NE/Prabhupada 0960 - जसले भगवानको अस्तित्व नकार्छ, ऊ पागल हो



750624 - Conversation - Los Angeles


प्रभुपाद: वास्तविक आनन्द र दु:ख भोग्ने आत्माले हो, यो शरीरले होइन | जब आत्मा शरीरबाट बाहिर निस्कन्छ, शरीरले थोरै पनि आनन्द वा दु:ख भोग्दैन; यो पदार्थको थुप्रो हो | शरीरमा आत्मा हुने बेलासम्ममात्र आनन्द र दु:खको अनुभव हुन्छ | तसर्थ आत्मा महत्वपूर्ण हुन्छ | र यदि तिमीले आत्माको अध्ययन गर्छौ भने तिमीले बुझ्न सक्छौ कि भगवान के हुनुहुन्छ |

पिटर: कसरी थाहा हुन्छ कि आत्मा छ ?

प्रभुपाद: किनकि तिमी बोल्दैछौ | तिमीले जिज्ञासा गरेको कारण आत्मा छ भन्ने थाहा हुन्छ | तिमी आत्मा भएको कारण तिमीले जिज्ञासा गर्छौ | जब आत्मा शरीरबाट बाहिर निस्किन्छ, तिमीले थोरै पनि जिज्ञासा गर्न सक्दैनौ | जिज्ञासा समाप्त हुन्छ |

डा. वोल्फ: के आत्मा र जीवनलाई समान मान्न सकिन्छ ?

प्रभुपाद: सकिन्छ | समान....... जीवन आत्माको लक्षण हो | आत्मा भएको कारण जीवन हुन्छ | र जब आत्मा रहँदैन, जीवन पनि रहँदैन | आकाशमा सूर्य छ र सूर्यको प्रकास छ | जब सूर्य अस्ताउँछ, प्रकास पनि हुँदैन; अन्धकार हुन्छ |

डा. ओर: के शरीरको विरोध गर्नुपर्छ ? के शरीरलाई अनुशासनमा राख्नुपर्छ, यसको विरोध गर्नुपर्छ वा यसको उपेक्षा गर्नुपर्छ ? के तपाईले यहि सुझाव दिंदै हुनुहुन्छ ?

प्रभुपाद: उपेक्षा ?

बहुलाश्व: शरीरसँग कस्तो व्यवहार गर्नुपर्छ ?

डा. ओर: शरीरसँग कस्तो व्यवहार गर्नुपर्छ ?

प्रभुपाद: नहुनु मामाभन्दा कानो मामा निको | (हाँसो) यो 'मामा नहुनु' सरह हो | तर हामीले यसको उपयोग गर्नुपर्छ |

डा. ओर: जब हजुरले भन्नुहुन्छ कि सबै कुरा भगवानको अंश हो, हजुरले शरीरलाई अपवादको रुपमा लिनुहुन्छ- शरीर दिव्य छैन |

प्रभुपाद: हो |

भक्त: होइन, उनले भन्दैछन् कि जब हामीले सबै कुरा भगवानको अंश हुन्, तब शरीरलाई एक अपवादको रुपमा राख्छौं | उनले भन्छन् कि शरीर अपवाद हो | शरीर भगवानको अंश होइन ?

प्रभुपाद: होइन, किन ? शरीर पनि अंश हो | मैले त्यसको व्याख्या गरिसकें |

डा. जुदाह: माया-शक्ति |

प्रभुपाद: हो, यो अर्को शक्ति हो |

डा. ओर: ए, मैले बुझें |

डा. जुदाह: कृष्णको बहिरङ्ग शक्ति |

डा. ओर: बहिरङ्ग शक्ति |

प्रभुपाद: सबै कुरा भगवानको शक्ति हो, त्यसैले शरीर पनि भगवानको शक्ति हो | त्यसैले शरीरको सर्वोत्तम प्रयोग भनेको भगवानको शक्तिलाई भगवानको लागि उपयोग गर्नुपर्छ | तब यो शरीरको आध्यात्मिकिकरण हुन्छ | शरीर पनि भगवानको शक्ति हो र यदि यसलाई भगवानको सेवामा संग्लग्न गराइन्छ भने शरीर मामा नभएको जस्तै हुँदैन, यो मामा हुनु सरह हुन्छ | (विराम)

