NE/Prabhupada 1052 - मायाको प्रभावमा परेर हामी सोच्दैछौं कि 'यो मेरो सम्पत्ति हो'



750522 - Conversation B - Melbourne


मधुद्विष:..... हाम्रा एक अति प्रिय मित्र, रेमन्ड लोपेज | उनी एक वकिल हुन् र हामीलाई धेरै मदत गर्ने अतिथि पनि हुन्, जसले मेलबर्नमा जग्गा सम्बन्धि केहि मामिलामा हामीलाई मदत गरेका थिए | र यी श्रीमान व्याली स्ट्रोब्स हुन्, उनले पनि हामीलाई मदत गरेका छन् र हामीलाई राम्रो सल्लाह पनि दिएका छन् | र यी बब बर्न, उनी फोटोग्राफर हुन् जसले..... मैले मायापुर महोत्सवमा ल्याएको अर्च विग्रहको उनले राम्रो तस्वीर खिचेका छन् |

प्रभुपाद: ए, हो |

मधुद्विष: धेरै राम्रो | उनले हाम्रो लागि धेरै तस्वीरहरु खिचेका छन् | र हामी विशेषगरी व्याली र रेमन्डप्रति आभारी प्रकट गर्न चाहन्छौं, जसले हामीलाई प्रहरीसँगको व्यवहारमा धेरै राम्रा निर्देशनहरु दिए | र एकपटक हामीसँग तीन वर्ष अगाडी एउटा घटना घटेको थियो, जब केहि युवाहरु रथ-यात्रा महोत्सवको बारेमा उत्साही थिए, र उनीहरुले बाहिर अवैध रुपमा धेरै फूल टिपे | उनीहरुलै प्रहरीले समाएको थियो |

प्रभुपाद: अवैध रुपमा ? कहाँ ? पार्कमा ?

मधुद्विष: होइन | एउटा उद्यानबाट |

प्रभुपाद: ए |

मधुद्विष: उनीहरुलै प्रहरीले समाएको थियो | तर रेमन्डले उनीहरुलै कृष्णको कृपाद्वारा कुनै जरिवाना नतिरी छुटाएका थिए | तर यसले हामीलाई राम्रो पाठ सिकायो |

रेमन्ड लोपेज: वास्तवमा, मलाई लाग्छ उनीहरुले गलत मानिसहरुले समाएका थिए |

प्रभुपाद: दक्षिण भारतमा एक महान भक्त थिए | उनी कोषाधिकारी थिए | उनले कोषबाट पैसा लिएर धेरै राम्रो मन्दिर निर्माण गरे | (हाँसो) हो | अनि पछि, जब उसलाई नवाबले पक्राउ गरेर कारागारमा राखिदिएको थियो | त्यस समयमा मुहम्मदन राजा नवाब, सपनामा दुई सुन्दर युवाहरु ऊसँग बोल्न आए: "महाशय, उनले तिमीसँग कति पैसा लिएको छ, त्यो मसँग लिऊ र उसलाई छोदिदेऊ |" तब नवाब ले भने,"यदि मैले पैसा पाउँछु भने म उसलाई छाडिदिन्छु |" जब उसको सपना टुट्यो, उसले भुइँमा पैसा देख्यो तर त्यहाँ कोहि पनि थिएन | तब उसले बुझ्यो कि ती कोषाधिकारी धेरै महान भक्त हुन् | उसलाई तत्काल बोलाइयो र भनियो "तिमी मुक्त छौ र तिमी यो पैसा पनि लिऊ | तिमीले जे पहिल्यै लियौ, त्यो ठिकै छ | अब यो पैसा पनि लिऊ | तिम्रो इच्छा अनुरुप खर्च गर |" भक्तहरुले कहिलेकाही त्यसो गर्छन | वास्तवमा, केहि पनि व्यक्तिगत सम्पत्ति होइन | त्यो हाम्रो सिद्धान्त हो | ईशावास्यम् इदं सर्वम् (इशो १): "सबै कुरा भगवानको हो |" त्यो तथ्य हो | मायाको प्रभावमा परेर हामी सोच्दैछौं कि 'यो मेरो सम्पत्ति हो' | जस्तै यो काठलाई मानौँ | यो काठ कहाँबाट आएको हो ? कसैले काठ उत्पादन गरेको हो ? कसले उत्पादन गरेको हो ? यो भगवानको सम्पत्ति हो | हामीले भगवानको सम्पत्ति चोरेर "मेरो सम्पत्ति" भनेर दाबी गर्छौं | अनि अस्ट्रेलिया | बेलायतीहरु यहाँ आए तर के यो जमिन बेलायतीको सम्पत्ति हो ? यो पहिले पनि यहिँ थियो | अमेरिका पहिले पनि यहिँ थियो | र जब सबै कुरा समाप्त हुनेछ, यो त्यहिँ हुनेछ | बीचमा हामी आएर "यो मेरो सम्पत्ति हो" भनेर दाबी गर्दै झगडा गर्छौं | के यो होइन ? तिमी वकिल छौ, तिमीले राम्ररी भन्न सक्छौ |

व्याली स्ट्रोब्स: उनले यहि तर्क प्रयोग गरेका थिए |

रेमन्ड लोपेज: होइन, यो (अस्पष्ट) | (हाँसो)

प्रभुपाद: मौलिक रुपमा सम्पूर्ण कुरा भगवानको हो | त्यसैले हामीले किन "यो मेरो सम्पत्ति" भन्दै दाबी गर्दैछौं ? मानौँ तिमी यहाँ आएका छौ | तिमी एक-दुई घण्टा यहाँ बसेर यदि "यो मेरो सम्पत्ति" भनेर दाबी गर्छौ भने के यो राम्रो तर्क हो ? तिमी बाहिरबाट आएका छौ, तिमीलाई दुई गन्तको लागि यहाँ बस्ने अनुमति छ, र यदि तिमीले "यो मेरो सम्पत्ति" भनेर दाबी गर्छौ...... त्यसैगरी, हामी यहाँ आउँछौं | हामी अमेरिका व अस्ट्रेलिया व भारतमा जन्मिन्छौँ, पचास, साठ्ठी वा सय वर्षको लागि बस्छौं, र किन मैले "यो मेरो सम्पत्ति" भन्दै दाबी गर्नु ?