NE/Prabhupada 0988 - श्रीमद्-भागवतममा तथाकथित भावुक धर्म छैन



740724 - Lecture SB 01.02.20 - New York


एवं प्रसन्न​-मनसो भगवद्-भक्ति-योगतः भगवत्-तत्त्व​-विज्ञानं मुक्त​-सङ्गस्य जायते (श्री भा १|२|२०) | भगवत्-तत्त्व-विज्ञानं | यो भावुकता होइन; यो विज्ञान हो | भक्त बन्नु भनेको भावुक मानिस बन्नु होइन | भावुकताको कुनै मूल्य छैन | जसले..... भावना पनि हुन्छ | त्यस भावुकता...... जस्तै बच्चाहरु नाच्छन् | यो भावुकता हुन्छ- ऊसँग भावुकता हुँदैन- तर ऊ आध्यात्मिक जागरणको कारण नाच्दैछ | यो नृत्य कुकुरको नृत्य होइन | यो त..... जसले भागवत-प्रेम अनुभव गर्छ, ऊ नाच्छ | मानिसले धेरै धेरै भागवत प्रेम अनुभव गर्छ, ऊ नाच्न सक्छ, ऊ कीर्तन गर्न सक्छ, ऊ रुन सक्छ | आठ प्रकारका अष्ट​-सात्त्विक​-विकार (चै च अन्त्य १४|९९): शरीरको परिवर्तन, आँखामा आँसु | भागवत-तत्त्व-विज्ञानं | ज्ञानं परम​-गुह्यं मे यद् विज्ञान​-समन्वितम् (श्री भा २|९|३१) | कृष्णले ब्रह्मलाई भन्नुभयो, ज्ञानं मे परम​-गुह्यं | कृष्णको बारेमा थाहा पाउनु धेरै गुह्य कुरा हो | यो साधारण कुरा होइन | विज्ञान | तसर्थ धेरै वैज्ञानिकहरु पनि हाम्रो अभियानमा संग्लग्न हुन्छन् | दर्शन, रसायनशास्त्रमा विद्यावारिधि गरेका धेरै मानिसहरुले यसलाई विज्ञानको रुपमा बुझ्दैछन् | र तिमीले जति धेरै प्रचार गर्छौ, मेरो मतलब, समाजका उच्च वर्गहरु, विद्वानहरु, प्राध्यापकहरु, वैज्ञानिकहरु, दार्शनिकहरु पनि संग्लग्न हुनेछन् | र उनीहरुको लागि हामीसँग धेरै पुस्तक छन् | हाम्रो असी पुस्तक प्रकाशित गर्ने प्रस्ताव छ | ती मध्ये, हामीले करिब चालिस पुस्तक प्रकाशित गरेका छौं | यो विज्ञान हो | अन्यथा किन श्रीमद भागवतममा बुझ्नको लागि अठार हजार श्लोकहरु छन् ? हँ ? श्रीमद भागवतमको सुरुवातमा भनिएको छ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र (श्री भा १|१|२): त्यो ठगि, भावुकता, तथाकथिक धार्मिक विधि प्रोज्झित​ हो र यसलाई अस्विकार गरिएको छ | यस श्रीमद भागवतममा त्यस्तो कुराको कुनै स्थान छन् | प्रोज्झित | जस्ती तपाईले कुनै स्थानमा झाडु लगाउनुहुन्छ र फोहोर फाल्नुहुन्छ, त्यसैगरी, तथाकथित भावुक धर्मजस्तो फोहोर कुरा श्रीमद भागवतममा छैन | यो विज्ञान हो | परम-गुह्यं: धेरै गुह्य |