NE/Prabhupada 1037 - यो भौतिक संसारमा हामीले पाउँछौं कि लगभग सबैजनाले भगवानलाई बिर्सिएका छन्



730809 - Conversation B with Cardinal Danielou - Paris


प्रभुपाद:....औला शरीरको अंग हो, तर यसको काम भनेको शरीरको सेवा गर्नु हो | म औलालाई सोध्छु :" यहाँ आऊ |" उसले त्यस्तै गर्छ | म औलालाई भन्छु :" यहाँ आऊ |" उसले त्यस्तै गर्छ.... त शरीरको सेवा गर्नु औलाको दायित्व हो | यो एउटा अंग हो | र त्यो शरीर पूर्ण हो | तसर्थ, अंगको दायित्व भनेको पूर्णको सेवा गर्नु | यो स्वाभाविक अवस्था हो |

योगेश्वर : ( फ्रेन्च बोल्दै )

कार्डिनल देनियलौ : म यसमा स्वीकार्य दिन्छु.....

प्रभुपाद : मलाई सकाउँ हरेक जीवको पेसा भनेको भगवानको सेवा गर्नु हो , हो | भगवानको सेवा |

प्रभुपाद : हो | र जब प्राणीले आफ्नो दायित्व बिर्सिन्छ, यो भौतिक जीवन पाउँछ |

कार्डिनल देनियलौ : त्यो ....? ( फ्रेन्च )

योगेश्वर : ( फ्रेन्च )

प्रभुपाद : तसर्थ यो भौतिक दुनियामा हामीले सबैजना लाई.......

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : ( फ्रेन्च )

प्रभुपाद : त्यसको निस्कर्ष भनेको यो भौतिक दुनियाको सिर्जना....

कार्डिनल देनियलौ : सिर्जना....

प्रभुपाद : बिर्सेका आत्माहरुको लागी सिर्जना भएको हो |

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलऔ : हो |

प्रभुपाद : र त्यहाँ कार्य भनेको उनीहरुलाई फेरी भगवान चेतनामा जागरण गराउँनु हो |

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलऔ: हो |

प्रभुपाद : त प्राणीहरुलाई प्रबुद्ध गराउँन, विशेष गरि मनुष्यहरुलाई, किनकि पक्षुको शरीरमा, एक प्रबुद्ध हुनसक्दैन | न पक्षुलाई भगवान भनेको को हुनुहुन्छ थाहा हुन्छ |

कार्डिनल देनियलऔ : हो, हो |

प्रभुपाद: यो केवल मनुष्यले मात्रै बुझ्न सक्छन् | यदी ऊ तालिम प्राप्त छ भने, ऊ वास्तविक भगवान चेतनामा आउँन सक्छन् |

कार्डिनल देनियलऔ : हो, हो | यो सत्य हो |

प्रभुपाद : यो सृष्टि भनेको बिर्सिएका आत्माको लागि हो, उनीहरुलाई भगवान चेतना जागरण गराउने मौका दिन हो |

योगेश्वर : के यो प्रस्ट छ ?

कार्डिनल देनियलऔ : अँ, यो प्रस्ट छ | यो धेरै धेरै प्रस्ट छ |

प्रभुपाद : र यहि कार्यको लागी भगवान कहिले कहिँ आफै आउँनु हुन्छ | कहिले कहिँ उहाँले आफ्नो प्रतिनिधि, उहाँको छोरा, उहाँको भक्त, उहाँको सेवा पठाउँनु हुन्छ | यो चल्दै छ | भगवान यी बिर्सेका आत्माहरुलाई घर फर्काउन चहानुहुन्छ |

कार्डिनल देनियलौ : हो, फिर्ता , हो |

प्रभुपाद : तसर्थ उहाँको तर्फबाट, त्यहाँ भगवान चेतना जागरण गराउँन तिरन्तर प्रयत्न गर्नुहुन्छ |

कार्डिनल देनियलौ : हो |

प्रभुपाद : त यो भगवानको चेतना केवल मनुष्य जीवनमा मात्रै जागरण हुनसक्छ, अरु प्राणीमा हुदैन |

कार्डिनल देनियलौ : अरुमा हुदैन, हो |

प्रभुपाद : सायद विरलै, तर, मनुष्य जीवन...... (पर :) पानी कहाँ छ ?

योगेश्वर : उसले लिएर आउँदैछिन्.....

प्रभुपाद: अच्छा | मनुष्य जीवन विशेषाधिकार पाएको हुन्छ आफ्नो निष्क्रिय भगवानको चेतना जागरण गर्न |

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : हो |

प्रभुपाद : त उत्कृष्ट सेवा भनेको मानवतालाई उनीहरुको भगवानको चेतना जागरण गराउँनु हो |

कार्डिनल देनियलौ : हो, यो सत्य हो , सत्य |

प्रभुपाद: उत्कृस्ट सेवा |