NE/Prabhupada 1009-आध्यात्मिक गुरुलाई भगवान् समान सम्मान गरिन्छ भने उहाँलाई भगवान् समान सेवा गर्नुपर्छ



750713 - Conversation B - Philadelphia

यान्नी ज्याक्सन : तपाईंले भन्नुभएको थियो कि तपाईं धेरै सानो हुनुहुन्छ र तपाईं भगवान होइन भनेर, र म बाहिरी रुपले हेर्दा तपाईंलाई भक्तहरुले भगवान सरह हेरेको देखिन्छ |

प्रभुपाद : हो, त्यो भक्तहरुको कर्तव्य हो | जस्तै सरकारी कर्माचारी | व्यक्तिगत रुपमा ऊ त्यति महत्वपुर्ण छैन जबसम्म उसले सरकार चलाउँछ, उसलाई सरकार जस्तै सम्मान गर्नुपर्छ | त्यहि हो तरिका | सामान्य पुलिस जब आउँछ, तिमीले उसलाई सम्मान गर्नुपर्छ किनकि ऊ सरकारी कर्माचारी हो | तर त्यो होइनकी ऊ सरकारी कर्मचारी हो | उसलाई सम्मान गरिन्छ | सक्षाद्-धरित्वेन समस्त​-शास्त्त्रैर् उक्तस् तथा भाव्यत एव सद्भिः यदि त्यो मान्छेले सोच्छ कि "म सरकारी भएँ | मान्छेहरुले मलाई आदर गर्दै छन् ," त्यो मुर्ख हो | त्यसैले ... तर त्यो स्वभाव हो | यदि सरकारी मान्छे आउँछ, उसले त्यो कर्मचारीलाई सरकारी जस्तो गरेर सम्मान गर्नुपर्छ |

यान्नी ज्याक्सन : त्यहि विचारहरुमा, म धेरै आकर्षक भौतिक वस्तुहरु सोच्छु, कि भक्तहरुले तपाईंलाई ल्याए, र, यदि तपाईंलाई विमानस्थल छोड्नु भयो भने, तपाईं राम्रो, ठुलो आकर्षक कारमा जानुभयो भने , मलाई यो बारेमा अचम्म लाग्छ ....

प्रभुपाद : त्यो तनिहरुलाई सिकाइएको हो कि कसरी सम्मान गर्ने भनेर | यदि तिमीले सरकारी मान्छेलाई सरकारी जस्तै गरी सम्मान गर्न चाहन्छौ भने, तिमीले उसलाई त्यहि अनुसार सम्मान गर्नुपर्छ |

यान्नी ज्याक्सन : तर ...

प्रभुपाद : यदि तिमीले अध्यात्मिक गुरुलाई भगवान सरह मान्यौ भने, तिमीले उहाँलाई भगवानलाई जस्तै गरेर खानेकुरा प्रदान गर्नुपर्छ | नत्र कसरी तिमी उहाँलाई भगवान जस्तै गरेर व्यावहार गर्छौ ? मात्र मनमा ? व्यावहारमा पनि गर्नुपर्छ |

यान्नी ज्याक्सन : मलाई माफ गर्नुहोला | तपाईंले अन्तिममा के भन्नु भयो ?

प्रभुपाद : यदि अध्यात्मिक गुरुलाई भगवान जस्तै गरेर सम्मान गरिन्छ भने, उहाँले व्यावहारिक रुपमा देखाउन सक्नुपर्छ कि, ऊ भगवानलाई सम्मान गर्दै छ भनेर | त्यसैले भगवान सुनौलो कारमा घुम्नुहुन्छ | त्यसैले यदि अध्यात्मिक गुरुलाई समन्य मोटरकार प्रदान गरियो भने, त्यसैले यो अझै अपुग छ, किनकि उहाँलाई भगवान सरह सम्मान गर्नुपर्छ | भगवानको लागि मोटरकार के हो र?(हाँस्दै) त्यो अझै अपुग छ | यदि भगवान तिम्रो घर आउनुभयो भने के तिमीले उहाँलाई सामान्य मोटरकारमा ल्याउँछौँ कि तिमी सुनौलो कार मिलाउछौँ, यदि तिमि उहाँलाई भगवान जस्तो गरेर सम्मान गर्छौ ? त्यसैले तिम्रो कुरो भनेको तिनीहारुले राम्रो मोटरकार प्रदान गरे, तर म भन्छु त्यो अझै कम भयो | त्यो अझ अपुग छ भगवान जस्तै गरेर सम्मान गर्नको लागि | व्यावहारिक बन |

यान्नी ज्याक्सन : मैले हिजो न्युयोर्कमा एउटा भक्त भेटेको थिएँ जोसले यस्तो भनेको थियो त्यहाँ अरु अरु ग्रहबाट मान्छेहरु आएका थिए, र तपाईंले त्यो देख्न सक्नुभएको थियो | के त्यो सत्य हो ?

प्रभुपाद : हो, हो | सबैजना देख्न सक्छन् | यदि तिमीसँग आँखा छ भने, तिमीले पनि त्यो देख्न सक्छौ | तर यदि तिमीसँग आँखा छैन, त्यसैले तिमी इर्ष्य गर्छौ किनकि तिनीहरुले मोटरकार प्रादान गरे | त्यसैले तिमीले तिम्रो आँखा देख्ने बनाउन पर्छ | एउटा अन्धो मान्छे देख्न सक्दैन | आँखालाई कसरी हेर्ने भनेर सिकाउनुपर्छ |

यान्नी ज्याक्सन : के यो सबै इन्द्रियहरुको लागि साँचो हो ?

प्रभुपाद : हो सबै इन्द्रियहरुलाई | यदि तिमीलाई केहि देख्न मन छ भने, तिमीले त्यो कसरी देख्ने भनेर तालिम लिनुपर्छ | जस्तै एउटा वैज्ञानिकले मिक्रोस्कोपबाट केहि कुरा हेर्दै छ | र तिमी नाङ्गो आँखाले देख्न खोज्छौ | त्यो कसरी सम्भव छ देख्नको लागि ? तिमीले देख्नको लागि बानि बसाल्नुपर्छ | अनि तिमीले सबै कुरा देख्न सक्छौ |