिवारको महिमागान गर्न | ठ्याक्क उदाहरण दिइएको छ: जस्तै मलयस्येव चन्दनम् (श्री भा १|८|३२) | चन्दन | यो एउटा रुख हो | एउटा रुख जहाँ पनि उम्रिन सक्छ, तर चन्दनको रुख मलेसियामा धेरै मात्रामा पाइने भएकाले.... मैले भनेको थिएँ कि पहिलेको समयमा त्यहाँ चन्दनको रुख रोपिन्थ्यो, किनकि भारतमा चन्दको धेरै राम्रो माग थियो | आजकल त्यहाँ रबरको रुख रोपिन्छ किनकि रबरको राम्रो माग छ | व्यापार पछि पनि..... कुन्तीले धेरै राम्रो उदाहरण दिंदैछिन् | यो चन्दनको रुख, यो विशेष प्रकारको रुख हो | यो जहाँ पनि उम्रिन सक्छ | यो जरुरी छैन कि यो मलेसिया वा मलाया पहाडमा उम्रिनुपर्छ | कुनै त्यस्तो नियम छैन | यो जहाँ पनि उम्रिन सक्छ | तर यस चन्दन विश्वको उक्त भागमा ठुलो मात्रामा उम्रिने भएको कारण चन्दनलाई मलय-चन्दन भनिन्छ | जस्तै, पाश्चात्य मुलुकमा सुगन्धित पानी: इउ दे कोलोग्न | इउ दे कोलोग्न | कोलोग्न फ्रान्समा...... र त्यहाँ उत्पादन हुने कारण यसलाई इउ दे कोलोग्न भनिन्छ | त्यसैगरी, इउ दे कोलोग्नको उत्पादन जहाँ पनि हुन सक्छ, र सुरुवातमा यो कोलोग्न शहरमा उत्पादन भएको कारण यसलाई इउ दे कोलोग्न भनिन्छ | त्यसैगरी चन्दन जहाँ पनि उम्रिन सक्छ तर यो सुरुवातमा मलेसियामा ठुलो मात्रामा पाइने भएकाले..... पाँच हजार वर्ष अघि, कुन्तीले यो प्रार्थना गर्दैछिन् | त्यो भनेको, पाँच हजार वर्ष अघि मलेसियामा चन्दन उम्रिन्थ्यो | मलेसिया नयाँ नाम होइन | यो हजारौं वर्ष अघि पनि थाहा थियो | यी सबै स्थानहरुमा वैदिक संस्कृति थियो | त्यसैगरी, उनले उदाहरण दिंदैछिन् कि.... यो जरुरी छैन कि कृष्ण निश्चित परिवार वा निश्चित देशमा प्रकट हुनुपर्छ | उहाँलाई कुनै बाध्यता छैन | तर विशेष परिवार वा विशेष व्यक्ति भक्त भएकाले उनको महिमागान गर्न कृष्ण प्रकट हुनुहुन्छ | कारण यो हो कि उहाँ.... तसर्थ यसलाई दिव्यम् भनिन्छ | उहाँ बाध्य हुनुहुन्न | तर हामी बाध्य छैन | हाम्रो जन्म र कृष्णको जन्म बीच यहि भिन्नता छ | हामी बाध्य छैन | यदि हाम्रो कर्मद्वारा, हाम्रा गतिविधिहरुद्वारा हामी राम्रो परिवारमा जन्म पाउन योग्य छौं भने हामीले राम्रो परिवारमा वा मानव समाजमा वा देवता समाजमा जन्म पाउँछौं | तर यदि मेरो गतिविधिहरु तल्लो स्तरका पशुहरुको जस्तै छ भने मैले पशु परिवारमा जन्म पाउनेछु | त्यो बाध्यतापूर्वक हुनेछ | कर्मणा दैव​-नेत्रेण जन्तुर् देह उपपत्तये (श्री भा २|३१|१) | हामीले आफ्नो कर्ण अनुरुप विशेष प्रकारको शरीर विकास गर्छौं | यो जीवनमा.... मानव जीवन अथातो ब्रह्म जिज्ञासाको लागि हो, परम-सत्यलाई बुझ्नको लागि हो | तर यदि हामीले त्यसो गर्दैनौं, यदि हामी केवल पशु जस्तै बस्छौं भने हामी पुनः पशु जीवनमा जानेछौं | अवसरको दुरुपयोग | तब हामी.... तसर्थ यस कृष्ण भावनामृत अभियानले मानिसलाई जोगाउने प्रयास गरिरहेको छ, पशु जीवनमा जानबाट |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: हरे कृष्ण, श्रील प्रभुपादको जय होस् !