NE/Prabhupada 1027 - यदि मलाई कुनै खतरा भयो भने मेरा पत्नी, बच्चा र समाजले मलाई जोगाउनेछन्



731129 - Lecture SB 01.15.01 - New York

त तिमीले कृष्णको नियाम, प्रकृतिको नियम उल्लङ्घन गर्न पाउँदैनौ, त्यो सम्भव छैन | तिमी स्वतन्त्र छैनौ | किनकि यी दुस्टहरु ले यो कुरा बुझ्न सक्दैनन् | उनीहरु हरेक पल स्वतन्त्र छन् भनेर सोच्छन् | त्यो नै दुखको प्रमुख कारण हो | कोहिपनि स्वतन्त्र छैनन् | तिमी कसरी स्वतन्त्र हुन्छौ? कोहीपनि स्वतन्त्र छैनन्, न त तिमी हुननै सक्छौ, न त कोहि छ | त्यो वास्तविकता, को स्वतन्त्र छ ? यहाँ तिमी बस्दै छौ, धेरै युवा युवतीहरु छन् जो भन्न सक्छन् " म सबैकुराबाट स्वतन्त्र छु "? होइन, कसैले पनि सक्दैन | त त्यो नै हाम्रो गल्ति हो, र हाम्रो स्वतन्त्रताको दुरुपयोग गरेर हामीले धेरै तारिकामा यो भौतिक दुनियामा धेरै दुख भोगेका छौ | त्यसलाई सुधार गर्न जरुरी छ | त्यो जाँच गरिनुपर्छ | यो नै कृष्ण चेतना अभियान हो | चैतन्य महाप्रभुले प्रचार गर्नुभएको छ, जीवेर स्वरूप हय नित्य कृष्ण दास​ ( चै च मध्य २०|१०८-१०९) | हामी प्राणीहरु, कृष्णको शाश्वत दास हौ | त्यो हाम्रो स्थान हो | तर यदि हामीले यो स्तनलै स्वीकार गरेनौ भने, " अब म कृष्णको दास किन बनु ? म स्वतन्त्र छु," तब दुख सुरु हुन्छ, तुरुन्तै| कृष्ण भुलिय जीव भोग वञ्छ करे.....जब तिमीले स्वतन्त्र हुने इच्छा गर्छौ, तुरुन्तै..... तुरुन्तै तिमी मायाद्वारा कब्जामा पर्छौ | कृष्ण भुलिय जीव भोग वञ्छ करे पाशते माया तारे जापटिया धरे | यो बुझ्न धेरै सजिलो छ | जस्तै यदि तिमी सरकारको नियम पालन नगरी, स्वतन्त्र तरिकाले बस्न खोज्यौ भने, तुरुन्तै तिमी प्रहरीको फन्दामा पर्छौ | तिमीले त्यो सिर्जना गर्नु पर्दैन, त्यो पहिला देखि नै छ | त हाम्रो स्थान भनेको भगवानसँग आश्रित हुनु हो | हामीले बुझ्नुपर्छ | यो कृष्ण चेतना हो | तसर्थ, भक्तिविनोद ठाकुरको एउटा भजन छ, मानसो देहो गेहो, यो किछु मोर​, अर्पिलुन तुया पदे नन्द​-किशोर​ | यो गल्ति चल्दै छ, कि म स्वतन्त्र छौ, राजा हु, र मेरा सेनाहरु वा मेरा समाज, परिवार वा अरु धेरै जुन हामीले सिर्जना गरेका छौ - तर देहापत्य​-कलत्रादिष्व आत्म​-सैन्येष्व असत्स्व अपि तेषां निधनं प्रमत्त्: पश्यन्न अपि न पश्यति ( श्री भ २|१४)| जसरी एउटा मान्छे झगडा गर्, जस्तै हिट्लरले युद्धको धोसना गर्यो, र त्यहाँ धेरै युद्धहरु घोसित भए | यो मानिसले घोसना गर्यो, र सबैले सोचे," म स्वतन्त्र छु |" त,हामीले पनि सोच्दै छौ हामीसँग धेरै सेनहरु, परमाणु बमहरु छन्, र धेरै हवाईजहाजहरु छन्, हामी विजयी हुनेछौ | त्यसरी नै, हामीहरु हरेकले यो सोच्दै छौ, " म स्वतन्त्र छु, र मेरो श्रीमती, बच्चा, समाज, उनीहरु मेरा सेना हुन् | यदि म खतरामा भए भने, उनीहरुले मलाई मद्धत गर्छन् |" यो चल्दै छ | यसलाई माया भनिन्छ | प्रमत्त​: तेषां निधनं पश्यन्न अपि न पश्यति | किनकि हामी यो तथा कथित स्वतन्त्रता पछाडी पागल भएका छौ, भगवानबाट स्वतन्त्र, हामीले यी मानिसहरुले मेरो मद्धत गर्छन्, रक्षा गर्छन भनेर सोच्छौ, तर यो माया हो | तेषां निधनं, सबैजना सकिने छन् | कसैले पनि हामीलाई सुरक्षा दिन सक्ने छैनन् | यदि वास्तविक सुरक्षा चाहिन्छ भने, उसले कृष्णको सुरक्षा लिनुपर्छ | त्यो भगवाद-गीताको अनुदेश हो, सर्व​-धर्मान परित्यज्य माम एकं शरणं व्रज​ (भ गी १८|६६) | तिमी दुस्ट, तिमीले कति धेरै कुराले तिमीलाई सुरक्षा दिन्छ भनेर सोचेका छौ | त्यो सम्भव छैन | तिमी सकिने छौ, र तिम्रो तथा कथित रक्षकहरु, तिम्रो मित्र, सेना उनीहरु पनि सकिने छन् | तिमी उनीहरुमा निर्भर नहोऊ | सर्व​-धर्मान परित्यज्य माम एकं शरणं व्रज​ ( भ गी १८|६६)...... तिमी केवल ममा समर्पण होऊ, म तिमीलाई सुरक्षा दिन्छु | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुच​: | यो वास्तविक सुरक्षा हो |