NE/Prabhupada 0940 - आध्यात्मिक संसारमा कुनै कठोर परिश्रम हुँदैन । त्यहाँ केवल आनन्द हुन्छ



730427 - Lecture SB 01.08.35 - Los Angeles


यस भौतिक जगतमा जन्मिएको कसैले पनि सोच्नुहुँदैन कि "म सम्मानित अतिथि वा सम्मानित ज्वाइँ हुँ |" होइन | सबजनाले मेहेनत गर्नुपर्छ | त्यो तिमीले देख्न सक्छौ | तिम्रो देशमा राष्ट्रपति छन्- उनी पनि दिन-रात मेहेनत गर्दैछन् | अन्यथा उनले आफ्नो पद कायम राख्न सक्दैनन् | यो सम्भव छैन | सारा दिमाग राजनैतिक कार्यले भरिएको हुन्छ | धेरै समस्या, समाधानहरु | उनले मेहेनत गर्नुपर्छ | त्यसैगरी, एउटा सडकको मानिसले पनि मेहेनत गर्नुपर्छ | भौतिक प्रकृति यस्तो छ | तिमीले मेहेनत गर्नुपर्छ | यो आध्यात्मिक जगत होइन | आध्यात्मिक जगतमा कुनै मेहेनत गर्नुपर्दैन | त्यहाँ केवल आनन्द हुन्छ | त्यो तिमीले कृष्ण पुस्तक पढेर देख्न सक्छौ | त्यहाँ कोहि मेहेनत गर्नुपर्दैन | कृष्ण बाच्छा र गाईसँग जानुहुन्छ | त्यो मेहेनत होइन | त्यो रमाइलो हो | उनीहरु नाच्छन्, जङ्गलमा जान्छन्, गंगाजीको तटमा बस्छन् | कहिलेकाही राक्षसहरुले आक्रमण गर्छन्, कृष्णले तिनीहरुलाई मार्नुहुन्थ्यो | यो सबै रमाइलो एवं आनन्द हो | आनन्द​-मयो ऽभ्यासात् | त्यो आध्यात्मिक जगत हो | जस्तै, आध्यात्मिक गतिविधिको एउटा नमुना लिऊ | हामीसँग धेरै शाखा छन्, धेरै सदस्य छन् तर हामी कार्यरत छैनौं | आध्यात्मिक जीवनको एउटा सरल नमुना | हाम्रा छिमेकीहरु इर्ष्यालु भएका छन्: "यी मानिसहरु कसरी नाच्दै, कीर्तन गर्दै र खाँदैछन् ?" (हाँसो) किनकि तिनीहरु कुकुर-बिरालो जस्तै मेहेनत गर्दैछन् र हाम्रो त्यस्तो जिम्मेवारी छैन | हामी कार्यालय वा उद्योग जानुपर्दैन | यो व्यवहारिक उदाहरण हेर त | यो आध्यात्मिक जीवनको सानो झलकमात्र हो | तिमी आध्यात्मिक जीवनको केवल एउटा नमुनामा आउन प्रयासरत छौ | नमुनामा त हामीलाई यति धेरै आनन्द छ भने वास्तविकता के हो कल्पना गर | जसले पनि अनुभव गर्न सक्छ | यो व्यवहारिक छ | तिमी आध्यात्मिक जीवन स्वीकार, हामी निमन्त्रणा दिंदैछौं | "कृपया आऊ, हामीसँग बस | हामीसँग कीर्तन गर, नाच | प्रसादम् लिऊ, खुसी बन |" "हुँदैन, हुँदैन, हामी मेहेनत गर्नेछौं |" (हाँसो) हेर त | हाम्रो कार्य के छ ? हामी केवल प्रचार गर्दैछौं "कृपया आऊ |" "हुँदैन |" "किन ?" "म कुकुर-बिरालो जसरी मेहेनत गर्नेछु," त्यति हो | त्यसैले बुझ्ने प्रयास गर | भौतिक जीवन र आध्यात्मिक जीवनमा यहि भिन्नता छ | भौतिक जीवन भनेको तिमीले मेहेनत गर्नुपर्छ | तिमीलाई बाध्य बनाइन्छ | अविद्या-कर्म​-संज्ञान्या तृतीया शक्तिर् इष्यते (चै च आदि ७|११९) | विष्णु पुराणमा कृष्णको शक्ति विश्लेषण गर्दा भनिएको छ, विष्णु-शक्तिः परा प्रोक्ता | विष्णुको शक्ति परा अर्थात् वरिष्ठ वा आध्यात्मिक शक्ति हो | परा र अपरा, तिमीले भगवद गीतामा पढेको छौ | अपरेयम् इतस् तु विधि मे प्रकृतिं परा (भ गी ७|५) | कृष्णले परा र अपरा प्रकृतिको विश्लेषण गर्नुहुन्छ | यो पनि प्रकृति हो, भूमिह्, आपः, अनलो, वायुः, जमिन, पानी, आगो, हावा | यो पनि कृष्णको प्रकृति हो | कृष्णले भन्नुहुन्छ विधि मे प्रकृतिः अष्टधा | "यी आठ प्रकारका भौतिक प्रकृतिहरु मेरा प्रकृति हुन्, मेरा शक्ति हुन् | तर तिनीहरु अपरेयम् हुन् | तर यो तल्लो स्तरको शक्ति हो | र अर्को वरिष्ठ प्रकृति छ |" "त्यो के हो महाशय ?" जीव-भूत, यो जीवित शक्ति | र यी धुर्तहरुलाई थाहा छैन कि दुई प्रकृतिहरु कार्यरत छन्- भौतिक प्रकृति र आध्यात्मिक प्रकृति | आध्यात्मिक प्रकृति भौतिक प्रकृतिभित्र हुन्छ; तसर्थ यो कार्यरत हुन्छ | अन्यथा भौतिक प्रकृतिसँग स्वतन्त्र रुपमा कार्य गर्ने कुनै शक्ति छैन | तथाकथित वैज्ञानिकहरुले यो सरल कुरा बुझ्न सक्दैनन् |