NE/Prabhupada 1041 - तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ



751001 - Lecture Arrival - Mauritius

यो पुरै दुनियानै जीवनको शारीरिक धारणामा छ, ठुला ठुला राज्यहरु पनि | जस्तै तिम्रो देशको प्रधानमन्त्री संयुक्त राष्ट्रसंगमा गएका छन् | यिनीहरु संयुक्त राष्ट्रसंगका ठुला ठुला मानिसहरु हुन् | उनीहरु बोल्छन्, र उनीहरु कम्तिमा तिस बर्षसम्म बोलेका छन् | संयुक्त राष्ट्रसंगको सिर्जना भएको छ, तर उनीहरुले यी समस्याहरुको समाधान खोज्न सकेका छैनन् , किनकि उनीहरुले मूलभूत सिद्धान्त हराएका छन्, उनीहरुलाई थाहा छैन | सबै जनाले शारीरिक धारणामा सोच्दै छन्: " म भारतीय हु," " म अमेरिकन हु," "म जर्मन हु," " म बेलायती हु," त्यसरी नै | तसर्थ त्यहाँ कुनै समाधान छैन, किनकि मूलभूत सिद्धान्त गलत छ | जब सम्म हामीले शरीरको सक्रिय सिद्धान्तमा के गलत छ भनेर बुझ्दैनौ, समस्याहरु समाधान हुनसक्दैनन् \ जस्तै यदि तिमीले रोग पत्ता लगाउँन सकेनौ भने, केवल लक्षणात्मक उपचारले मात्रै तिमीले मानिसलाई ठिक बनाउँन सक्दैनौ | त्यो सम्भव छैन | त हाम्रो कृष्ण चेतनाको अभियान शारीरिक धारणामा छैन | यो अभियान आत्माको मूलभूत सिद्धान्तमा आधारित छ | आत्मा के हो, आत्माको आवश्यकता के हो, कसरी आत्मा शान्तिप्रिय हुन्छ, खुसि | त्यसपछि सबै कुरा ठिक हुन्छ |