NE/Prabhupada 0961 - हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान् प्रभु हुनुहुन्छ



740707 - Lecture Festival Ratha-yatra - San Francisco


हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान प्रभु हुनुहुन्छ | यो अभियान चैतन्य महाप्रभुले ५०० वर्ष अघि सुरु गर्नुभएको थियो (अस्पष्ट) र त्योभन्दा अगाडी भगवान कृष्णले पाँच हजार वर्ष अघि | कुरुक्षेत्रको युद्धभूमिमा उहाँले भगवद गीता बोल्नुभयो | तिमीहरुमध्ये धेरै जनाले यो नाम सुनेका छौ र (अस्पष्ट) हामीले पनि "भगवद गीता यथारुप" प्रकाशित गरेका छौं | यस कृष्ण भावनामृत अभियानको आधार "भगवद गीता यथारुप" हो | भगवद गीताको प्रयोजन भनेको तिमीहरु सबैलाई यो सम्झाउनु कि: तिमी अर्थात् सबै जीवहरु, मानवमात्र होइन तर मानवबाहेक पनि | पशुहरु, रुखहरु, पंक्षीहरु, जलचरहरु | जहाँ जीव छन्, तिनीहरु भगवानका अंश हुन् | भगवान पनि एक जीव हुनुहुन्छ, तर उहाँलाई वेदमा प्रमुख जीव भनेर वर्णन गरिएको छ | कठ उपनिषदमा भनिएको छ कि नित्यो नित्यानां चेतनश् चेतनानाम् | भगवान हामीजस्तै जीव हुनुहुन्छ तर भगवान र हामीबीचको भिन्नता यो छ: एको यो बहूनां विदधाति कामान् | ती एक जीवले अरु सबै जीवहरुको आवश्यकता पुरा गर्नुहुन्छ, उनीहरुको पालन गर्नुहुन्छ | हाम्रो अवस्था भनेको हाम्रो पालन भगवानले गर्नुहुन्छ र भगवान पालनकर्ता हुनुहुन्छ | हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान प्रभु हुनुहुन्छ | यो भौतिक जगतमा जीव, जुन जीवहरु भगवानजस्तै बन्न चाहन्छन्....... (विराम) मानव जीवन अवसर हो, जन्म, मृत्यु, रोग र बुढ्यौलीको चक्रबाट मुक्त हुने | र यस कृष्ण भावनामृत अभियान मानिसलाई यस महान विज्ञानको शिक्षा दिनको लागि हो | हामीले अहिलेसम्म कारोब बीस पुस्तक प्रकाशित गरेका छौं, हरेक पुस्तक चार सय पृष्ठको, कृष्ण भावनाको यस विज्ञानको विवरण दिन | वैज्ञानिकहरु, दार्शनिकहरुले पनि हाम्रो पुस्तक पढेर बुझ्न सक्छन् र अझै पुस्तकहरु आउनेछन् |