NE/Prabhupada 1043 - हामी कोका-कोला पिउँदैनौं । हम पेप्सी-कोला पिउँदैनौं । हामी धूम्रपान गर्दैनौं



751002 - Lecture SB 07.05.30 - Mauritius

यदि ऊ यस्तो भौतिक जीवनमा अशक्त छ भने, उसले कृष्ण चेतनाको बारेमा बुझ्न सक्दैन, वा आश्वस्त हुनसक्दैन | भगवाद-गीतामा भनिएको छ, भोगैश्वर्य​-प्रसक्तानां तयापहृत​-चेतसां व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ( भ गी २|४४) जो भौतिक जीवनस्तर वा इन्द्रिय तृप्तिमा धेरै संलग्न छन् भौतिक जीवन भनेको इन्द्रिय तृप्ति हो | भौतिक जीवन र अध्यात्मिक जीवनमा के फरक छ ? यी युवाहरु, उनीहरु युरोप र अमेरिकाबाट हुन् , उनीहरु यो अध्यात्मिक जीवनमा संलग्न भए भनेको उनीहरुले इन्द्रिय तृप्तिलाई रोके | अवैद सम्बन्ध त्याग, मासु - खाने त्याग, जुवा नगर्ने, नशा नगर्ने | यो भौतिक तारिको जीवन हो | अन्यथा, त्यो जीवन र यो जीवनमा के नै फरक छ र ? त यदि हामी यो भौतिक तरिकाको जीवनमा संलग्न भयौ भने, कृष्ण चेतना अभियानलाई बुझन धेरै गाह्रो छ | मतिर न कृष्णे परत: स्वतो वा मिथो ऽभिपद्येत गृह​-व्रतानाम् | किन ? अब अदान्त​-गोभि: | अदान्त​ भनेको अनियन्त्रित हो | अनियन्त्रित | हाम्रा इन्द्रियहरु अनियन्त्रित छन् | यो बिहान, जब म किनारमा हिड्दै थिए, हामीले धेरै कुरा पत्ता लगायौ - कोका-कोलाको कैप्सूल, चुरोटको ठुटो र अरु धेरै कुराहरु | त यो कोका-कोलाको आवश्यकता के छ ? तिमीले यस्ता कुरा हाम्रो समाजमा पाउँदैनौ | हामी कोका-कोला पीउदैनौ | हामी पेप्सी-कोला पीउदैनौ | हामी धुम्रपान गर्दैनौ | हामीहरु बजारमा बेचिने धेरै कुराहरु जुन ठुलो मात्रामा विज्ञापन गर्निन्छ, र ग्राहकहरु यसको शिकार हुनपुग्छन् .... तर यिनीहरुलाई नचाहिने कुरा भनिन्छ | यहाँ यस्तो कुराको आवश्यता पर्दैन | तर अदान्त​-गोभि:, किनकि इन्द्रियहरु लाई नियन्त्रणमा राख्न सकिदैन, उनीहरुले व्यापार गरेका छन् | उनीहरुले व्यापार गरिरहेका छन्, बेकार कुराहरु | त हामीले इन्द्रियहरुलाई बसमा राख्नुपर्छ | यदि हामीलाई अध्यात्मिक जीवन चाहिन्छ भने, यदि हामीलाई यी भौतिक चंगुलबाट मुक्त हुनचहान्छौ भने, तब हामीले इन्द्रियहरुलाई कसरी नियन्त्रणमा राख्ने सिक्नुपर्छ | त्यो चाहिएको छ | त्यो मनुष्य जीवनको उद्देश्य हो | त्यो नै मनुष्य जीवनको उद्देश्य हो | मनुष्य जीवन भनेको बिरालो र कुकुरको अनुकरण गर्नु होइन | त्यो मनुष्य जीवन होइन |