NE/Prabhupada 1053 - तिमीले समाज चलाउनुपर्छ भन्दैमा तिमीले मूल कुरा बिर्सनुहुँदैन



750522 - Conversation B - Melbourne

प्रभुपाद: तिम्रो शरीर, तिमी, सबै कुरा भगवानका हुन् | यो शरीर भौतिक शरीर हो | पृथ्वी, जल, वायु, अग्नि लगायतका भौतिक शक्ति भगवानका हुन् | यो समुद्रको विशाल पानी भगवानको हो | तिमीले सिर्जना गरेको होइन, न तिम्रा पुर्खाले सिर्जना गरेका हुन् | यो शरीर पृथ्वी, जल, वायु, अब्नी, आकश जस्ता पाँच तत्त्वबाट बनेको हो | यो शरीर पनि भगवानको हो | म आत्मा हुँ, म पनि भगवानको अंश हुँ | सबै कुरा भगवानको हो | यो कृष्ण चेतना हो | हामीले झुठो दाबी गर्दैछौं कि "यो हाम्रो हो |" यो माया हो | माया भनेको जे तथ्य होइन | त्यो मायाको अर्थ हो |

मधुद्विष: श्रील प्रभुपाद, सबै कुरा भगवानको हो भन्ने धारणा सबै मानिसले विश्वास नगरेसम्म कार्यरत गराउन सकिंदैन |

प्रभुपाद: सबै पागल होलान् | त्यसले तथ्य परिवर्तन गर्दैन | यदि कुनै पागल मानिस कोठामा आएर "म मालिक हुँ | तिमी बाहिर जाऊ" भनेर झगडा गर्छ भने त्यो तथ्य हुँदैन |

रेमन्ड लोपेज: मैले बुझ्न सक्छु कि हजुरले समुद्र तथा अन्य उदाहरण दिनुभएको थियो | तर यो मानिसको प्रयोगको लागि हो |

प्रभुपाद: तिमीले प्रयोग गर्न सक्छौ | तेन त्यक्तेन भुञ्जीथाः (इशो १) | त्यो वैदिक निर्देशन हो | तिमीलाई दिइएको कुरा प्रयोग गर | जस्तै एउटा सज्जनका पाँच छोरा छन् | उसले एउटा छोरालाई भन्छ,"यो तिम्रो सम्पत्ति हो | यो तिमीले प्रयोग गर्न सक्छौ |" तर छोराहरुले स्वीकार्नुपर्छ कि "यो पिताको सम्पत्ति हो | उहाँले हामीलाई दिनुभएको छ |" त्यसैगरी, वैदिक शास्त्रमा भनिएको छ कि "सबै कुरा भगवानको हो र उहाँले तिमीलाई दिनुभएको कुरा तिमीले प्रयोग गर्न सक्छौ | अरुको सम्पत्ति हडप्ने प्रयास नगर |"

रेमन्ड लोपेज: तर यदि उहाँले...... हजुरले भन्नुभयो कि यदि उहाँले हामीलाई कुनै कुरा दिनुभएको छ भने अरुको सम्पत्ति नहडप्ने, तर केहि कुराहरु एउटा विशेष व्यक्ति व विशेष समुहसँग मात्र हुन सक्छ, मलाई लाग्छ कि वास्तवमा भन्न सकिन्छ.......

प्रभुपाद: मौलिक रुपमा हामीले स्वीकार्नुपर्छ कि सबै कुरा भगवानको हो | जस्तै पिता र छोरा | छोराले थाहा पाउनुपर्छ "यो सम्पत्ति पिताको हो |" त्यो वास्तविक ज्ञान हो | "जे पिताले दिनुभएको छ, म प्रयोग गर्नेछु | म अरु दाजुभाईको सम्पत्ति किन हडप्ने ?" यो राम्रो विचार हो | "म आफ्ना दाजुभाईसँग किन झगडा गर्ने ? मेरो पिताले उसलाई सम्पत्ति दिनुभएको छ, उसले त्यो रयोग गरोस् र मलाई जे दिनुभएको छ, म त्यो प्रयोग गर्छु | दाजुभाईको सम्पत्ति किन हडप्ने ?" यो राम्रो विचार हो |

रेमन्ड लोपेज: हजुरले "अरुको सम्पत्ति नहडप" भन्नुभएको मैले बुझ्छु | र मलाई लाग्छ छ हजुरले भन्नुभएको छ कि यदि तिमीलाई कसैले केहि दिएको छ र अरु कसैले त्यस वस्तु प्रयोग गर्न चाहन्छ भने उसलाई दिनुपर्छ | मैले त्यो बुझ्छु | तर के हजुर कैयौं पटक त्यस स्तरमा पुग्नुहुन्न, जब कुनै कारणवश हजुरले उसलाई प्रयोग गर्न दिन चाहनुहुन्न ?

प्रभुपाद: म आफ्नो वस्तु प्रयोग गर्न चाहन्न ?

मधुद्विष: उनले भनेका कि यदि कसैले चाहन्न..... यदि हजुरसँग भएको कुरा अरुले प्रयोग गरेको हजुर चाहनुहुन्न | यदि कसैले बलपूर्वक लिने प्रयास.....

प्रभुपाद: होइन, त्यो कुरा हो |

रेमन्ड लोपेज: यस्तो परिस्थिति आउन सक्छ जब हजुरले प्रयोग गरिरहनु भएको वस्तु कुनै कारणवश हजुरले अरुलाई प्रयोग गर्न दिन चाहनुहुन्न | हजुरले स्वयं त्यसको प्रयोग गरिरहनुभएको हुन सक्छ | त्यस्तो परिस्थिति आउन सक्छ कि तपाई चाहनुहुन्न.....

मधुद्विष: हामी विश्वास गर्छौं कि सबै कुरा भगवानको हो | यदि कसैले त्यस धारणामा विश्वास गर्दैन र लिने प्रयास गर्छ.....

प्रभुपाद: म भन्छु त्यो गलत हो | त्यो उसको गलत अवधारणा हो |

व्याली स्ट्रोब्स: हजुरले कुनै पनि परिस्थितिको कसरी निर्णय गर्नुहुन्छ..... यदि सबै कुरा भगवानको हो भने हामीले समाज चलाउनुपर्छ र.....

प्रभुपाद: तर तिमीले बिर्सनुहुँदैन कि सबै कुरा भगवानको हो | तिमीले समाज चलाउनुपर्छ भन्दैमा तिमीले मूल कुरा बिर्सनुहुँदैन | रेमन्ड लोपेज: त्यस तर्कप्रति मेरो कुनै आपत्ति छैन | तर अहिलेको प्रणालीमा फरक धारणा छ |

प्रभुपाद: त्यसलाई सच्याउनुपर्छ |

रेमन्ड लोपेज: माफ गर्नुहोला, यसलाई के गर्नुपर्छ ?

प्रभुपाद: सच्याउनुपर्छ |

मधुद्विष: सच्याउनुपर्छ |