NE/Prabhupada 1015 - पदार्थको पछाडि जीव-शक्ति नभएसम्म केहि पनि सिर्जना गर्न सकिंदैन



720200 - Lecture SB 01.01.01 - Los Angeles

ॐ नमो भगवते वासुदेवाय​ जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः स्वराट् तेने ब्रह्म हृदा य आदि-कवये मुह्यन्ति यत् सूरयः तेजो-वारि-मृदां यथा विनिमयो यत्र त्रि-सर्गो ऽमृषा धाम्ना स्वेन सदा निरस्त​-कुहकं सत्यं परं धीमहि (श्री भा १|१|१)| यो श्रील व्यासदेवजीले श्रीमद-भगवतम लेख्नुभन्दा आगाडी गर्नुभएको प्राथना हो | उहाँले आफ्नो दण्डवत भगवते वासुदेवलाई गर्नुभयो | 'भगवाते ' भनेको सर्वोच्व पुरुषोत्तम भगवान, जो वासुदेव हुनुहुन्छ | उहाँ प्रकट हुनुहुन्छ, कृष्ण, वासुदेवको पुत्र भएर | त्यसैले उहाँलाई वासुदेव भनिन्छ | अर्को अर्थमा भन्दा उहाँ सर्वत्र हुनुहुन्छ | उहाँ जहाँ पनि उपस्थित हुनुहुन्छ | त्यसैले, वासुदेव, जो पूर्ण पुरुषोत्तम भगवान हुनुहुन्छ, उहाँ सबैको उद्गम स्रोत हुनुहुन्छ | "जन्माद्य् अस्य यतह्"| 'जन्म ' भनेको सृस्टि हो | सृस्टि भनेको भौतिक संसार हो, यो ब्रह्मन्डको सृस्टि वासुदेवद्वरा भएको हो | 'जन्म-आदि'भनेको सृस्टि हो, पालनकर्ता, र संहारकर्ता | यो भौतिक संसारमा तिन गुणहरु छन् | त्यो निश्चित मितिमा सृस्टि गरिन्छ | त्यो केहि सिमित वर्षसम्म रहन्छ, र त्यो फेरी विनाश हुन्छ , संहारहुन्छ | त्यसलाई 'जन्माद्य् अस्य​-जन्मस्थिति यह्' भनिन्छ त्यसैले सबै कुरा पूर्ण पुरुषोत्तम भगवानबाट नै हुने गर्छ | यो ब्रह्माण्डीया शक्ति पनि उहाँबाट नै विस्तार भएको हो | यो उहाँको शक्तिमा टिकेको छ, बहिरंगा शक्ति, अथवा यो उहाँको बहिरंगा शक्तिले धानिएको छ , र, सबै भौतिक तत्वहरु अन्तिममा विनाश हुन्छन्, अथवा संहार हुन्छन्, त्यसैले संहारपछि त्यो शक्ति उहाँमा एकाकार हुन्छ | त्यो शक्ति, त्यो शक्ति उहाँबाट विस्तार हुन्छ, र उहाँबाटै पालन हुन्छ, र जब त्यो विनाश हुन्छ त्यो उहाँमै विलिन हुन्छ | यो सृस्टि गर्ने ,पालन गर्ने र संहार गर्ने तरिका हो | अब प्रश्न के हो भने परम शक्ति अथवा परम कारण, परम कारणको गुण के हो ? यो भौतिक तत्व हो कि जीव तत्व ? भगवत गीता भन्छ, "होइन, त्यो भौतिक तत्व होइन |" भौतिक तत्वबाट केहि पनि आफै सृस्टि हुँदैन | हामीसँग त्यस्तो अनुभव छैन | जबसम्म त्यहाँ भौतिक तत्व पछाडी कुनै जिवतत्व हुँदैन, त्यहाँ कुनै सृस्टि हुँदैन | हामीसँग त्यस्तो अनुभव छैन | जस्तो कि कुनै भौतिक वस्तु, जस्तै कि मोटर कार | त्यसमा सबै सामान जडान छ, सुक्ष्म सामान, तर पनि त्यो मटरकार आफैँ गुड्न सक्दैन | त्यहाँ चालक हुनुपर्छ | र त्यो चालक जीवात्मा हो | त्यसैले, सबै चिजको उद्गम स्रोतनै जीवआत्मा हो | त्यो भागवतमको निचोड हो | र कस्तो खालको जीवात्मा हो ? त्यो भनेको उसलाई सबै कुरो थाहा छ | जस्तै एउटा प्रख्यात गाडी मिस्त्री, उसलाई सबैकुरा थाहा हुन्छ, त्यसैले, उसले त्यो थाहा पाउँछ, जब त्यो मटरकार रोकिन्छ, उसले तुरुन्तै थाहा पाउँछ कि त्यो मोटरकार कसरी रोकियो भनेर | त्यसैले उसले त्यो एउटा पेज कस्छ, अथवा अन्य केहि गरेर फेरी त्यो गाडीलाई पुन: चल्ने बनाउँछ | त्यसैले भागवत भन्छ कि, वास्तविक स्रोतको सबै विस्तार थाहा हुन्छ | आन्वयाद् इतरतश् चार्थेषु | ठाडै होस् या घुमाउरो होस् | ऊ प्रख्यात छ | जस्तै म यो शरीरको उद्गम स्रोत हुँ | म जीवात्मा हुँ | जसरी मैले ईक्ष्या गरेँ र यो शरीर पाएँ | शक्तिले | मेरो शक्तिले |