NE/Prabhupada 0950 - छिमेकी भोको होलान्, तर हामी वास्ता गर्दैनौं



720902 - Lecture Festival Sri Vyasa-puja - New Vrindaban, USA

महिला तथा महानुभावहरु, यो उत्सब... अवश्य, यी मेरा शिष्यहरु हुन्, उनीहरुलाई थाहा छ यो उत्सबको बारेमा | जो यहाँ आगन्तुकहरु हुनुहुन्छ, म उहाँहरुको लागि केहि यो उत्सबको बारे जानकारी गरौछौँ | नत्र, यसलाई अन्यथा पनि सम्झिन सकिन्छ | कोहि बाहिरीहरु सोच्छन्"किन व्यक्तिलाई भगवान सरह मानिन्छ?" उनीहरुमा केहि दुबिदाहरु होलान | यो शिष्टाचार हो | यो उत्सबलाई व्यस-पूजा भनिन्छ | व्यस | व्यस भनेको वेदको असली रचयिता हुनुहुन्छ | उहाँको अवतर नारायण हुनुहुन्छ | उहाँले नै वैदिक ज्ञानहरु दिनु हुन्छ | उहाँले नारदबाट त्यो ज्ञान प्राप्त गर्नु भयो | नारदले त्यो ज्ञान ब्रह्माबाट प्राप्त गर्नुभयो | ब्रह्माले त्यो ज्ञान कृष्णबाट प्राप्त गर्नुभयो | यसरी, यो उच्चतम ज्ञान हामीले गुरू-शिष्य परम्परा मार्फत प्राप्त गर्छौं | त्यसैले व्यसदेव,,, भनौ पांच वर्ष पूर्व, व्यसदेव भन्दा पहिला, त्यो भन्दा अघि रचिएको अथवा लेखिएको ग्रन्थहरुको आवश्यकता थिएन | मानिसहरुको निक्कै तिब्र दिमाग थियो र गुरूबाट श्रावण गरेया ज्ञान प्राप्त हुन्थ्यो | उनीहरुले न मरुन्जेल स्मरण गर्न सक्थ्यो | एकदमै तिब्र दिमाग थियो | तर यो युगमा- यो कलि युगमा- हाम्रो शारीरिक शक्ति, बुद्धि, स्मरण शक्ति, नियुन हुदै गई रहेको छ हाम्रो अरु प्रति दया,सहानुभुती, आयु, जीवनको समय र धार्मिक लगाव कम हुदैछ | येसरी हामीमा यो युगमा सबै थोक कम हुदैछ | हामी सबैले यसलाई सहज्नै बुझ्न सक्छौं | यदी कुनै व्यक्तिलाई अरु कुनै व्यक्तिले हमला गर्यो भने, धेरै मानिसहरु सहयोगको लागि आउँछन् | "किन यो व्यक्तिलाई हमला गरिसै छ?" तर अहिलेको अवस्थामा एदी कुनै व्यक्तिलाई हमला गरिन्छ भने माताल्ब दीइदैन, किनभने तिनीहरुले अरुप्रतिको करुणा भावना नै गुमाइ सकेका छन्| हाम्रा छिमेकी भोकै होलान् तर हामी मतलब राख्दैनौं| तर पहिले पहिले अरु जीव प्राणी प्रतिको करुणा थियो, एउटा कमिला प्रति पनि... महाराज परिक्षित जस्तै,जब उहाँ आफ्नो राज्यको भ्रमण गर्दै हुनुहुन्थ्यो, उहाँले देख्नुभयो कि एक व्यक्तिले गाई मर्ने प्रयास गर्दैथ्यो| परिक्षित महाराजले देख्नुभयो| तुरुन्तै आफ्नो तरबार लिनुभयो र तँ को होस्? तँ मेरो राज्यमा राज्यमा गाई मार्दै छस्| किनभने राजाले अथवा देशको सरकारले सम्पुर्ण प्राणीलाई रक्षा गर्नुपर्छ| मानवलाई मात्र सुरक्षा दिने र अरु जीवलाई सुरक्षा नदिने भन्ने हुदैन| किनभने यो कलि युग हो, सरकारले दुई नागरिक बीचमा विभेद गर्छ| नागरिक भन्नाले जो पनि त्यस भुमिमा जन्म लिएका छन्| जुन तिमीहरु हौ, सबैजना, त्यसैले रुखहरु,तिनीहरु पनि यहि भुमिमा जन्मिएका हुन् ,जलचरहरु पनि यसै भूमिमा जन्मिएका हुन्| झिंगाहरु,उभयचरहरु, सर्पहरु, चराहरु,पशुहरु,मानवहरु -सबैजना यो भुमिमा जन्मिएका हुन्| मानौं तिम्रो भूमि, अमेरिका, संयुक्त राज्य..... किन सरकारले एक स्तरको जीवात्मालाई सुरक्षा दिने र अरुलाई नकार्ने| यो भनेको तिनीहरुले अरु जीवप्रतिको करुणा गुमाईसकेका छन्| यो कलि युग हो| पहिले, कलियुग भन्दा पहिले, अनावश्यक रूपमा एउटा कमिला पनि मारिने थिएन| एउटा कमिला पनि| धेरै उदहारणहरु छन्,एउटा शिकारी थियो जसले जनावर मारेर फाइदा लिन्थ्यो, तर जब ऊ भक्त बन्यो ऊ एउटा कमिला मर्न पनि तयार थिएन|