NE/Prabhupada 0994 - भगवान् र हामीबीच के भिन्नता छ ?



730407 - Lecture SB 01.14.43 - New York

जब हमी साम्यवादी देश, मस्कोमा गयौं, मलाई लाग्छ सबजना कमीमा थिए र उनीहरुले आफ्नो इच्छा आफ्नो इच्छा अनुरुप खानेकुरा पनि प्राप्त गर्दैनथे | सरकारले जे प्रदान गर्छ, तिनीहरुले स्वीकार्नुपर्नेछ | र वास्तवमा त्यहाँ हाम्रो लागि कुनै राम्रो खानेकुरा पनि थिएन | हामी राष्ट्रिय होटलमा बस्दै थियौं र श्यामसुन्दरले खानेकुरा प्राप्त गर्न कम्तिमा दुई घण्टा बिताउनुपर्थ्यो | त्यो पनि राम्रो कुरा हुँदैनथ्यो | चामल पाइन्नथ्यो | एउटा मद्रासी सज्जनले हामीलाई थोरै चामल, आटा दिएका थिए; अन्यथा दुध, मख्खन र मासुमात्र उपलब्ध थियो | फल, तरकारी, राम्रो चामल केहि पनि उपलब्ध थिएन | यो कलि-युग हो | आपूर्ति घट्नेछ | वास्तवमा कृष्णद्वारा आपूर्ति सहज बनाइएको छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् एको यो बहूनां विदधाति कामान् | भगवान र हामीबीच यहि भिन्नता छ | हामी पनि व्यक्ति हौँ, भगवान पनि व्यक्ति हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् | उहाँ पनि जीव हुनुहुन्छ, हामी पनि जीव हौँ | त्यसो भए भगवान र हामीबीच के भिन्नता छ ? एकः, ती एक जीव, नित्यः, एकवचन संख्या | बहूनां विदधाति कामान् | उहाँले यी सबै बहुवचन संख्याका जीवको आवश्यकता पुरा गर्नुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् | जसलाई संस्कृत थाहा छ, नित्यः भनेको एक संख्याको व्यक्ति, र नित्यानाम् भनेको बहुवचन | दुवै व्यक्ति हुन्, दुवै जीव हुन्, तर किन एक संख्याका व्यक्तिलाई परम मानिन्छ ? किनकि उहाँले सम्पूर्ण बहु संख्याका जीवलाई भोजन प्रदान गर्नुहुन्छ | वास्तवमा कृष्णसँग सम्पूर्ण जीवलाई प्रदान गर्न सबै कुरा तयार छ | कोहि पनि भोको हुनु प्रदैन | त्यसो होइन | जस्तै कारागारमा, कैदीहरु दण्डित भए तापनि सरकारले तिनीहरुको भोजन, उपचारको ख्याल रक्छ, यो होइन कि तिनीहरु भोको हुनुपर्छ | होइन | त्यसैगरी, यो भौतिक जगतमा हामी सबै दण्डित भए तापनि हामी कैदी हौँ | हामी एउटा ग्रहबाट अर्कोमा जान सक्दैनौं | तिनीहरु धेरै प्रयास गर्दैछन् | अहिले तिनीहरु असफल भएका छन् | तिनीहरु अहिले कुरा गर्दैनन् | (हाँसो) यो सम्भव छैन किनकि हामी कैदी हौँ | बद्ध | तिमी यो ग्रहमा रहमुपर्छ | हरेक जीव आफ्नो ग्रहमा रहनुपर्छ | तिम्रो आफ्नो इच्छ र स्वतन्त्रताको कुनै प्रश्न छैन किनकि तिमीसँग कुनै स्वतन्त्रता छैन | तर नारद मुनिसँग स्वतन्त्रता छैन | नारद मुनि एउटा ग्रहबाट अर्कोमा जान्छन् | उनी अध्यात्मिक आकाशबाट भौतिक आकाशमा आउँछन् किनकि उनी पूर्ण भक्त हुन् | उनी आदर्श जीव हुन् | जसरी कृष्णसँग पूर्ण स्वतन्त्रता छ, त्यसैगरी जब हामी पूर्ण हुन्छौं, कृष्ण भावनाभवित हुन्छौं, हामी पनि तब स्वतन्त्र हुन्छौं | हाम्रो अवस्था यस्तो छ | तर बद्ध जीवमा हामी स्वतन्त्र हुन सक्दैनौं | बद्ध | ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान्, हामी बद्ध छौं | तर बद्ध अवस्थामा पनि यदि हामीले वैदिक सिद्धान्त पालन गर्छौं भने हामी खुसी हुन्छौं | खुसी, विशेषगरी यो मानव जीवन त्यस प्रयोजनको लागि हो कि तिमी सुखी जीवन बाँच, कृष्ण भावनाको लागि समय बचत गर्ने ताकी अर्को जीवनमा तिमी यो भौतिक जगतमा रहँदैनौ | तिमी आध्यात्मिक जगतमा स्थानान्तरित हुन्छौ | यो मानव जीवनको प्रयोजन हो | तर धुर्तहरुलाई थाहा छैन | तिनीहरु सोच्छन् कि यो विकासोन्मुख सभ्यता हो किनकि कुकुर-बिरलोहरु भुइँमा सुत्छन्, हामीसँग सुत्नको लागि १०४-तल्लाको भवन छ | तर तिनीहरु बुझ्दैनन् कि सुत्नुको आनन्द कुकुर र १०४-तल्लामा अवस्थित मानिसमा समान छ | (हाँसो) त्यसैगरी, कुकुर, मानिस वा देवताको लागि यौन जीवनको आनन्द समान हुन्छ | कुनै भिन्नता हुँदैन |