NE/Prabhupada 0989 - गुरुको कृपाले कृष्णलाई प्राप्त गर्न सकिन्छ । यो भगवद-भक्ति-योग हो



740724 - Lecture SB 01.02.20 - New York


प्रभुपाद: कृष्णलाई बुझ्नु सामान्य कुरा होइन | कृष्णले भन्नुहुन्छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये यतताम् अपि सिद्धानां कश्चिन् वेत्ति मां तत्त्वतः (भ गी ७|३) | यो सत्यता बुझ्न..... कृष्णद्वारा वा कृष्णको प्रतिनिधिद्वारा | भगवद गीतामा कृष्णले भन्नुहुन्छ, मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः (भ गी ७|१) मद्-आश्रयः भनेको "मेरो अन्तर्गत....." वास्तवमा यसको मतलब.... मद्-आश्रयः भनेको जसले कृष्णको आश्रय लिएको छ वा जो बिना सर्त कृष्णमा शरणागत हुन्छ | उसलाई मद्-आश्रयः भनिन्छ वा जसले कृष्णमा पूर्णतः आश्रय लिएको छ | यो योग, यो भक्ति योग, यहाँ भनिए अनुसार, भगवद-भक्ति-योगतः..... जब कसैले भगवद-भक्तको चरणकमलमा पूर्ण आश्रय लिन्छ, तब उसले भगवद-भक्ति-योग सिक्न सक्छ | यसलाई भगवद-भक्त भनिन्छ | ऊ आत्मनिर्भर तरिकाले भगवद-भक्त बन्न सक्दैन, आफ्नो अध्यात्मिक गुरुको ख्याल नगरी | त्यो बेकार हो | त्यो धुर्तता हो | ऊ कहिले सक्षम हुँदैन | हामी दैनिक गाउँछौं, यस्य प्रसादाद् भगवत्-प्रसादो | तर दुर्भाग्यवश तिमीलाई अर्थ थाहा छैन | यस्य प्रसादाद्: यदि अध्यात्मिक गुरु खुसी हुन्छन् भने भगवान खुसी हुनुहुन्छ | स्वतन्त्र रुपमा होइन..... यस्य, यस्य प्रसादाद् | दश प्रकारका अपराधहरु मध्ये, पहिलो अपराध भनेको गुरोर् अवज्ञा, गुरुको आज्ञाहरु उल्लंघन गर्नु | र विशेषगरि गुरुको कार्य भनेको कृष्ण भावनाको प्रचार गर्नु | र यदि एउटा मानिसले संसारभरि कृष्ण भावना प्रचार गर्ने मानिसको निन्दा गर्छ भने त्यो सबभन्दा ठुलो अपराध हो | हामीले पढ्दैछौं कि दश प्रकारका अपराधहरु र गुर्वाष्टक, गुरुको....... के त्पियालाई श्री-गुरु-चरण-पद्मको अर्थ थाहा छ ? त्यो भजन कुन हो ? त्यो पढ | भक्त: श्री-गुरु-चरण​-पद्म​, केवल भकति-सद्म​, बन्दो मुइ सावधान​... प्रभुपाद: अँ, सावधान माते, "धेरै सावधानीपूर्वक |" तिमी यो भजन गाउँछौ- के तिमीलाई अर्थ थाहा छ ? छैन | कसले अर्थ व्याख्या गर्न सक्छ ? हो, तिमी व्याख्या गर | भक्त: श्री-गुरु-चरण-पद्म भनेको "गुरुको चरणकमल |" केवल-भकति-सद्म भनेको उहाँ सम्पूर्ण भक्तिको सागर हुनुहुन्छ | बन्दो मुइ सावधान भनेको हामी उहाँको आराधना धेरै सावधानीपूर्वक गर्छौं | प्रभुपाद: हँ | पढ | अरु पनि पढ | भक्त: याहार प्रसादे भाइ..... प्रभुपाद: अँ, याहार प्रसादे भाइ | अनि ? भक्त: ए भव तोरिया याइ | प्रभुपाद: ए भव तोरिया याइ | यदि कसैलाई गुरुको कृपा प्राप्त हुन्छ भने अज्ञानताको सागर पार गर्न सजिलो हुन्छ | जाहार प्रसादे भाइ, ए भव तोरिया जाइ | अनि अर्को पंक्ति ? भक्त: कृष्ण-प्राप्ति होय याहा हइते | प्रभुपाद: र क्र्ष्ण​-प्राप्ति होय् याहा हइते: गुरुको कृपाले कृष्ण प्राप्त गर्न सकिन्छ | यो भनेको........ यस्य प्रसादाद् भगवत | सर्वत्र | यो भगवद-भक्ति-योग हो | जसले यो अवस्था प्राप्त गरेको छैन, यो भगवद भक्ति कसरी प्राप्त हुन्छ ? यो धुर्तता हुन्छ | त्यो भगवद...... एवं प्रसन्न​-मनसो भगवद्-भक्ति-योगतः (श्री भा १|२|२०) |