NE/Prabhupada 1014 - एउटा तथाकथित भगवानले शिष्यलाई सिकाउँदै थियो र शिष्यले विद्युतीय झट्का अनुभव भएको थियो



750626 - Lecture SB 06.01.13-14 - Los Angeles


त्यसैले तिमी सँग दुई मिलियन डलर हुनसक्छ ; म सँग १० डोलर हुन सक्ला ; तिमी सँग सय डलर हुन सक्ला | सबैसँग केहि सम्पति छ | त्यो मान्छौ | तर कोसैले भन्न सक्दैन कि "म सँग सारा सम्पति छ भनेर |" त्यो सम्भव छैन | यदि कसैले त्यो भन्न सक्छ कि "म सँग सबै सम्पति छ भनेर," भगवान | त्यो कृष्णले भन्नुभएको छ | कोसैले पनि ईतिहासमा यस्तो भनेको छैनन् | कृष्णले भन्नुभयो, भोक्ताराम यज्ञ-तपस्याम सर्व-लोक-महेस्वरम (भा गी ५.२९): "म सबै चिजको भोक्ता हुँ, र म नै यो ब्रह्माण्डको अधिपति हुँ |" कोसले भन्न सक्छ ? त्यो भगवान हो | ऐश्वर्यस्य समाग्रस्य​| समाग्र​ भनेको पूर्ण, यो होइनकी अर्ध, कि "मैले अब धेरै पाएँ | अब मैले त्यो बाढेँ |" म नामले त्यो उल्लेख गर्न चाहन्न - एउटा तथाकथित भगवान, ऊ आफ्नो भक्तलाई सिकाईरहेको थियो, र शिष्यहरु करेन्ट महशुस गरिरहेका थिए | कति अभागी, म तिमीहरुलाई करेन्ट दिन सक्दिन |(हाँस्दै ) हेर त ? करेन्ट, र ऊ करेन्ट लागेर बेहोस भयो | र यी सामुहिकरुपमा लेखिन्छन्, र मुर्खहरु त्यो स्वीकार गर्दै छन् | किन शिक्षकहरुले विद्धुतिय करेन्ट दिनुपर्यो ? त्यो शास्त्रमा कहाँ उल्लेख छ ?(हाँस्दै) तर यी कुराहरु, जाली कुराहरु त्यहाँ गरिन्छन् | करेन्ट | र जब ऊ बेहोस भयो, भगवान बसिरहनु भएको थियो, र जब ऊ होसमा आयो, उसले गुरुलाई सोध्यो,"श्रीमान, तपाईं किन रोहिरहनु भएको छ ?" "अब, मेरो सबै सिद्धियो | मैले मेरो सर्वस्व तिमीलाई दिएँ |" हेर त | के एउटा शिक्षकले आफ्नो विद्ध्यार्थिलाई सिकाएर सबै ज्ञान सिद्दीन्छ ? यी कुराहरु हुँदै गर्छन | त्यसैले कृष्ण त्यस्तो खालको भगवान हुनुहुन्न, कि "मैरो सबै कुरा सिद्धियो |" पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते(इशो प्राथना) | यो भगवानको परिचय हो | भगवान पूर्ण हुनुहुन्छ र यदि तिमीले उहाँको सबै सम्पति लियौ भने, अझै उहाँ पूर्ण हुनुहुन्छ | त्यो हो भगवान | यो होइनकी "मैले मेरो गोदाम सिद्ध्याँए |" त्यसैले बुद्धिमानले वैदिक साहित्यबाट भगवान को हो भनेर सिक्नुपर्छ | भगवान आविस्कार नगर | आविस्कार, तिमीले कसरी भगवान आविस्कार गर्न सक्छौ ? त्यो सम्भव छैन | त्यसैले त्यो मनो-धर्म हो | मानशिक सोचाईले हामीले भगवान उत्पन्न गर्न सक्दैनौ | यहाँ भगवानको परिचय छ, त्यो ईशावास्यम् इदं सर्वं यत् किञ्चिद् जगत्यां जगत् (ईष १)| इदं सर्वम | सर्वम भनेको जे तिमीले देख्छौ | तिमीले ठुलो प्रशान्त सागर देख्न सक्छौ | त्यो भगवानले बनाउनुभएको हो | यो होइनकी उहाँले एउटा प्रशान्त महासागर मात्र बनाउनुभएको, के उहाँको सबै पदार्थ, हाइड्रोजन र अक्सिजन सिद्ध्यो ? छैन | त्यहाँ लाखौँ र करोडौँ प्रशान्त महासागर आकाशमा छन् | त्यो भगवानको आविस्कार हो | त्यहाँ लाखौँ करोडौँ ग्रह आकाशमा तैरिरहेका छन्, र त्यहाँ लाखौँ र करोडौँ जीवात्मा छन्, समुन्द्र र हिमाल र सबै, तर त्यहाँ केहि अपूर्ण छैन | यो मात्र ब्रह्माण्ड होइन ; त्यहाँ लाखौँ र करोडौँ ब्रह्माण्ड छन् | हामीले यो संदेश वेदिक बाट पाउँछौँ ... यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि कोटिष्व् अशेष​-वसुधादि विभूति-भिन्नं तद् ब्रह्म निष्कलम् अनन्तम् अशेष​-भूतं गोविन्दम् आदि-पुरुषं तम् अहम् (ब्र सं ५.४०)... भगवानको सम्पति बुझ्न कोशिस गर |