NE/Prabhupada 0995 - कृष्ण भावनामृत अभियान क्षत्रिय वा वैश्यको कार्य होइन



730407 - Lecture SB 01.14.43 - New York


प्रभुपाद: यदि तिमी सुनौलो भाँडो वा फलामको भाँडोमा दुध पिउँछौ भने स्वाद उही रहन्छ | तिमीले सुनौलो भाँडोमा राखेर दुधको स्वाद परिवर्तन गर्न सक्दैनौ | तर यी मुर्ख मानिसहरु सोच्दैछन् कि "हाम्रो भौतिक आनन्द धेरै रमणीय यदि यसलाई फलामको भाँडोको सट्टा सुनौलो भाँडोमा राखिन्छ |" मूढाः | तिमीहरुलाई मूढाः भनिन्छ | (हाँसो) तिनीहरुलाई थाहा छैन कि हाम्रो वास्तविक कार्य भनेको यो भौतिक शरीरबाट बाहिर निस्कनु हो | त्यो भनेको, जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | यो वास्तविक ज्ञान हो | एक मानिसले यसलाई प्रथम स्थानमा राख्नुपर्छ कि "मेरो जीवनको वास्तविक पिडा यी चार कुरा हुन्, जन्म-मृत्यु-जरा-व्याधि, जन्मिनु, मर्नु, बुढो हुनु र रोगी हुनु | यो मेरो वास्तविक समस्या हो | तर तिनीहरुलाई यो थाहा छैन | तिनीहरु अहिले पेट्रोलियमको समस्यामा व्यस्त छन् | तिनीहरुले यो पेट्रोलियमकोको समस्या सिर्जना गरेका छन्, यो घोडाविहिन टिनको बट्टा | (हाँसो) हो | तिनीहरु सोच्दैछन्," घोडाभन्दा राम्रो | अब मसँग यो टिनको डब्बा छ |" जब यो पुरानो हुन्छ, यसको कुनै मूल्य हुँदैन | तिमीले यसलाई फाल्दिन्छौ, विशेषगरी तिम्रो देशमा | कसैले यसको ख्याल राख्दैन | तर जोसँग पनि यो डब्बा हुनुपर्छ | र यसलाई पेट्रोल चाहिन्छ र पेट्रोलको लागि मरुभूमिमा कठिन परिश्रम गर्नुपर्छ, खन्नुपर्छ, र पेट्रोल निकाल्नुपर्छ, अनि ट्यांकरबाट ओसार्नुपर्छ | यसलाई उग्र-कर्म भनिन्छ | भगवद गीतामा भनिएको छ कि यी धुर्तहरु, राक्षसहरुले सारा मानिसलाई केवल समस्या दिन उग्र-कर्म सिर्जना गरेका छन् | त्यति हो | क्षयाय जगतो ऽहिताः, विनाशलाई अझै नजिक ल्याउँदै | अहिले तिनीहरु यसरी चल्दैछन् कि ठुलो युद्ध हुन सक्छ, अर्थात् विनाश | केवल थोरै सुविधा सिर्जना गर्न | पहिले पनि तिनीहरु चल्दै थिए | त्यसबेला पनि गाडी थियो | तर तिनीहरुलाई पहिले जसरी रहने इच्छा छैन किनकि तिनीहरुको अरु कुनै संग्लग्नता छैन | तिनीहरुलाई अरु कुनै राम्रो संग्लग्नता थाहा छैन | यहाँ राम्रो संग्लग्नता छ: कृष्णको अघि आउने र भगवनको महिमागान गरेर हाम्रो सम्बन्ध बुझ्ने | यो हाम्रो वास्तविक कार्य हो तर कोहि पनि वास्तविक कार्यमा इच्छु छैन | तिनीहरु कृत्रिम संग्लग्नतामा इच्छु छन्: सारा दिन कार्यालयमा काम, अनि क्लब जाने, फुटबल क्लब जाने, टेनिस क्लब जाने | यस प्रकार तिनीहरुले यो अमूल्य मानव जीवन नाश गर्ने वढी सिर्जना गरेका छन् | तिनीहरुसँग कुनै विचार छैन कि यो जीवनको उपयोग कसरी गर्नुपर्छ, मेरो मतलब, प्रमुख समस्या रोक्न, जन्म-मृत्यु-जरा | तिनीहरुलाई थाहा छैन | त्यसैले यस श्रीमद भागवतमले सारा संसारलाई वास्तविक जीवन दिएको छ, वास्तविक अर्थात् जीवन भनेको के हो | यी