NE/Prabhupada 0935 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई आराम प्रदान गर्नु हो



730425 - Lecture SB 01.08.33 - Los Angeles


भनिएको छ कि....... अहिले म उक्त श्लोक व्याख्या गर्दैछु | धर्मस्य ग्लानिर् भवति | यो धर्मस्य ग्लानिः अर्थात् कर्तव्यको प्रदुषण हो | धर्म भनेको कर्तव्य | धर्म भनेको एक किसिमको विश्वास होइन | अंग्रेजी शब्दकोशमा भनिएको छ: "धर्म भनेको एउटा विश्वास |" होइन | यो त्यस्तो होइन | धर्म भनेको वास्तविक एवं मौलिक कर्तव्य | त्यो धर्म हो | यदि तिमीसँग आत्माको कुनै जानकारी छैन, यदि तिमीलाई आत्माको आवश्यकताको बारेमा थाहा छैन, यदि तिमी केवल शारीरिक आवश्यकतामा व्यस्त छौ....... शारीरिक सुविधाले तिमीलाई बचाउनेछैन | मानौं एउटा मानिस धेरै आरामपूर्वक बस्दैछ | के यसको मतलब ऊ मर्दैन ? ऊ मर्नेछ | त्यसैले केवल शारीरिक सुविधाले तपाई बाँच्न सक्नुहुन्न | सबभन्दा योग्य जीवित हुन्छ | अस्तित्वको लागि संघर्ष | जब हामीले केवल शरीरको ख्याल राख्छौं, त्यसलाई धर्मस्य ग्लानिः वा प्रदुषित भनिन्छ | हामीले थाहा पाउनुपर्छ कि शरीरको आवश्यकता के हो र आत्माको आवश्यकता के हो | जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो | र आत्मालाई भौतिक व्यवस्थाद्वारा सुविधा प्रदान गर्न सकिंदैन | आत्माको परिचय भिन्न भएको कारण आत्मालाई आध्यात्मिक भोजन दिनुपर्छ | त्यो आध्यात्मिक भोजन कृष्ण भावना हो | यदि तिमीले आत्मालाई आध्यात्मिक भोजन दिन्छौ भने...... जब कोहि रोगी हुन्छ, तब उसलाई पौष्टिक आहार र औषधि दिनुपर्छ | दुई कुराहरु चाहिन्छन् | यदि तिमीले आहार नदिएर औषधिमात्र दियौ भने त्यो सफल हुनेछैन | दुवै कुरा चाहिन्छ | यस कृष्ण भावनामृत अभियानले भोजन दिनको निमित्त हो, अर्थात् आत्मालाई पौष्टिक आहार र औषधि दिनको निमित्त हो | औषधि हरे कृष्ण महा-मन्त्र हो | भवौषधाच् छ्रोत्र​-मनो-ऽभिरामात् क उत्तमश्लोक​-गुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात् (श्री भा १०|१|४) | परीक्षित महाराजले शुकदेव गोस्वामीई भने कि "हजुरले मलाई दिन लाग्नुभएको यस भागवतको छलफल साधारण कुरा होइन |" निवृत्त​-तर्षैर् उपगीयमानात् | केवल निवृत्त-तृष्णा भएका मानिसलेमात्र यस भागवत छलफलको रस प्राप्त गर्न सक्छन् | तृष्णा अर्थात् लालायित हुनु | यस भौतिक जगतमा सबजना लालायित छन् | जो यसबाट मुक्त हुन्छ, उसले भागवतको स्वाद चाख्न सक्छ | यो त्यस्तो विषय हो | निवृत्त-तर्षैः....... त्यसैगरी हरे कृष्ण मन्त्र पनि भागवत हो | भागवत भनेको भगवानसँग सम्बन्धित हरेक कुरा | यसलाई भागवत भनिन्छ | परमेश्वरलाई भगवान भनिन्छ | भागवत-शब्द अर्थात् उहाँसँग सम्बन्धित हरेक कुरा भागवत-शब्दमा परिणत हुन्छ | परीक्षित महाराजले भने कि भागवतको स्वाद भौतिक इच्छा समाप्त गरेका मानिसले मात्र चाख्न सक्छन् | निवृत्त​-तर्षैर् उपगीयमानात् | र किन त्यस्तो स्वाद चाख्नुपर्छ ? भवौषधि | भवौषधि, जन्म-मृत्यु रोगको औषधि | भवौ अर्थात् "बन्नु" |