NE/Prabhupada 1013 - मृत्यु अगाडि नै हामीले द्रुत गतिमा प्रयास गर्नुपर्छ



750620c - Arrival - Los Angeles


रामेश्वर : प्रेसमा भएका भक्तहरु खुसि हुँदैनन् जबसम्म तिनीहरुले सबै पुस्तक प्रकाशित भएको पाउँदैनन् |

प्रभुपाद : हँ | त्यो राम्रो हो (हाँस्दै)

जयतिर्थ : तिनीहरु अहिले पनि काम गर्दै छन् राति पनि |

प्रभुपाद : ओह |

रामेश्वर : चौबिसै घण्टा |

जयतिर्थ : चौबिसै घण्टा, आविस्कार गर्ने, त्यसैले हामिले यो मेसिनको पुरै फाइदा लिनुपर्छ |

प्रभुपाद: र हराग्रिव प्रभु, कति पाना सिद्ध्ययौ तिमीले ? तिमीले पचास पाना सिद्ध्याउन सक्छौ |

हयाग्रिव : म त्यो प्रयाश गर्दै छु | एक घन्टाको रेकर्ड |

राधा - वल्लभ : हयाग्रिवले आज मध्ये-लिला, खण्ड छ सिद्ध्याएका छन् |

प्रभुपाद : हँ ?

राधा - वल्वभ : हयाग्रिवले आज खण्ड छ, मध्य लिला सिद्ध्याएका छन् |

प्रभुपाद : ओहो, खण्ड छ, चैतन्य चरित्राम्रित ?

राधा- वल्लभ : हो | नौवटा खण्डमध्ये हयग्रिवले मध्यलिला छवटा सिद्ध्याएका छन् |

प्रभुपाद : सबै गरेर त्यहाँ नौवटा खण्ड छन् ?

रामेश्वर : मध्य-लीलाको मात्रै |

जयतिर्थ : मध्य-लिला, सबै नौओटा खण्ड |

राधा- वल्लभ : र चार खण्ड अन्त्य-लिला |

जयतिर्थ : सबैगरेर सोह्र खण्ड |

प्रभुपाद : हाम्रो गर्गमुनी कहाँ छन् ?

भवनन्द : ऊ पूर्वमा छन् | भैंसी |

प्रभुपाद : प्रचार गर्न ?

भवनन्द : हो |

प्रभुपाद : त्यसैले तिमी उसँग छौ, सुदामा ?

सुदामा : हो , श्रीला प्रभुपाद |

प्रभुपाद : सबै कुरा राम्रोसँग चलिरहेको छ ?

सुदामा : छ |(विश्राम)

जयतिर्थ :....... ले मलाई भनेको थियो कि सबै चैतन्य चरितामृतको सच्याउने कार्य यहि अगस्टको अन्तिममा सकिने छ |

प्रभुपाद : हँ ?

जयतिर्थ : सबै चैतन्य चरित्रामृतको सच्याउने कार्य यहि अगस्टको अन्तिममा सकिने छ |

प्रभुपाद : तिनीहरु पनि आउँदै छन्, निताई ...?

जयतिर्थ : निताई र जग्गनाथ पनि आउँदै हुनुहुन्छ ....