आचरणहरु हुन् | विशेषगरी ब्राह्मण, वृद्ध मानिस, बच्चा, महिला र गाईको ख्याल राख्ने | यो सभ्यता हो | यी जीवहरुको ख्याल राख्नुपर्छ | अहिले यी धुर्तहरु गाई मार्दैछन् र महिलालाई वेश्य बनाउँदैछन् र बच्चालाई गर्भमा पनि मार्दैछन् | र ब्राह्मण सम्मानको कुनै प्रश्न छैन, न त ब्राह्मण संस्कृति नै छ | तब तिमी कसरी खुसी हुन सक्छौ ? हँ ? र समाजमा कुनै ब्राह्मण संस्कृति छैन भने त्यो समाज पशु समाजभन्दा कम हुन्छ | तसर्थ हामी प्रार्थना गर्छौं, नमो ब्रह्मण्य​-देवाय गो-ब्राह्मण​-हिताय च​ जगद्-धिताय कृष्णाय गोविन्दाय नमो नमः | पहिलो सम्मान छ, गो-ब्राह्मण​-हिताय च​, जगद्-धिताय​ | यदि तिमी सम्पूर्ण संसारको लाभको लागि कुनै कल्याणकारी कार्य गर्न चाहन्छौ भने यी दुई कुराहरुको ख्याल राख्नुपर्छ, गो-ब्राह्मण​-हिताय च​, गाई र ब्राह्मण | उनीहरुलाई सर्वप्रथम सुरक्षा दिनुपर्छ | अनि जगद्-धिताय​, तब सम्पूर्ण संसारको वास्तविक कल्याण हुनेछ | तिनीहरुलाई थाहा छैन | कृषि-गो-रक्ष्य​-वाणिज्यं, गो-रक्ष्य​, वाणिज्यम्, वैश्य​-कर्म स्वभाव​-जम् | यो व्यापारी वर्गका मानिसको कर्तव्य हो: कृषि विकास गर्नु, गाईलाई रक्षा गर्नु, कृषि-गो-रक्ष्य​-वाणिज्यं | र यदि तिमीसँग अधिक भोजन हुन्छ भने तिमीले व्यापार गर्न सक्छौ, वाणिज्यम् | यो कर्तव्य हो | ब्राह्मणले दिमागको कार्य गर्नुपर्छ | उसले सुझाव दिनेछ | जस्तै हामी, कृष्ण भावनामृत अभियान, हामी...... हामीले क्षत्रियको कार्य वा वैश्यको कार्य गर्ने होइन, भक्तहरु, तर उपयुक्त समयमा उनीहरुले गर्न सक्छन् | तर वास्तविक कार्य भनेको ब्राह्मणको कार्य भनेको वेद, ब्रह्म, परम ब्रह्म, परमसत्य बुझ्नु | उसले बुझ्नुपर्छ र ज्ञान वितरण गर्नुपर्छ | ब्राह्मण यस्तो हुन्छ | कीर्तयन्तो | सततं कीर्तयन्तो मां यतन्तश् च दृढ​-व्रताः | यो ब्राह्मणको कार्य हो | हामीले पनि भगवानको अस्तित्व प्रचार गर्ने यो कार्य लिएको छौं | भगवानसँग हाम्रो आत्मीय सम्बन्ध छ | त्यसैले यदि तिमीले सोहि अहुरूप कार्य गर्छौ भने तिमी खुसी हुनेछौ | यो हाम्रो कृष्ण भावनामृत अभियान हो | यी धुर्तहरुले भगवानलाई बिर्सिएका छन् वा तिनीहरु थाहा पाउन मतलब गर्दैनन् र यो नै तिनीहरुको पिडाको कारण हो | हिजो पत्रकारले सोधेका थिए....... प्रश्न के थियो ?

भक्त: "के यसले तेलको समस्या समाधान गर्न मदत गर्नेछ ?"

प्रभुपाद: हो | मैले के जवाफ दिएँ ?

भक्त: "गर्छ | किन गर्दैन ?"

प्रभुपाद: हँ ?

भक्त: "किन गदैन ?"

प्रभुपाद: तिमीलाई याद छैन ?

भक्त: छ | हजुरले भन्नुभयो कि समाधान पहिल्यै छ, कृष्ण भावना |

प्रभुपाद: हो | वास्तवमा, त्यो तथ्य हो ! तर तिनीहरुले यसलाई ग्रहण गर्दैनन् | अब, समस्या के हो ? यो थोरै पनि कठिन छैन | पेट्रोल उपलब्ध छ र यसको प्रयोग हुँदैछ, यो हाम्रो प्रयोगको निमित्त हो, तर कठिनाई यो छ कि अरबीहरु सोच्दैछन् कि यो मेरो हो......