NE/Prabhupada 0979 - भारतको स्थिति अराजक छ



730408 - Lecture BG 04.13 - New York

प्रभुपाद: यस कृष्ण भवानामृत अभियान मानव समाजमा केहि दिमाग सिर्जना गर्नको लागि हो | ब्राह्मण | र यस दिमाग...... ब्राह्मणको कार्य भनेको...... ब्राह्मण, यो शब्द: नमो ब्रह्मण्य​-देवाय गो-ब्राह्मण​-हिताय च​, जगद्-धिताय कृष्णाय गोविन्दाय नमो नमः (चै च मध्य १३|७७, विष्णु पुराण १|१९|६५) | ब्राह्मण अर्थात् जसलाई भगवानको बारेमा थाहा छ | ती ब्राह्मण हुन् | र भगवानलाई केन्द्रमा राखेर उनीहरु अरुलाई भागवत चेतना स्वीकार्न सिकाउँछन् | भागवत चेतनामा उपस्थित नभई मानव समाज केवल पशु समाज हो | किनकि पशुलाई जतिसुकै प्रचार गरे पनि तिनीहरु भागवत चेतनामा अवस्थित हुन सक्दैनन् | यो सम्भव छैन | किनकि तिनीहरुसँग भगवानलाई बुझ्ने दिमाग हुँदैन | त्यसैले यदि मानव समाजमा भगवानको बारेमा सिकाउने ब्राह्मण हुँदैनन्, यदि मानिसलाई भागवत चेतनामा स्तरोन्नति गराउने ब्राह्मण हुँदैनन् भने यो पनि पशु समाज हुन्छ | केवल खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु त पशुको पनि कार्य हो | पशुलाई पनि खान, सुत्न, यौन आनन्द लिन र रक्षा गर्न आउँछ | तिनीहरुलाई आफ्नै तरिकाले आउँछ | त्यसैले केवल यी कार्य गर्नु भनेको मानव बन्नु होइन | तब मानवको लक्ष्य पुरा हुनेछैन | मानव समाजमा कृष्णले सिफारिश गर्नुभए अनुरुप चार विभाजन हुनुपर्छ: चातुर्-वर्ण्यं मया सृष्टम् (भ गी ४|१३) | एउटा ब्राह्मण वर्गको मानिस हुनुपर्छ, एउटा क्षत्रिय वर्गको, एउटा वैश्य वर्गको...... यी विभाजनपहिल्यै हुन्छन् | तर तिनीहरु त्यतित वैज्ञानिक रुपमा स्थापित छैनन् जसरी भगवद गीतामा वर्णित छ | चातुर्-वर्ण्यं मया सृष्टम् (भ गी ४|१३) | यी गुण​-कर्म​-विभागशः हुन् | गुण भनेको लक्षण | भारतमा यी चार वर्गका मानिसहरु त छन् तर तिनीहरु नाममा मात्र छन् | वास्तवमा यो पनि अराजक परिस्थिति छ | किनकि कसैले पनि भगवद गीतामा वर्णित गुण​-कर्म​-विभागशः पालन गर्दैन | भारतमा ब्राह्मण परिवारमा जन्मिएको भए तापनि उसको गुण भने शुद्रभन्दा कम छ, तर पनि उसलाई ब्राह्मणको र्पुमा स्वीकारिएको छ | त्यो कठिनाई छ | तसर्थ भारतको परिस्थिति धेरै आराजक छ | तर यो वैज्ञानिक विधि हो | पश्चिमी मानिसहरुले यो बुझ्ने प्रयास गर्नुपर्छ | र हामीसँग समाहित युवा-युवतीहरुले बुझ्ने प्रयास गर्दै सिद्धान्त सम्पन्न गर्न प्रयासरत छन् | त्यसैले यदि तिमीले यस कृष्ण भावनामृत अभियान गर्छौ जुन ब्राह्मणको लागि हो, यदि तिमी गुणद्वारा ब्राह्मण बन्छौ भने पश्चिमी राष्ट्रहरु........ विशेषगरी अमेरिका प्रथम-श्रेणीको राष्ट्र बन्नेछ | उनीहरुसँग बुद्धि छ | उनीहरुसँग स्रोत छ | उनीहरुसँग जिज्ञासु पनि छन् | उनीहरुले राम्रो कुरा ग्रहण गर्छन् | त्यसैले उनीहरुसँग राम्रो गुण छ | अमेरिकाले यस कृष्ण भावनामृत अभियान गम्भिरतापूर्वक ग्रहण गर्यो भने अमेरिका संसारको प्रथम श्रेणीको राष्ट्र बन्नेछ | त्यो मेरो अनुरोध हो |

धेरै, धेरै धन्यवाद | हरे कृष्ण |

भक्तहरु: जय, श्रील प्रभुपादको जय !