NE/Prabhupada 1026 - जब हामीले कृष्ण एकमात्र भोक्ता हुनुहुन्छ भनेर बुझ्छौं, हामी आध्यात्मिक जगतमा हुन्छौं



731129 - Lecture SB 01.15.01 - New York

हामी खुसी हुन चहान्छौ, धेरै विचारहरु | सबैजनाले आफ्नै विचार बनाएका छन्," अब यो नै...." तर यी दुस्टहरु, उनीहरुलाई थाहा छैन, कि, खुसियाली पाउने वास्तविक तरिकाले हो, त्यो कृष्ण हो | त्यो उनीहरुलाई थाहा छैन | न ते विदु: स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिन:​ ( श्री भ ७|५|३१) | तिमी आफ्नो देशमा हेर्न सक्छौ, उनीहरुले धेरै कुराहरु प्रयास गर्छन् | धेरै धेरै ठुला भवनहरु, र धेरै गाडीहरु, धेरै ठुला, ठुला सहरहरु, तर त्यहाँ खुसियाली छैन | किनकि उनीहरुलाई के लुप्त छ भनेर थाहा छैन | त्यो लुप्त बिन्दु हामीले दिदैछौ | यहाँ छ, " तिमी कृष्णलाई लिऊ र तिमी खुसि हुन्छौ |" त्यो नै कृष्ण चेतना हो | कृष्ण र प्राणी, उनीहरु धेरै घनिष्टतासाथ जोडिएका छन् | पिता र पुत्र जसरी, मित्र जसरी, वा मालिक र नोकर जसरी, त्यसरी | हामी धेरै घनिष्टतासँग जोडिएका छौ | तर किनकि हामीले कृष्णसँगको हाम्रो घनिष्ट सम्बन्ध बिर्सेका छौ, र यो भौतिक दुनियामा खुसि हुन खोजेका छौ, तसर्थ हामीहरु यति धेरै आपत्ति भोग्नुपर्छ | यो नै हाम्रो स्थान हो | कृष्ण भुलिय जीव भोग वञ्छ करे | हामी जीवहरु, यस भौतिक दुनिया भित्र खुसि हुनखोज्दै छौ...... " तिमी किन यो भौतिक दुनियामा छौ, अध्यात्मिक दुनियामा किन छैनौ ?" अध्यात्मिक दुनियामा कोहिपनि भोक्ता हुदैन, भोक्ता | त्यो केवल भगवान हुनुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​ ( भ गी ५|२९)....त्यहाँ कुनै गल्ति छैन | त्यहाँ प्राणीहरुपनि छन्, तर उनीहरुलाई राम्ररी थाहा छ, मालिक कृष्ण हुनुहुन्छ | त्यो अध्यात्मिक राज्य हो | त्यसरी नै, यो भौतिक दुनियामा पनि, यदि हामीले राम्ररी बुझौ भने कि हामी भोक्ता होइनौ, कृष्णनै भोक्ता हुनुहुन्छ, तब त्यो नै अध्यात्मिक दुनिया हो | यो कृष्ण चेतना अभियानले सबैलाई सम्झौन खोजेको छ, कि हामी भोक्ता होइनौ | कृष्ण नै भोक्ता हुनुहुन्छ | जसरी यो पुरा शरीर | पेट यसको भोक्ता हो, र हात र खुट्टा र आँखा र कान र बुद्धि र सबैकुरा यिनीहरु पेटलाई चाहिने राम्रो कुरा खोज्न संलग्न गराउन जरुरी छ | यो स्वाभाविक हो | त्यसरी नै, हामी पनि भगवानका अंगहरु हौ, भोक्ता होइनौ | हरेक धर्ममा, यो स्वीकार गरिएको छ | जसरी इसाई धर्ममा भनिएको छ :" हे भगवान हामीलाई दैनिक रोटी दिनुहोस् |" रोटी, हामीले सिर्जना गर्न सक्दैनौ | त्यो भगवानबाट नै आउँनुपर्छ | त्यो पनि वैदिक संस्करण हो | नित्यो नित्यानां चेतनष चेतनानाम एको बहूनां यो विदधाति कामान् ( क ऊ २|२|१३) | भगवान वा कृष्ण, उहाँले सबै कुरा दिनुहुन्छ, जीवनका आवस्यकताहरु जसरी तिमी चहान्छौ त्यसरी दिनुहुन्छ, तर यदि तिमीले मन लाग्दो तरिकाले सुखद कुरा स्वीकार गर्यौ भने, तिमी फस्छौ | तर यदि तिमीले आफुले भोग गर्ने कुराहरु स्वीकार गर्यौ भने, तेन त्यक्तेन भुञ्जीथा (इसो ऊ मन्त्र १), र कृष्णले तिमीलाई दिनुहुन्छ, तब तिमी खुसि हुनेछौ | यदि तिमीले बनायौ भने... जस्तै एक रोगी, यदि उसले आफ्नो जीवन सनकी तरिकाले रमाइलो गर्यो भने, ऊ अझै रोगी बन्नेछ | तर यदि उसले आफ्नो जीवन चिकित्सकको निर्देशन अनुसार बितायो भने, तब ऊ मुक्त हुनेछ.... त त्यहाँ दुईटा प्रक्रियाहरु छन्, प्रवृत्ति र निवृत्ति | प्रवृत्ति भनेको " मलाई यो खान वा यो भोग गर्ने तर्फ झुकाव छ | किन हुदैन ? म त्यो गर्छु, म स्वतन्त्र छु |" " तर तिमीसँग स्वतन्त्रता छैन, तिमीले केवल अनुमान गर्दै छौ...." यो माया हो | तिमीसँग स्वतन्त्रता छैन | हामीसँग त्यसको अनुभव छ | यदि यहाँ धेरै स्वादिष्ट खानेकुरा छ | र म सोच्छु, म यति सक्दो खान्छु, त अर्को दिन मलाई भोकै बस्नुपर्छ | तुरुन्तै त्यहाँ झाडापखाला वा अपच हुन्छ |