NE/Prabhupada 0945 - भागवत धर्म भनेको भक्त र भगवानबीचको सम्बन्ध



720831 - Lecture - New Vrindaban, USA

यस कृष्ण भावनामृत अभियानमा संग्लग्न भएकोमा म तिमीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु | श्रीमान कीर्तनानन्द महाराजले भने अनुसार, यो भगवद धर्म भगवानले भन्नुभएको हो | भगवान श्री कृष्ण | यो संस्कृत शब्द हो | भग भनेको भाग्य र वान भनेको जोसँग छ | यी दुई शब्दको मेलले भगवान शब्द बनाउँछ जसको अर्थ परम-भाग्यमानी हुन्छ | हामीले कसैलाई तब भाग्यमानी मान्छौं जब कोहि धनी हुन्छ, जब कोहि बलवान हुन्छ, जब कोहि सुन्दर हुन्छ, जब कोहि धेरै बुद्धिमान हुन्छ, जब कोहि धेरै त्यागी हुन्छ | यस प्रकारले छ ऐश्वर्य छन् र जोसँग यी ऐश्वर्य पूर्ण मात्रामा हुन्छ, कुनै प्रतिस्पर्ध बिना हुन्छ, उसलाई भगवान भनिन्छ | सबभन्दा धनी, सबभन्दा बुद्धिमान, सबभन्दा सुन्दर, सबभन्दा प्रसिद्ध, सबभन्दा त्यागी- यस प्रकारले भगवान | र भागवत पनि भग शब्दबाट आएको हो | भग धातुलाई अर्को रुपमा प्रयोग गर्दा भाग हुन्छ | उही कुरा हो, वान शब्द वत्-शब्दबाट आएको हो | भागवत | संस्कृत व्याकरणमा हरेक शब्द नियमानुसार बनेको छ | हरेक शब्द | तसर्थ यसलाई संस्कृत भाषा भनिन्छ | संस्कृत भनेको सुधार गरिएको | हामीले आफ्नै इच्छाले उत्पादन गर्न सक्दैनौं; व्याकरणको नियम अनुसार यसको पालन गर्नुपर्छ | भागवत-धर्म भनेको भक्त र भगवानबीचको सम्बन्ध | कृष्ण भगवान हुनुहुन्छ र भक्त भागवत हुन्, वा भगवानसँग सम्बन्धित | सबजना भगवानसँग सम्बन्धित छन्, जसरी पिता र पुत्र सधैं सम्बन्धित हुन्छन् | त्यो सम्बन्ध कुनै पनि स्तरमा तोड्न सकिँदैन, तर कहिलेकाही छोराले आफ्नो स्वतन्त्रताको प्रयोग गरेर घर छाड्छ र पितासँगको सम्बन्ध बिर्सन्छ | तिम्रो देशमा यो असामान्य कुरा होइन | धेरै छोराहरु पिताको स्नेही घर छाड्छन् | त्यो धेरै सामान्य अनुभव हो | सबजनासँग स्वतन्त्रता छ | त्यसैगरी, हामी सबै भगवानका पुत्र हौँ, तर उही समयमा हामी स्वतन्त्र छौं | पूर्ण स्वतन्त्र होइन तर स्वतन्त्र | हामीसँग स्वतन्त्रताको झुकाव छ | भगवान पूर्ण स्वतन्त्र हुनुहुन्छ र हामी भगवानबाट जन्मिएका छौं, तसर्थ हामीसँग स्वतन्त्रताको गुण छ | हामी भगवानजस्तै पूर्ण स्वतन्त्र हुन् नसके तापनि "म स्वतन्त्र हुन्छु" भन्ने झुकाव चाहिँ छ | जीवहरु वा हामी भगवानका अंश हौँ- जब हामी भगवानबाट स्वतन्त्र भएर बाँच्न चाहन्छौं, तब त्यो हाम्रो बद्ध अवस्था हुन्छ |