NE/Prabhupada 0957 - मुहम्मदले भन्छन् कि उनी भगवानका दास हुन् । ख्रिस्टले भन्छन् कि उनी भगवानका पुत्र हुन्



750624 - Conversation - Los Angeles

प्रभुपाद: र कृष्णले भन्नुहुन्छ "म भगवान हुँ " | त्यसैले भिन्नता कहाँ छ ? पुत्रले उही कुरा भन्नेछन्, दासले उही कुरा भन्नेछन्, र पिताले पनि उही कुरा भन्नेछन् | धर्मशास्र भनेको भगवानलाई बुझ्नु र उहाँको आदेश पालन गर्ने | त्यो मेरो बुझाई हो | र भगवान को हुनुहुन्छ भनेर खोज गर्नु धर्मशास्त्र होइन | त्यो ब्रह्मविद्या हो | यदि तिमीहरु धर्मशास्रका विज्ञ हौ भने तिमीले भगवान को हुनुहुन्छ थाहा पाउनुपर्छ र उहाँको आज्ञा पालन गर्नुपर्छ | तिमीलाई के लाग्छ, डा. जुदाह ?

डा. जुदाह: माफ गर्नुहोला ?

प्रभुपाद: तिमीलाई यो प्रस्ताव कस्तो लाग्छ ?

डा. जुदाह: मलाई लाग्छ कि हजुर ठिक हुनुहुन्छ | मलाई लाग्छ कि यो..... अवश्य पनि वर्तमान समय र युगमा धेरै जनालाई भगवानको बारेमा थाहा छैन |

प्रभुपाद: हो | तब ऊ धर्मशास्त्रको विज्ञ होइन | ऊ ब्रह्मको विद्यार्थी हो |

डा. जुदाह: हामीलाई भगवानको बारेमा थाहा छ तर हामीलाई भगवानको हुनुहुन्छ थाहा छैन | म यसमा सहमत छु |

प्रभुपाद: तब त्यो भनेको ब्रह्मविद्या हो | ब्रह्मका विद्यार्थीहरु सोच्छन् कि कोहि वरिष्ठ व्यक्ति हुनुहुन्छ | तर ती उच्च व्यक्ति को हुनुहुन्छ, तिनीहरु खोज्दैछन् | उही कुरा: एउटा बालकलाई थाहा हुन्छ,"मेरो पिता हुनुहुन्छ," तर "मेरो पिता को हुनुहुन्छ ? त्यो मलाई थाहा छैन |" "त्यो तिमीले आफ्नी आमालाई सोध्नुपर्छ |" त्यति हो | एक्लै उसले बुझ्न सक्दैन | हाम्रो अवस्था यो छ कि यदि तिमीले भगवान को हुनुहुन्छ बुझ्दैनौ भने यहाँ भगवान कृष्ण हुनुहुन्छ, तिमीले उहाँलाई किन स्वीकार्दैनौ ? तिमीलाई सर्वप्रथम थाहा छैन | र यदि मैले प्रस्तुत गर्छु कि "यहाँ भगवान हुनुहुन्छ" तब तिमीले किन स्वीकार्दैनौ ? के जवाफ छ ? हामीले भगवान प्रस्तुत गर्दैछौं, "यहाँ भगवान हुनुहुन्छ |" र ठुला, ठुला आचार्यहरुले स्वीकारेका छन्- रामानुजाचार्य, मध्वाचार्य, विष्णु स्वामी, चैतन्य महाप्रभु, हाम्रो गुरु-शिष्य परम्परामा मेरो गुरु महाराज- र मैले प्रचार गर्दैछु, "यी भगवान हुनुहुन्छ |" मैले अन्धो रुपमा भगवान प्रस्तुत गरेको होइन | मैले सबजनाद्वारा मान्यता प्राप्त भगवान प्रस्तुत गर्दैछु | तिमीले किन स्वीकार्दैनौ ? के कठिनाई छ ?

डा. जुदाह: मलाई लाग्छ कि पुरानो पुस्ताको एउटा कठिनाई भनेको हामी जीवनको निश्चित ढाँचा पालन गर्छौं र........

प्रभुपाद: तब तिमी भगवानको बारेमा गम्भीर छैनौ |

डा. जुदाह: र, यो परिवर्तन गर्न कठिन छ | यो सबभन्दा ठुलो समस्या हो |

प्रभुपाद: तब तिमी गम्भीर छैनौ | तसर्थ कृष्णले भन्नुभयो, सर्व​-धर्मान् परित्यज माम् एकं शरणं (भ गी १८|६६): "तिमीले त्याग्नुपर्छ |"

डा. जुदाह: त्यो ठिक छ | प्रभुपाद: यदि तिमी त्याग्न तयार छैनौ भने तिमीले भगवानलाई स्वीकार्न सक्दैनौ | 

डा. ओर: मलाई लाग्छ कि हजुर डा. क्रस्लीलाई अनुचित व्यवहार गर्दै हुनुहुन्छ | मलाई लाग्छ कि हजुरले भन्नुभएको कुरा ठिक हो कि भगवानलाई खोज्नु र बुझ्नु हामीले गर्न सक्ने सबभन्दा महत्वपूर्ण कुरा हो, तर मलाई लाग्दैन कि अरु मानिसले कसरी गर्दैछन् तुलना गर्नु ठिक हो वा कसरी मानिस......

प्रभुपाद: होइन, मैले नराम्रो कुरा होइन | मलाई लाग्छ कि यदि तिमी भगवानलाई बुझ्न गम्भीर छौ भने यहाँ भगवान हुनुहुन्छ |

डा. ओर: मानिसहरुले विभिन्न विषयमा कसरी सोच्छन् भन्ने बुझ्नको लागि विश्वविद्यालय छ |

प्रभुपाद: होइन, त्यो ठिकै छ | मैले पहिल्यै भनिसकें | यदि तिमी केहि कुराको खोजमा छौ, यदि तिमीले त्यो प्राप्त गर्छौ भने तिमीले किन त्यसलाई स्वीकार्दैनौ ?

डा. ओर: के हजुरले विश्वास गर्नुहुन्छ कि ख्रीष्टले कृष्णलाई आफ्नो पिता भनेका थिए ?

प्रभुपाद: नाम फरक हुन सक्छ | जस्तै हाम्रो देशमा हामी भन्छौं, यो फुललाई एउटा नामले भन्छौं; तिमीले अर्को नामले भन्छौ | तर विषय एउटै हुनुपर्छ | नाम पनि....... तिमीले आफुले बुझे अनुरुप फरक नाम भन्न सक्छौ | तर भगवान एक हुनुहुन्छ | भगवान दुई हुन सक्नुहुन्न | तिमीले उहाँलाई फरक नाम दिन सक्छौ | त्यो भिन्न कुरा हो | तर भगवान एक हुनुहुन्छ | भगवान दुई हुन सक्नुहुन्न |