NE/Prabhupada 0956 - कुकुरले कहिल्यै पनि आफ्नो बच्चालाई "विद्यालय जाऊ" भन्दैन



750623 - Conversation - Los Angeles


डा. मिज: मनलाई कसरी थाहा हुन्छ कि आत्मा छ ?

प्रभुपाद: मन शुद्ध भएका प्राध्यापकबाट शिक्षा लिएर | विद्यार्थीहरु तिम्रो स्थानमा किन आउँदैछन् ? किनकि उसको मन शुद्ध छैन | तिमीले उसको मन शुद्ध बनाउनुपर्छ, उसलाई मनोविज्ञान सिकाएर, अनुभव......... सोच्ने, अनुभव गर्ने, इच्छा गर्ने | तसर्थ ऊ एउटा विद्वान मानिसकहाँ आएको छ जसलाई मन बुझ्ने तरिका थाहा छ, मनको गतिविधिहरु बुझ्ने तरिका थाहा छ, ती गतिविधिहरुसँग कसरी व्यवहार गर्ने थाहा छ | त्यसलाई शिक्षा चाहिन्छ | एउटा कुकुरले यो शिक्षा लिन सक्दैन तर एउटा मानवले सक्छ | तसर्थ मन नियन्त्रण गर्ने मानवको कर्तव्य हो | कुकुर-बिरालो जसरी व्यवहार गर्ने होइन | त्यो मानव हो | ऊ जिज्ञासु हुनुपर्छ, "यो किन हुँदैछ ? त्यो किन हुँदैछ ?" र उसले शिक्षा लिनुपर्छ | त्यो मानव जीवन हो | र यदि उसले जिज्ञासा राख्दैन, यदि उसले शिक्षा लिंदैन भने कुकुर र उसको बीच के भिन्नता हुन्छ ? ऊ पनि कुकुर हुन्छ | ऊसँग यो मानव जीवनको अवसर छ | उसले हरेक कुरा बुझ्ने फाइदा लिनुपर्छ, आफुलाई कुकुरको स्तरमा राख्नुहुन्न, केवल खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने | कुकुर र मानवको बीच यहि हो | यदि उसले मनलाई नियन्त्रण कसरी गर्ने भनेर जिज्ञासु हुँदैन भने ऊ मानव पनि होइन | एउटा कुकुरले कहिल्यै जिज्ञासा राख्दैन | एउटा कुकरलाई थाहा हुन्छ कि "मैले भुक्दा मानिस विचलित हुन्छन् |" उसले कहिल्यै सोच्दैन "यो भुक्ने बानीलाई कसरी नियन्त्रण गर्ने ?" (हाँसो) ऊ कुकुर भएको कारण उसले त्यसो गर्न सक्दैन | एउटा मानवले थाहा पाउन सक्छ कि "मानिसले मलाई घृणा गर्छन् | मैले केहि गलत गरेको छु | मेरो मन कसरी नियन्त्रण गर्ने ?" त्यो मानव हो | मानव र कुकुर बीच यहि भिन्नता छ | तसर्थ वैदिक उपदेश यो छ कि "जाऊ र खोज गर | तिमीसँग यो मानव जीवन छ |" अथातो ब्रह्म जिज्ञासा: "अब, यो समय आत्माको बारेमा जिज्ञासा गर्नको लागि हो |" तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | यदि तिमीले यो विज्ञान बुझ्न चाहन्छौ भने तिमी उचित गुरुकहाँ जानुपर्छ र उनीबाट शिक्षा लिनुपर्छ | उही कुरा हामी आफ्ना बच्चालाई सिकाउनुपर्छ: "यदि तिमी जीवनको उच्च स्तरको बारेमा शिक्षित हुन चाहन्छौ भने विद्यालय जाऊ, कलेज जाऊ, शिक्षा लिऊ |" त्यो मानव समाज हो | पिता कुकुरले बच्चा कुकुरलाई कहिल्यै पनि "विद्यालय जाऊ" भन्दैन | भन्दैन | तिनीहरु कुकुर हुन् | भन्दैन | तिनीहरु कुकुर हुन् |

जयतीर्थ: विश्वविद्यालयहरुले आजकल आत्माको प्रकृतिको बारेमा कुनै शिक्षा दिंदैनन |

प्रभुपाद: तसर्थ उसले भन्छ "म कुकुर भएँ भने के गल्ति हुन्छ ?" किनकि त्यहाँ कुनै शिक्षा छैन | उसलाई कुकुर र मानवको बीचको भिन्नता थाहा छैन | तसर्थ उसले भन्छ कि "म कुकुर भएँ भने के गल्ति हुन्छ ? मैले कुनै आपराधिक आरोप बिना यौन सुविधा प्राप्त गर्नेछु |" यो शिक्षाको विकास हो |

डा. मिज: मनलाई कसरी थाहा हुन्छ कि आत्मा छ ?

प्रभुपाद: मैले भनें कि तिमीले शिक्षा दिनुपर्छ | यी मानिसहरुलाई आत्माको बारेमा कसरी राजी गर्न सकिन्छ ? तिनीहरुलाई शिक्षा दिइएको छ | अभ्यास र ज्ञानद्वारा | सबै कुरा शिक्षित भएर सिक्नुपर्छ | तसर्थ वैदिक उपदेश अनुसार तद्-विज्ञानार्थम्,"त्यो विज्ञान थाहा पाउन," गुरुम् एव अभिगच्छेत्,"तिमी गुरुकहाँ जानुपर्छ |" जवाफ यो छ कि तिमी त्यस्तो गुरुकहाँ जानुपर्छ जसले तिमीलाई आत्माको बारेमा सिकाउन सक्छन् |