प्रभुपाद: यदि ठेकेदारले "यो भवन मेरो हो | म मालिक हुँ |" सोच्छ भने ऊ गलत हुन्छ | यदि उसले त्यो भवनको मालिकलाई पूर्णतः चिन्छ, यदि उसले "यो भवन मलाई प्रयोग गर्न दिइएको हो" भनेर बुझ्छ भने यो ज्ञान हो |

डा. वोल्फ: श्रील प्रभुपाद, त्यो ठेकेदारलाई कुनै पनि समय निकाल्न सकिन्छ |

प्रभुपाद: हो | निकाल्न सकिन्छ | त्यो समयमा उसले मालिकलाई चिनिन्छ (हाँसो), जब उसलाई लात हानेर बाहिर निकालिन्छ | भगवद गीतामा पनि यो कुरा बताइएको छ: मृत्युः सर्व​-हरश् चाहम् (भ गी १०|३४) | जसले भगवानमा विश्वास गर्दैनन्, तिनीहरुको लागि भगवान एक दिन मृत्युको रुपमा आउनुहुनेछ, "अब मलाई विश्वास गर | बाहिर निस्किउ !" समाप्त | तिम्रो सम्पूर्ण घमण्ड समाप्त हुन्छ | तिम्रो घमण्ड, तिम्रो सम्पत्ति, तिम्रो परिवार, तिम्रो बैंकको पूंजी, तिम्रो गगनचुम्बी भवन-सबै खोसिन्छ: "समाप्त | बाहिर निस्किउ |" यी भगवान हुनुहुन्छ | अब भगवानलाई बुझ्छौ ? विश्वास गरे पनि वा विश्वास नगरे पनि भगवान एक दिन आउनुहुनेछ | उहाँले तिमीलाई लानुहुनेछ, तिम्रो सबै कुरा खोस्नुहुनेछ र "बाहिर निस्किउ !" ती भगवान हुनुहुन्छ | तिमीले विश्वास गर वा नगर, यसको मतलब हुँदैन | उही उदाहरण: ठेकेदारले भवनको मालिकमा विश्वास नगर्न सक्छ, तर जब भवनको मालिक अदालतको आदेशसँग आउँछ, "बाहिर निस्किउ", तब तिमी बाहिर निस्कनुपर्छ | त्यति हो | भगवद गीतामा बताइएको छ कि "जो भगवानमा विश्वास गर्दैनन्, तिनीहरुको लागि म मृत्युको रुपमा आउँछु र सबै कुरा हर्छु | समाप्त |" यो विश्वास गर्नुपर्छ कि "हो, मृत्युजस्तै पक्का |" तब भगवान पक्का हुनुहुन्छ | तिमीले आफ्नो आयु बाँकी रहेसम्म चुनौती दिन सक्छौ (हाँसो) तर भगवान आउनुहुनेछ र तिमीलाई आफ्नो वर्तमान घमण्ड र सम्मानित अवस्थाबाट बाहिर निकाल्नुहुनेछ, "बाहिर निस्किउ" | जबसम्म कोहि पागल हुन्छ, उसले भन्न सक्दैन "भगवान हुनुहुँदैन |" जसले भगवानको अस्तित्व नकार्छ, ऊ पागल हो |

डा. वोल्फ: प्रभुपाद, के ऊ अन्धो छ, ऊ मुर्ख छ भन्नु ठिक हुँदैन ?

प्रभुपाद: हुन्छ, उही कुरा | पागल भनेको सम्पूर्ण मूर्ख्याईंको परिणाम हो | जब मैले पागल भन्छु, यो सम्पूर्ण (सँगै:) अब उनीहरुलाई प्रसादम् देउ | मलाई लाग्छ हामीले उनीहरुको समय ओगटेका छौं |