NE/Prabhupada 0953 - जब आत्माले स्वतन्त्रताको दुरुपयोग गर्छ, तब ऊ तल झर्छ। यो भौतिक जीवन हो



750623 - Conversation - Los Angeles


डा. मिज़: मलाई एउटा प्रश्नले परेशान गर्दैछ, त्यसोकिन कि आत्माले... किनभने आत्माको धारणा वास्तवमा अत्ध्यत्मिक जगत अथवा भगवानको अंश हो | यो सुदर अवस्थाबाट हामी गौरबले गर्दा गीराउछ, जस्तै क्रिस्टेन थीसिसले भन्छ कि राक्षस स्वर्गबाट गौरबले गर्दा गिरछ | र आत्मा त्यस्तो मुर्ख हुन्छ र, त्यस्तो मुर्खकि उसले यस्तो काम गर्छ | 

प्रभुपाद: यो स्वतन्त्रताको कारणले |

डा.मिज़: आजादी|

प्रभुपाद: जब उसले आफ्नो स्वतन्त्रताको उपयोग गर्दैन, त्यसपछि ऊ झर्छ |

डा. मिज: माफ गर्नुहोस, के?

प्रभुपाद: ऊ झर्छ |

डा. मिज: ऊ गिर्छ |

प्रभुपाद: ऊ स्वतन्त्रताको कारणले आफ्नो स्थितिबाट झर्छ | जस्तो तपाइले स्वतन्त्रता पाउनुभएको छ | तपाई यहाँ बस्दै हुनुहुन्छ | तपाई यहाँबाट तुरुन्तै जना सक्नु हुन्छ | तपाई मलाई सुन्न चाहन्नु हुन्न |

डा.मिज: मैले के गर्दिन?

प्रभुपाद: तपाईले मलाई सुन्न चाहनुहुन्न |

डा.मिज़: हो |

प्रभुपाद: यो तपाइको स्वतन्त्रता हो | मैले पनि पाएको छु | म तपाईसंग नबोल्न पनि सक्छु | यो स्वतन्त्रता सधैँ हुन्छ | त्यसैगरी, हामी भगवानको अंश भएको कारणले हाम्रो कुनै कर्तब्य हुन्छ | जुन हामी भगवानको सेवामा लाग्नु पर्छ |

डा.मिज: निरन्तर...? प्रभुपाद: भगवानको सेवामा |

डा.मिज: भगवानको सेवामा |

प्रभुपाद: यो औंला मेरो शरीरको अंश हो | मैले जे आदेश दिन्छु त्यो त्यसले गर्छ | मैले भन्छु,"यस्तो गर," यसले गर्छ | यो मरितुल्ल्य भए पनि यसले यंत्रवत् रुपमा चलिरहेको छ | हाम्रो दीमागले तुरुन्तै औंलालाई आदेश दिन्छ, कुनै यन्त्रले जस्तै | हाम्रो पुरा शरीर यन्त्र जस्तो छ, तर आत्मा यन्त्र होइन, यन्त्रको पुर्जा | यो अत्ध्यत्मिक पुर्जा हो | यो यन्त्र जस्तै भएको कारणले, मैले औंला चलाउदै छु | तर अरु कसै साथी अथवा दास, मैले केहि काम दिए भने उसले नगर्न पनि सक्छ | तर जब आत्माले आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्यो भने, ऊ आफ्नो स्थरबाट झर्छ | यो हो भौतिक जीवन | भौतिक जीवन भनेको आत्माको स्वतन्त्रताको दुरुपयोग गर्नु हो | जस्तै छोरा | छोराको कर्तब्य भनेको पिताले भनेको मान्ने | तर उसले न मान्न पनि सक्छ | यो पागलपन हो | जब आत्माले, आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्छ, ऊ पागल हुन्छ | उसलाई यो भौतिक संसारमा पठाइन्छ |

डा.मिज: कुनै एकदमै मुर्ख हुन्छ यसले मलाई अल्लमल्ल बनाएको छ |

प्रभुपाद: किनभने यो स्वतन्त्रताको कारणले तपाई मुर्ख हुनसक्नु हुन्छ | नत्र त्यहाँ स्वतन्त्रताको अर्थ रहदैन | स्वतन्त्रता भनेको तपाइले जे पनि गर्न सक्नु हुन्छ | यसलाई भगवाद-गीतमा औल्लेखित छ, कि यथेच्छसि तथा कुरु (भागी १८.६३) | अठारौं पाठको पहिलो स्लोका पत्ता लगाउ | त्यहाँ स्वतन्त्रताको बारे छ | अर्जुनलाई सबै भागवत-गीतको ज्ञान दिएपछि, कृष्णले स्वतन्त्रता दिनुभएको छ, "तिमीले ज चाहिन्छ त्यहि गर |" कृष्णले भागवत-गीतको ज्ञान लिन कर गर्नु भएन | उहाँले उसलाई स्वतन्त्रता दिनुभएको छु, "तिमीले जे पाउछौ |" र उसले स्वीकार गर्नुभयो: "हो | मेरो अन्धकार सकियो, म तपाइले जे भन्नु हुन्छ, त्यहि गर्छु |" यो त्यही स्वतन्त्रता | हो |

बहुलास्व: यो अठ्थारौं पाठमा उल्लेख गरिएको छ |

धर्माध्यक्ष: "मैले यो निकै व्याख्या गरेको छु..." रातो संस्कृत पहिला ?

प्रभुपाद: हो |

धर्माध्यक्ष: इति ते ज्ञानम् आख्यातं गुह्याद् गुह्यतरं माया | विमृश्यैतद् अशेषेण यथेच्छसि तथा कुरु (भा गी १८.६३) | "मैले सबै भन्दा गुह्य ज्ञान व्याख्या गरेको छु | यसमा धेरै ध्यान छ, अनि गर जे तिमीलाई सहि लाग्छ |"

प्रभुपाद: हो | अब यदी तिमीले भनछौ, "किन आत्मा यस्तो मुर्ख हुन्छ?" यो स्वतन्त्रताको हनन् हो | बुद्धिमान व्यक्तिको बुद्धिमान छोरा, तर कहिले काहीं ऊ मुर्ख हुन्छ | यसको कारण के हो ? ऊ आफ्नो पिताको अंश हो | ऊ आफ्नो पिता जस्तै हुन्छ | तर ऊ पिता जस्तो बन्दैन | मैले आलाहाबादमा एउटा ठुलो वकिल भेटेको थिए, श्रीमान बन्नेर्जी | यहाँको ठुलो छोरा पनि वकिल थियो र उसको कान्छो छोरो, नराम्रो कुलतमा फसेर, ऊ एकल-वाला भयो | एकल भनेको... इंडियामा एउटा घोडाले गाडी तान्थ्यो | उसलाई एकल हुन मान लग्यो | त्यो भनेको ऊ कुनै तल्लो स्तरको स्त्रीसंग प्रेममा बाँधिन पुग्छ र उसको संगतले गर्दा, ऊ एकल भयो | धेरै उधाहरणहरु छन् | अजमिला उपाख्यान​ | ऊ ब्राह्मण थियो र ऊ तल्लो स्तरमा झर्यो | यो स्वतन्त्रताको दुरुपयोग जता पनि हुन्छ |