NE/Prabhupada 0969 - आफ्नो जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराए उहाँ हाम्रो सामु प्रकट हुनुहुनेछ



730400 - Lecture BG 02.13 - New York


भारतमा, शारीरिक आनन्द भनेको पहिला जिब्रोबाट | जिब्रोको आनन्द | सर्वत्र | यहाँ पनि | जिब्रोको आनन्द | यदि हामी आफ्ना इन्द्रियहरु नियन्त्रण गर्न चाहन्छौं...... तसर्थ भक्तिविनोद ठाकुरले पुर्व-आचार्यहरुको पदचिह्नको अनुसरण गर्दै भन्नुहुन्छ कि "आफ्नो जिब्रोलाई नियन्त्रण गर |" आफ्नो जिब्रो नियन्त्रण गर | र भागवतमा पनि भनिएको छ, अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रिय्ऐः (भ र सि १|२|२३४) | हाम्रा यी कम्जोर इन्द्रियद्वारा हामीले कृष्णलाई बुझ्न सक्दैनौं | यो सम्भव छैन | यी इन्द्रियहरु यति अपूर्ण छन् कि तिमीले कुनै पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनौ, भौतिक वा आध्यात्मिक, यी इन्द्रियद्वारा | त्यो सम्भव छैन | अतः | तिमीले यो भौतिक जगतका क्रियाकलापहरु पनि पूर्णतः थाहा पाउन सक्दैनौ | जस्तै, तिनीहरु सबभन्दा नजिकको ग्रह, चन्द्र-ग्रहको अध्ययन गर्दैछन् | यो चन्द्र-ग्रह बाहेक अरु लाखौं-करोडौं ग्रहहरु छन् | तिनीहरुले केहि भन्न सक्दैनन् | किनकि तिनीहरुको इन्द्रिय अपूर्ण छ | तिमीले कसरी बुझ्न सक्छौ ? मैले करिब एक मीलसम्म देख्न सक्छु | तर जब लाखौं-करोडौं मीलको प्रश्न उठ्छ, तिमीले आफ्ना इन्द्रियहरुको प्रयोग गरेर पूर्ण ज्ञान कसरी प्राप्त गर्न सक्छौ ? तिमीले यी इन्द्रियहरुको प्रयोग गरेर भौतिक ज्ञान पनि पूर्णतः प्राप्त गर्न सक्दैनौ | भगवान र आध्यात्मिक ज्ञानको के कुरा गर्नु ? त्यो तिम्रो अवधारणाभन्दा परको कुरा हो, मानस-गोचर | तसर्थ शास्त्रमा भनिएको छ: अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (भ र सि १|२|२३४) | यदि तिमी मानसिक कल्पनाद्वारा भगवानलाई बुझ्न चाहन्छौ भने त्यो डा. भ्यागुताको सिद्धान्त हुन्छ, एउटा कुवामा बसेर प्रशान्त महासागरको कल्पना गर्ने | त्यसलाई भ्यागुता सिद्धान्त भनिन्छ | तिमीले बुझ्न सक्दैनौ | तब बुझ्न कसरी सम्भव हुन्छ ? अर्को पंक्ति भनेको सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य्... यदि तिमीले भगवानको सेवामा आफ्नो जिब्रो संगग्न गराउँछौ भने उहाँ तिमी सामु प्रकट हुनुहुनेछ | उहाँ प्रकट हुनुहुनेछ | तसर्थ हामीले जिब्रोलाई नियन्त्रण गर्नुपर्छ | जिब्रोको कार्य के हो ? जिब्रोको कार्य भनेको स्वाद लिनु र ध्वनि उत्पन्न गर्नु | त्यसैले तिमी भगवानको सेवामा हरे कृष्णको ध्वनि उत्पन्न गर | हरे कृष्ण भनेकी "हे कृष्ण, हे भगवानकी शक्ति, कृपया मलाई आफ्नो सेवामा संगग्न गराउनुहोस् |" हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे....... यो हरे कृष्णको अर्थ हो | यसको अरु कुनै अर्थ छैन | "हे कृष्ण र हे कृष्णकी शक्ति, विशेषगरी राधारानी, कृपया हजुरहरु दुवैले मलाई आफ्नो सेवामा संगग्न गराउनुहोस् |" जसरी नरोत्तम दास ठाकुरले भन्नुहुन्छ: हा हा प्रभु नन्द​-सुत वृषभानु-सुता-जुत​: "मेरो प्रभु, कृष्ण, हजुरलाई नन्द महाराजको पुत्रको रुपमा चिनिन्छ | र हजुरकी शाश्वत अर्धाङ्गिनी, राधारानी, जसलाई राजा वृषभानुकि पुत्रीको रुपमा चिनिन्छ | हजुरहरु दुवै यहाँ हुनुहुन्छ |" हा हा प्रभु नन्द​-सुत वृषभानु-सुता... करुणा करह एइ-बार​ | "अब म हजुरकहाँ आएको छु | कृपया हजुरहरु दुवैजना मलाई कृपा गर्नुहोस् |" यो हरे कृष्ण हो: "मलाई कृपा गर्नुहोस् |" नरोत्तम दास कय​, ना ठेलिह राङ्गा-पाय​: "मलाई उपेक्षा नगर्नुहोस् वा मलाई हजुरको चरणकमलद्वारा टाढा पठाउनुहोस् |" मलाई लागि छ कि यदि कृष्णले लात हानेर टाढा पठाउनुहुन्छ भने त्यो हाम्रो ठुलो भाग्य हो | तिमीले देख्छौ | यदि कृष्णले आफ्नो चरणकमलले "तिमी टाढा जाऊ" भन्दै लात हान्नुहुन्छ भने त्यो ठुलो भाग्य हो | उहाँले स्वीकार्ने कुरा के गर्नु ? जस्तै जब कृष्णले कालियाको फणमा लात हान्दै हुनुहुन्थ्यो | तब कालियाका श्रीमतीहरुले प्रार्थना गरे: "मेरो प्रिय प्रभु, मलाई थाहा छैन कि यो ठग कालिया, कसरी यति भाग्यमानी बन्यो कि उसको फणमा हजुरले लात हान्नुभएको छ ? हजुरको चरणकमलको स्पर्शमा महान, महान ऋषिहरुले लाखौं वर्षसम्म ध्यान गर्छन्, तर यो कालिया...... मलाई थाहा छैन, उसले आफ्नो पुर्व जीवनमा के गरेको थियो, ऊ यति भाग्यमानी छ कि उसको फणमा हजुरले लात हान्नुभएको छ ?"