NE/Prabhupada 0998 - एउटा साधुको कार्य सम्पूर्ण जीवको लाभको निमित्त हुन्छ



730406 - Lecture SB 02.01.01-2 - New York


८४,००,००० प्रकारका भिन्न जीवहरु छन् | कृष्णले दाबी गर्नुहुन्छ "सबै जीवहरु मेरा अंश हुन्, तर उनीहरुले अहिले विभिन्न वस्त्रले ढाकिएका छन् | तर उनीहरु जीव हुन् |" यो कृष्ण भावनाभावित दृष्टि हो | तसर्थ जो वास्तवमा कृष्ण भावनाभावित छ, पण्डिताः सम​-दर्शिनः... (भ गी ५|१८) | पण्डिताः, उसले बाहिरी वस्त्र देख्दैन; उसले त्यो शरीरमा ढाकिएको जीवलाई देख्छ | उसको शरीरसँग कुनै सरोकार हुँदैन | तसर्थ एक साधुले सधैं सबजनाको लाभको बारेमा सोचछ | जस्तै रूप गोस्वामी, सनातन गोस्वामी | गोस्वामीहरुको बारेमा भनिएको छ, लोकानां हित​-कारिणौ त्रि-भुवने मान्यौ | उहाँहरु सबै जीवको शुभचिन्तक भएको कारण उहाँहरुलाई त्रि-भुवने, तीन जगतमा सम्मान गरिन्थ्यो | त्रि-भुवने | लोकानां हित​-कारिणौ | नाना-शास्त्र​-विचारणैक​-निपुणौ | एउटा साधुको कार्य सम्पूर्ण जीवको लाभको निमित्त हुन्छ | एउटा साधुलाई रुख काट्ने पनि इच्छा हुँदैन किनकि उसलाई थाहा हुन्छ,"यहाँ एक जीव छ | ऊ आफ्नो कर्मको कारण धेरै वर्षदेखि उभिंदैछ र उसले अझै धेरै वर्षसम्म उभिनुपर्नेछ | यो प्रकृतिको नियम भएको कारण उसले यो नकार्न सक्दैन |" जस्तै यदि तपाईलाई छ महिनाको लागि कारागारमा राखिन्छ भने कसैले तपाईलाई बचाउन सक्दैन, कसैले तपाईको छ महिनाको म्यादभन्दा एक दिन पनि घटाउन सक्दैन | हामी निश्चित प्रकारको शरीर प्राप्त गर्छौं, हामी त्यस शरीरमा प्रकृतिको नियम अनुसार निश्चित समयावधिको लागि बस्नुपर्छ | शरीर काटेर जीव मर्दैन तर हामीले उसको समयावधि रोकेको कारण हामी पापी बन्छौं | तपाईले कृष्णको प्रयोजन बिना एउटा रुख पनि काट्न सक्नुहुन्न | कृष्णको प्रयोजन बिना हामीले एउटा कमिलालाई पनि मार्न सक्दैनौ, हामीले एउटा रुख पनि काट्न सक्दैनौ, त्यसो गरे हामी दण्डित हुन्छौं | एक साधुले देख्छ कि "यहाँ पनि एउटा जीव छ |" पण्डिताः सम​... विद्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि चैव श्व​-पाके च पण्डिताः सम​-दर्शिनः (भ गी ५|१८) | पण्डितले कुनै भेद गर्दैन कि "यहाँ एक पशु छ, यहाँ एक मानिस छ |" होइन, उसले देख्छ "पशु पनि कृष्णको अंश हो | उसको भिन्न शरीर छ र मानिस पनि कृष्णको अंश हो, उसको भिन्न शरीर छ | कर्मणा, आफ्नो कर्म अनुसार उसलाई भिन्न किसिमको शरीरमा राखिन्छ |" लोक-हितम् (श्री भा २|१|१)