रामेश्वर : तिन दिन तिर |

जयतिर्थ : जुलाईको अन्तिम तिर ... त्यसैले यो धेरै चाँडो हुँदै छ |

प्रभुपाद : धेरै राम्रो | तुर्णं यतेत (श्री भा ११|९|२९)| हामीले प्रयाश गर्नुपर्छ, धेरै चाँडो, अर्को मृत्यु आउनुभन्दा अगाडी | र मृत्यु आउनेछ | त्यसैले हामीले यस्तो गरेर तयारी गर्नुपर्छ कि अर्को मृत्यु आउनुभन्दा अगाडी नै, हामी हाम्रो कृष्ण चेतनाको कार्य पुरा गरेर भगवत धाम फर्किनुपर्छ, आफ्नो घर | त्यक्त्वा देहं पुनर् जन्म न्ऐति (भा गी ४|९)| त्यो पूर्णता हो | किनकि यदि हामीले अर्को जन्म कुर्यौ भने, हामीले त्यो नपाउन सक्छौँ | भरत महाराज पनि, खस्नुभएको थियो | उहाँ मृग हुनुभएको थियो | त्यसैले हामी सधैँ सचेत रहनुपर्छ कि "हामीले यो मौका पाएका छौँ, मानव जीवनको |" त्यसैले अब यसलाई पूर्ण रुपमा सदुपयोग गरेर भगवत धाम जनाको लागि योग्य हौँ |" त्यो हो बुद्धि | यो होइनकी "ठिक छ मैले फेरी अर्को जन्म पाउनेछु |" त्यो राम्रो तरिका होइन | तूर्णम् | तूर्णम् भनेको हतार हतार सिद्ध्याउने हो | तूर्णम् यतेत अनुमृत्युं पतेद् यावत् (श्री भा ११|९|२९)| (कराते खेलेको आवाज आउँदै छ, जुन कोठा भन्दा अर्को पट्टि छ ) यी मानिसहरु समय वर्वाद गर्दै छन्, कि तिनीहरु सधैँ बाँच्न सक्छन् भनेर | यो कर... को के जरुरत छ ? कर?

जयतिर्थ : कराते |

प्रभुपाद : कराते | यो म्यक्सिकोमा निकै प्रचलित छ |

जयतिर्थ : सबैतिर |

प्रभुपाद : तर के त्यो तरिकाले तिनीहरुलाई मृत्युबाट जोगाउँछ ? जब मृत्यु आउँछ , के त्यो आवाज "गो !(हाँसो)" ले तिनीहरुलाई बचाउँछ ? यो मुर्खता हो | हरे कृष्ण नजपेर, तिनीहरु केहि आवाज निकाल्दै छन्, यो सोचेर कि त्यो आवाजले तिनीहरुलाई जोगाउँछ | यो मुर्खता हो, मुढा हो | (कराते खेल्ने मान्छेहरु अझ ठुलो स्वरमा कराउन थाल्छन्, भक्तहरु हाँस्छन् ) पीशाची पाइले जने मति-च्छन्न हय (प्रेम​-विवर्त​) | र यदि तिमी उनीहरुलाई सोध्छौ कि "तिमी किन यति ठुलो स्वरले काराउँछौ ? हरे कृष्ण जप गर," तिनीहरु हाँस्नेछन् |

विष्णुजन : श्रील प्रभुपाद, भक्तिविनोदले के भन्न खोजेका थिए कि जब उनले भनेका थिए, "म जादैँ छु, मेरो काम अधुरो छ "?

प्रभुपाद : हँ ?

विष्णुजन : जब भक्तिविनोद ठाकुरले यो संसार छोड्दै हुनुहुन्थ्यो कि उहाँले यो संसार छोड्दै हुनुहुन्छ र उहाँको कार्य पूर्ण भएको थिएन ?

प्रभुपाद : उसोभए हामी त्यो कार्य पुरा गरौँ | हामी भक्तिविनोद ठाकुरको सम्प्रदायका हौँ | त्यसैले उहाँले त्यो पुरा गर्नुभाएन किनकि त्यो हामीले पुरा गर्ने पाउका पायौँ | त्यो उहाँको कृपा हो | उहाँले त्यो तुरुन्तै त्यो पुरा गर्न सक्नुहुन्थ्यो | उहाँ वैष्णव हुनुहुन्थ्यो ; उहाँसँग धेरै शक्ति छ | तर उहाँले हामीलाई मौका दिनुभयो कि "तिमीहरु मुर्ख मानिसहरु, तिमीहरु पनि केहि गर |" त्यो उहाँको कृपा हो |